बबईको धमिलो पानी खान बाध्य

१२ भाद्र,  सल्यान . कालीमाटी गाउँपालिका-५ काल्चे दम्दवालीका स्थानीयवासी बबई खोलाको दूषित पानी खान बाध्य भएका छन्। एक करोड बढी रकम खर्च भएको खानेपानी योजना अलपत्र परेपछि काल्चेका १८० घरधुरी खानेपानीको चरम अभाव भोग्न बाध्य भएसँगै बबई नदीको पानी खान बाध्य भएका हुन्।  खानेपानीको मुहान सुकेपछि खानेपानी योजना अलपत्र परेको …

बौद्ध ग्रामिण सहकारीद्वारा राहत रकम हस्तान्तरण

१२ भाद्र, सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. राहत रकम हस्तान्तरण गरेको छ । बौद्धले संस्थाको लघुवित्त कार्यक्रम तर्फ केन्द्र नं ११२ मा आवद्ध लेकवेशी नपा १ का सदस्य स्वः सदस्य हरिमाया कसेराका छोरा सनम कसेरालाई राहत रकम स्वरुप रु १ लाख हस्तान्तरण गरेको हो …

त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेकलाई प्रवेश निषेध

१२ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ । बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै …

साफका लागि अन्तिम टोली छानियो, ४ वर्षपछि फर्किए निराजन

११ भदौ, काठमाडौं । बंगलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औं साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । अभ्यासमा रहेका ३० सदस्यीय टोलीबाट अन्तिम २० जना छनोट गरिएको हो । प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी खेलाडी छानेका …

गाइजात्रा मनाइदै

भाद्र ११, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक बर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य …

शिविरलाई युद्ध पर्यटनको केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही

११ भाद्र सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् । तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुग्नुभएका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताए । लडाकुहरु अर्थात् …

जुम्लामा लगानी सम्मेलन गरिने

१० भदौ, काठमाडौं । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ । स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका से–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आइतबार यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो । उक्त नगरपालिकाको …

साफ च्याम्पियनसीपको तयारी नेपाली टिम

१० भदौ, काठमाडौं । साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अहिले अभ्यासमा व्यस्त छ । प्रारम्भिक टोलीमा रहेका ३० खेलाडीसँगै कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र एथ्लेटिक ट्रेनर तथा पफर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारी अभ्यासमा लागिपरेका छन् । १२ औं संस्करणको साफ आउँदो १९ गतेदेखि …