गत सोमबार पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौं पुगेकी थिएँ । घन्टी लागेर शिक्षक फेरिने क्रममा कक्षा ३ खाली देखेपछि त्यहाँ छिरेँ । विद्यार्थीले ‘गुड आफ्टरनुन मिस’ भन्दै कक्षामा स्वागत गरे । आफ्नो परिचय दिएपछि मैले उनीहरूलाई सबभन्दा मनपर्ने विषय के र शिक्षक को हो भन है मात्र के भनेकी थिएँ, धेरैजसो विद्यार्थी एकै स्वरमा …
Category: Article
बालबिहेले बिथोलेको जीवन
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको हात्तीवाङमा हामी पुग्दा विष्णुमायालाई हतार थियो । चिटिक्क लुगा र मेकअपमा ठाँटिएकी उनी कसैको प्रतीक्षामा थिइन् । भान्साबाट खानाको मिठो बास्ना आइरहेको थियो । उनका आँखा अधैर्य थिए र तारन्तार बाटोतर्फ कसैलाई खोजिरहेका थिए । विष्णुमाया उमेरले २८ वर्ष लाग्दै थिइन् । अनुमान गरौं, घरमा एक्लै उनको प्रतीक्षा कसको लागि थियो …
चर्चामा रहेको जुम्लाको मार्सी धान बचाउने उपाय
जुम्ली मार्सी नेपालको उच्च पहाडी जिल्लाहरू जुम्ला, बाजुरा तथा बझाङ जिल्लामा सिमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । मार्सी धान संसारको सबैभन्दा उच्च (२७ सय ९० मिटर) स्थानमा फल्ने जातको रूपमा चिनिन्छ । यो धान ज्यापोनिका प्रजातिको रैथाने धानको जात मानिन्छ। जुम्ली मार्सीको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने …
प्यारा कवि प्रधानमन्त्री
हामीसँग ‘कवि–राजा’हरूले भरिएको गौरवशाली इतिहास छँदै थियो । अब कवि–प्रधानमन्त्रीयुक्त जाज्वल्यमान वर्तमान पनि सुरु भएको छ । अब एकसेएक राजा–महाराजाले कविता, गीत, नाटक लेखेर रसिलो बनाएको इतिहासको विरासत थाम्ने प्रक्रिया थालनी भएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले साहित्य रचना गर्ने राजकीय इतिहासलाई निरन्तरता दिएर राजा–महाराजाका रंगीन सपनालाई पनि ब्युँताउन खोजेका छन् ।कला–साहित्यका पारखी …
बहुमतको बलमिच्याइँ
दुुई तिहाइको सरकार बन्नु विगतमा देश र जनताले भोग्नुपरेको राजनीतिक अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्वको प्रारम्भ हो । तसर्थ संविधानका हक कार्यान्वयन गर्नु निर्वाचित सबै तहका जनप्रतिनिधिको प्रमुख कर्तव्य हो । संविधानको कार्यान्वयनलाई पन्छाएर उही पुरानै आसेपासे पुँजीवादको अभ्यास र दुई तिहाइ बहुमतको दम्भ, घमन्डका आधारमा जनतालाई झुटो आश्वासनमात्र बाँडिरहने हो भने …
प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार
नेपालको पत्रकारिता नतिखारिनुमा वा भुत्ते हुनुमा राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्व हो । यदि पत्रकारितासँग यी नेतृत्व नतर्सने, भयभीत नहुने र नआत्तिने हो भने साँच्चै पत्रकारिता तिखारिन्छ, भुत्ते हुँदैन । नेपालमा धेरै अघिदेखि नै यी क्षेत्रको नेतृत्व गर्नेहरू प्रेस–पत्रकार भनेपछि सहज रूपमा लिन असहज ठान्छन् । यसमा पत्रकारिता प्रारम्भको अवस्थामा छँदाको स्थिति त …
स्थायी शक्ति कहाँ छ ?
पृथ्वीमण्डलबाट सूर्यमण्डल चार करोड पैँसठ्ठी लाख कोस टाढा छ भनेर हाम्रा प्राचीन खगोलवेत्ताहरूले लेखेका छन् । छ लाख पन्चानब्बे हजार, सातसय किलोमिटर आयतनको सूर्यलाई ‘बादलले छेक्यो’ भन्छौँ हामी । वास्तवमा त्यो दृष्टिभ्रम मात्र हो । बादलका टुक्राहरूले विशाल सूर्य छेकिँदैन । छेकिएको जस्तो मात्र देखिन्छ । बादलले हाम्रा आँखा भ्रमित …
आधारभूत सुविधा छैन, विलासी सपना ?
कमल अर्याल सरकार दिनहुँ आर्थिक समृद्धिको कुरा गरिरहेको छ । जनतालाई सुखी र समृद्ध बनाउने कुरा नै सरकारका प्रमुखदेखि मन्त्रीसम्मले रटान दिँदै आएका कुरा हुन् । समृद्धिको सपना नदेखी विकास आउँदैन । सरकारले मात्र होइन, जनताले पनि सपना समृद्धिकै देख्नुपर्छ । सपना मुलुकको …
फेरि ब्युँतिनेछ नागरिक आन्दोलन
कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपार्इँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी …
असारे विकास : सोझै भ्रष्टाचार
असार पनि सकिन लाग्यो । यसो त यतिखेर धेरैलाई असार लागेकै छ । विशेषगरी कृषिप्रधान देशका किसानलाई बढी असार लाग्नुपर्नेमा विकासका ठेकेदारहरूलाई मात्रै अचाक्लीसँग असार लागेको छ। यतिखेर देशभरि जताततै विकासका कामहरूले तीव्रता पाएको छ । विशेषगरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम यतिखेर निकै जोडतोडका साथ भइरहेको …










