लभ लक

कोरियाको सेउल टावर, सहरको भव्यता हेर्नेहरूका लागि हो । मजस्ता रात्रिकालीन सौन्दर्य सोखिन र प्रेमीहरुका लागि हो । प्रेमका लागि यो एक पवित्र ठाउँ हो, जहाँ प्रेमी–प्रेमिकाको नाममा लाखौं चाँबी ‘लक’ भएका छन् । आफ्नो प्रेमीलाई ताल्चा लगाएर सुरक्षित राख्ने चलन मलाई गज्जब लाग्छ । यहाँ आइपुग्नेहरुको आँखा प्रेममा डुब्छ …

धरहरा

-शिशिर पराजुली यसपालि मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिंग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि सहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर बिस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो- सगरमाथामाथि बसेर कविता लेख्ने धोको सगरमाथाबाट सहर नदेखिने बोध भएपछि मैले धरहरा छनोट गरें र लेख्दै …

जाग युवा जाग

-सहयात्री धनु वली जाग युवा जाग, देशले भन्दैछ विकाशतिर लाग, देशले भन्दैछ । हत्या हिंसा अपहरण, वढेको छ आजभोलिरक्त पर्खाल ननाघ, देशले भन्दैछ । अमानवता _अराजक्ता, वढ्दाखेरि यहाँत्याग रिस राग, देशले भन्दैछ । खुलमखुल्ला लाजमर्दा, कर्म हुदैछननग्न शरिर ढाक, देशले भन्दैछ । भुल्नुहुन्न नेपालि, विरका कथाहरूनकाटिदेउ नाक, देशले भन्दैछ । …

मलाई तिम्रो सहारा चाहिन्छ ।

मलाई तिम्रो सहारा चाहिन्छ ।त्यो दिलको एक किनारा चाहिन्छ ।।म यो जिन्दगी नै लिल्लाम गरि दिन्छु यार,केवल तिम्रो एक इसारा चाहिन्छ ।।।#अनुराग_शेखर

रातो गुलाव

रातो गुलाव यो प्रणय दिवस मन त कालो लिएर हैन सॉचो माया पिरती दिएर हुन्छ मायाको खेल हारेर फर्कदै छ कच्चा खेलाडी छायाको माया गर्न सिक्दा सिक्दै सॉझ परेछ

समयले छोडी जान्छ ……

– गणेश गौतम समयले छोडी जान्छ हाँस्दा अनि रुदा पनिबगरै मा जल्नु पर्ने जति शिखर छुदा पनिभेट्ने कति छुट्ने कति जिन्दगीको सफरमाएक्लै भईदो रैछ साँच्च संसारैको हुँदा पनि

जिन्दगिमा संगै जिउने कसम खाएर के भो ?

-धनबहादुर वली जिन्दगिमा संगै जिउने कसम खाएर के भो ?एक्लै एक्लै भयका छौ, आज आयर के भो बनिएन गायक नायक अनि संगितकार स्वाशनलिको रोगि भय गित गायर के भो ? उनैले मलाइ तिरष्कार र, वहिष्कार गरेपछि एकोहोरो मेरो मनले, आफ्नो चाहेर के भो ? एक्लै जन्मे एक्लै रहे, एक्लै जिउदेै …

शहीदहरूको सम्झनामा

-भूपी शेरचन हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगएओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्कोदेशको पीरले भेटी जब वीरले चढाउँछ रगतकोघाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्तामातृभूमिको चरण ढोगी भाग्दछ दासताउम्रन्न बोट कसैले बीउ छरेर नगए । हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको हामीले फेर्ने प्रत्येक …

किन ठुस्किन्छस ए जिन्दगी?

कविता बालापनमै पनि उफ्री उफ्री खेल्न पाइन तेरै लागिमेरो पनि त इच्छा थियो, रहर थियो मन लागि गर्नेबा आमाले रोके सिर्फ तेरै निम्तिम रोकिएँ मनका तिर्सनाहरूलाई तिलाञ्जली दिँदैअँझै किन ठुस्किन्छस् ए जिन्दगी ? स्कुल गएँ, मनै नलागि पढेँ लेखेँभोक भनिन, निद्रा भनिन साथी सँगी भनिनअँझै पुगेन तँलाई क्याम्पस गएँबोक्नै नसकिने …

शङ्का के अब पनि उसको

-ज्ञानुवाकर पौडेल गजल शङ्का के अब पनि उसको बयान होलाक्यै न क्यै दम त उसको अडानमा होला पाइन्छ भने कतै किन्ने थिए म बरु आजै –माया र सद्भाव भन्नुस् कुन दोकानमा होला बोल्नू तर खूब होस पुर्‍याएर मात्र बोल्नूबोल्दा खिलाफ त्यो कसैको सानमा होला चुच्चोमा लिएर गुड उड्छौ किन हरदम …