नेपालमा वर्तमान् शिक्षाको स्थिती र शैक्षिक बेरोजागारीको पीडा


                                          -मौसम कुमार

मानिसमा भएको क्षमताको विकास गरी एउटा सक्षम ब्यक्ति बनाउने प्रक्रिया नै शिक्षा हो । शिक्षा राष्ट्र निर्माण र राज्य सञ्चालनको लागि अति आवश्यक वस्तु पनि हो । अन्य देशको तुलनामा नेपालमा शिक्षा क्षेत्रको विकास धेरै पछि भएको हो । आज भन्दा करिव ई.पु. ९०० वर्ष अगाडी छिमेकी देश भारतको तहशिला राज्यमा एउटा विश्व विद्यालयको स्थापना भएको थियो । त्यहाँ संगीत, औषधी, खगोल, चिकित्सा र नृत्य खेल जस्ता विषयवस्तुमा पढाई हुन्थ्यो । त्यहिँ गएर नेपालीहरुले पढ्ने, लेख्ने गर्थे । वि.स. १९०३ मा प्रधानमन्त्री जगंबहादुर राणाले बेलायत भ्रमण गरे । उनी त्यहाँको शिक्षा र विकासको नीतिबाट धेरै प्रभावित भएका थिए । जुन बेलायतको शिक्षा र विकासको नीतिलाई नेपालमा लागु गर्न चाहान्थे । त्यहि अनुरुप वि.स. १९१० सालमा नेपालमा औपचारीक शिक्षाको स्थापना गरे । यस भन्दा अघि नेपालमा औपचारीक शिक्षाको स्थापना नभएका भने होइनन् । राणा परिवारका बालबालिकाहरुलाई मात्र शिक्षा दिनको लागि औपचारीक शिक्षाको स्थापना गरिएको थियो । जीवनको “दोस्रो आँखा” भनिने शिक्षा क्षेत्र राणा परिवारमा मात्र सीमित गरिएको थियो । क्रमश वि.स. १९४२ सालमा दरवार हाईस्कूलको स्थापना भएपछि सर्वसाधारण जनताका छोराछोरीले शिक्षा प्राप्त गर्ने अवसर पाए । वि.स. १९७५ सालमा त्रिचन्द्र कजेल र वि.स. १९९० मा एस.एल.सी. बोर्डको स्थापना, वि.स.२०१६ सालको त्रिभुवन विश्वविद्यालयको स्थापना, वि.स. २०१७ सालमा शिक्षा आयोग र वि.स. २०३७ मा वोडिङ्ग स्कूलको स्थापना भएपछि देशभर शिक्षा क्षेत्रको विकास भएको पाईन्छ ।
यसरी क्रमशः रुपमा नेपालमा शिक्षा क्षेत्रको विकास भएको इतिहास छ । पछिल्लो समयमा देशमा गुणस्तरीय शिक्षाको चर्चा धेरै गरिने गरिएको छ । विभिन्न माध्यमबाट गुणस्तरीय शिक्षाको नाममा लाखौं रकम खर्च गरिएको छ तापनि उपलब्धी भने “वालुवामा पानी खन्यायको” जस्तै भएको छ । मानिसको आवश्यकता जीवन पद्दतीसँग जोडिएको शिक्षाको रणनीतिले नै दिगो विकासमा टेवा पु¥याउने गर्दछ भन्ने विषयमा कहिल्यै बहस गरिएन । हाम्रो देशमा पुराना र बुर्जुवा शिक्षा प्रणालीले शिक्षाको बदलिदो आवश्यकतालाई प्रतिनिधित्व गर्न सकिरहेको छैन । दक्षिण फाईदा र ब्यक्तिगत आकांक्षा भन्दा माथि उठेर सुनौलो राष्ट्रको भविष्यको रेखा कोर्ने जीवन पद्दतीसँग शिक्षा र यसको योजनालाई ब्यवस्थित र तालमेल गराउन राज्य असफल भएको छ । अहिलेसम्म राज्यले देशको शिक्षा प्रणालीलाई गम्भिर भएर बुझ्ने कोशिस गरेको छैन । वर्तमान नेपालको शिक्षा प्रणाली पनि बुर्जुवा शिक्षा प्रणाली नै हो । यो बुर्जुवा शिक्षाले उत्पादन गरेका नागरिक पनि बुर्जुवा नै हुन्छन् । उनीहरु दीर्घकालिन रुपमा बुर्जुवा मानसिकताबाट बाहिर आउन सक्दैनन् । देशमा हालको शैक्षिक अवस्थालाई नियालेर हेर्ने हो भने, बेरोजगारहरुलाई उत्पादन गर्ने कारखाना बनिरहेका छन् । बेरोजगार युवाहरुको तथ्याङ्कलाई हेर्ने हो भने, करीव ५० लाख भन्दा बढी शिक्षित युवाहरु बेरोजगार छन् । उनीहरु रोजगारको शिलशिलामा सके स्वदेश नसके विदेशमा भौतारिरहका छन् । विभिन्न विषयहरुमा डिग्री पास गरेका विद्यार्थीहरुको जमात ठूलै छ । अहिलेका विद्यार्थीहरु ब्यवहारीक शिक्षाको अभावमा तड्पीरहेका छन् ।

नेपाल एक कृषि प्रधान देश हो । । यहाँका करीव ८१% मानिसहरु कृषि पेशा अँगाल्दै आएका छन् । तर विडम्बना नेपालको शिक्षा प्रणालीमा कृषि सम्बन्धी विषय अध्ययन नहुँदा विद्यार्थीहरु सामान्य एउटा विरुवा कसरी रोप्ने, कति तापक्रममा कुन विरुवा हुर्कन्छ भन्ने सामान्य ज्ञानका समेत जानकार छैनन्् । शिक्षित भनिने युुवा वर्गलाई एउटा घडीको किला खसेमा त्यो कसरी हाल्न सकिन्छ भन्ने समेत थाहा हुँदैन ।

अहिलेको वर्तमान परिपे्रक्ष्यमा केही मुठ्ठीभर ठूला मानिने÷भनिने ब्यक्तिहरुले शिक्षालाई आफ्नो पहुँचमा राख्न खोजेका छन् । शिक्षा क्षेत्रलार्ई पैसा कमाउने माध्यमको रुपमा लिएका छन् । यहाँ त जसले पैसा दिन्छ त्यसको काम गरिदिने वा हुने प्रविति रहेको छ । नातेदार अर्थात माथिल्लो तहमा भएको ब्यक्तिले मात्र जागिर खान पाएका थुप्रै उदाहरणहरु हाम्रो सामु यत्रतत्र सर्वत्र छन् । कुनै ब्यक्ति जति सक्षम भएपनि पहुँच नभएकै कारण जागिरबाट बञ्चित हुन परेको छ । पहुँचको आधारमा असक्षम ब्यक्तिले खागिर पाएका छन् । राजनीतिक शक्तिको आडमा आफ्नो मान्छेलाई जागिरे बनाईनु पर्ने अन्यथा कुनै केही धम्की दिईरहेका हुन्छन् । त्यसैले हालको शिक्षा प्रणाली नेपाली जनताको पक्षमा नभई पहुँचवालाको पक्षमा रहेको छ । परीक्षा प्रणाली र मूल्यांकन प्रणालीमा एकरुपता हुन सकेको छैन । जस्तै मानविकी संकायमा परीक्षा दिएको विद्यार्थीको रिजल्ट शिक्षा संकायमा प्रकाशन हुनु ।

परीक्षा नदिएका विद्यार्थी पास भएको रिजल्ट प्रकाशित हुनु । परीक्षाफल प्रकाशन गर्न लामो समय लाग्नु जस्ता विभिन्न समस्याहरु आउनुु नै शिक्षा प्रणालीमा एक रुपता नहुनु यसका ज्वलन्त उदाहरण हुन् । त्यसैले भन्ने गरिन्छ “गरिव वर्गको लागि नेपालको शिक्षा क्षेत्र अभिसाप बनेको छ, भने धनी वर्गका लागि शिक्षा बरदान बनेको छ ।” धनी पूँजीपति वर्गका छोराछोरी र गरिव वर्गका छोराछोरीले पढ्ने लेख्ने कलेजहरु फरक–फरक हुने गरेका छन् । गरिव वर्गका छोराछोरी डाक्टर, पाईलट, इन्जिनियर बन्ने तिव्र इच्छा र चाहना भएपनि सहज रुपमा पढ्न, लेख्न पाउँन सकेका छैनन् । तसर्थ अवका दिनमा देशमा यस्तो खाले विभेदपूर्ण शिक्षा नीतिको अन्त्य भई नेपालको परिस्थिति अनुसार शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनु पर्दछ । वैज्ञानिक सीप र श्रमसँग जोडिएको ब्यवहारीक शिक्षा प्रणाली लागु हुनु पर्दछ । तव मात्र यहाँका गरीव किसानका छोरा छोरीले जीविकोपार्जन गर्न सक्ने छन् । यसरी समग्र रुपमा भन्नुपर्दा वर्ग स्वार्थमा निहित शिक्षा प्रणालीको अन्त्यसँगै शासकिय नीतिका आधारमा सत्ता सञ्चालन र तीनीहरुको वरीपरी केन्द्रीत मानिसहरुको चाहना मात्र पुरा गर्ने शिक्षा प्रणाली नीतिको अन्त्य आवश्यक छ । यसका लागि नयाँ नीति नियम निर्माण हुन जरुरी छ तव मात्र नेपालमा शिक्षा क्षेत्रले फड्को मार्ने छ ।

                                  दैलेख