हिराले कर्णालीमा हिरा फलाउँदै (भिडियोसहित)

ड्रागन फ्रुटको हब बन्दै सुर्खेत


कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेत पनि ड्रागन फ्रुटको हब बन्न थालेको छ ।

२०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्र्याउनु भएको हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । केही समय अगाडी सम्म केही हुनेखानेहरुकालागि मात्र चिनिएको यो फल अहिले देशका धेरैभागमा उत्पादन शुरु भए सँगै प्राय सबैको पहुँच बनिरहेको छ ।

सुर्खेतमा अहिले सरकारी सेवाको जागिर छोडेर यूवाउद्यमी हिरा मगर व्यावसायिक ड्रागन खेतीमा लाग्नुभएको छ । उहाँले गुर्भाकोट नगरपालिका १४ भर्लेनी गुमीमा १ विगाह क्षेत्रफलमा ड्रागनको खेती गर्नुभएको छ । युट्युव हेरेर बर्षौ देखि बाँझो रहेको आफ्नो जग्गमा ड्रागनको खेती शुरु गरेको हिरा बताउनुहुन्छ । हिरा भन्नुहुन्छ ड्रागन फल खेतीका लागि पानी नजम्ने तथा केही उष्ण क्षेत्र उत्तम हुन्छ ।

हिराले अहिले ड्रागन मात्र नभएर दशैं तिहारलाई लक्षित गरेर फूलको खेति पनि शुरु गर्नुभएको छ । उहाको फर्ममा अहिले सपरिवार सहित करिब १५ जनाले रोजगारी पाएकाछन् भने समय अनुसार गाँउका अन्यलाई पनि रोजगारी दिनुभएको छ । त्यती मात्र नभै हिरा सामाजिक सेवामा पनि उत्तिकै लागि पर्नुहुन्छ । गाँउमा खानेपानीको अभाव भयो कि उहाँले संकलित गरेको पानी निशुल्क उपलब्ध गराउनुहुन्छ भने फर्ममा आउनेलाई ड्रागन फल पनि निशुल्क खुवाउनुहुन्छ ।

अहिले सम्म मलाई फल विक्री गर्नकालागि केही गाह्रो भएको छैन आफन्त चिनेजानेकाहरुले मगाएभने कर्णालीका विभिन्न जिल्लाहरु तथा संघीय राजधानी काठमाण्डौं सम्म फल ढुवानी गरेको हिरा बताउनुहुन्छ । उहाँ यूवाहरुलाई गर्नसके आफ्नै देशको माटोमा धेरै कमाई गर्न सक्ने भएकोले विदेशिन लालायित नहुन आग्रह गर्नुहुन्छ ।

हाल बजारमा उत्पादन बढेसँगै ड्रागन फलको मूल्य ५ सय र ६ सय प्रतिकिलो रहेको छ ।