नेपालमा बैकल्पिक शिक्षण सिकाइमा छापा बिधिलाई प्रमुख रुपमा लिनु पर्ने ।


अनन्तराज पन्त
कोरोना महामारी बीच बैकल्पिक शिक्षण सिकाइमा विश्वभरी नै शिक्षा क्षेत्रमा  चुनौती र अबसरका रुपमा लिइरहदा नेपाल सरकार तथा नेपालका शिक्षाविदहरुले ५ विकल्पका साथ २०७७ असार १ गते देखी लागु गर्ने गरि कार्यबिधी निर्माण गर्दै सामुदायिक तथा सस्थागत बिद्यालयहरुलाइ गर्न र गराउन स्थानिय तहलाई निर्देशन गरेको थियो । तर स्थानिय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखहरु र बिद्यालयका अधिकान्स प्रअहरु  शिक्षकहरुलाइ बिद्यालयमा हाजिरी गराएमा मात्र आफू शक्तिशाली र अब्बल हुने कुचेस्टा राखी तत्काल हाजिर हुन उर्दी जारी भैरहेको अबस्था छ ।
शिक्षा मन्त्रालय र शिक्षामन्त्री दैनिक बैकल्पिक शिक्षण बिधि तथा बिद्यालय खुलाएर पठनपाठन सुचारु गराउने कुचेस्टा गर्दै दैनिक कार्यबिधी सार्बजनिक गर्ने र  कार्यबिधी बन्दै छ भन्ने आस्वासन दिइरहेकै छन् । यसबाट के देखिन्छ भने शिक्षासङ्ग सरोकार राख्ने स्थानिय तहदेखी केन्द्रीय स्तरसम्मका शिक्षा सङ सरोकार राख्ने अधिकारिहरु सबै निरीह प्राणी जस्तै देखिन्छन । उनिहरुमा कुनै नयाँ युक्ति छैन केबल आफुलाइ अब्बल साबित गर्न अन्यत्रको शिक्षा, ऎन, निति र नियमावली   नक्कल गरि स्थानिय तह देखी केन्द्रिय स्तरको शिक्षा ऎन बनाउने असक्षमता प्रदर्शन गरिरहेका छन् ।
सरकारले निर्देशन गरेको र विभिन्न स्थानिय तह र बिद्यालयका प्रअले लागु गर्न खोजेका सबै बैंकल्पिक शिक्षण सिकाइका बिधिहरुको  उपलब्धी मापनका सुचक हेर्दा प्राय सबै बिधिहरु निम्न कारणले  असफल भएको देखिन्छ ।
– भौगोलिक बिकटताको कारण नेपालका अधिकान्स बस्तिहरुमा बिधुत सेवाको अप्रयाप्तता।
– विद्युत सेवा उपलब्धता भए पनि बिधुत नियमित हुन नसक्नु २४ घन्टा मा ४०/५० पटक बिधुत अबरुद्ध हुनु।
– नेट सुबिधाको अप्रयाप्तता, मोबाईल सेवाको पहुचमा कमि, नेट्वोर्कका लागी वरपर भौतारिनु पर्ने।
– रेडियो सेवा भरपर्दो नहुनु ५/५ मिनेटमा ट्युनिङ गर्नु पर्ने।
-बिधुत सेवाको अभावका कारण टेलिभिजनको कल्पना गर्नै गाह्रो ।
– शहर केन्द्रित बसाइँ हुने अभिभावक तथा बिद्यार्थीहरुमा माथिका सबै कुरा उपलब्ध भए पनि उनिहरुमा उक्त सुबिधा बाट अध्ययन गर्न आर्थिक कारणले गाह्रो।
– मोबाईल तथा ल्यापटप बिद्यार्थीहरुलाइ दिदा बिधुत सेवाको नियमितता तथा net speed का कारण सुरुका दिनमा सफल भएका बिद्यालयहरु बिस्तारै असफल बन्दै     गइरहेको देखिन्छन।
_ यसरी हेर्दा सरकारको कार्यबिधिबाट प्रबिधिको पहुँचमा भएका  शिक्षकहरुका  नेतृत्वहरुले स्थानिय तहसङ मिलेमतो गरि रेडियो ,टेलिभिजनमा कार्यक्रम गरि           आर्थिक लाभ गरे पनि बिद्यार्थीहरुमा चाहे जति उपलब्धी  हासिल हुन सकेन।
– शिक्षाबिदको सल्लाहमा नेपाल सरकारले ल्याएको शिक्षण सिकाइको अन्तिम विकल्प भनेकै छापा बिधिको माध्यमबाट घरमा रहेका बिद्यार्थिहरुमा विभिन्न शैक्षिक   क्रियाकलाप गराउन सकिन्छ ।
छापाको माध्यमबाट बिद्यार्थीहरुमा शिक्षण सिकाइलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन तपसिलका कार्य गर्नु उपयुक्त हुने छ ।
– ७५३ स्थानिय निकाएमै स्थानिय निकाएका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख लगाएत शिक्षकहरुको बिचमा अन्तर क्रिया कार्यक्रम राखी आ-आफ्नो स्थानिय तहमा शिक्षा शाखा प्रमुखको सन्योजकत्वमा प्रअहरु,  बालबिकासदेखी साबिक उमावि तहसम्मको सबै बिसयका शिक्षक कम्तिमा रहने गरि समिती निर्माण गर्ने।
– निर्मित समितिमा स्थानिय तहका सबै बिद्यालयमा एकै किसिमको एउटै कृयाकलाप हुने गरि कक्षागत गृहकार्यको प्याकेज तयार गर्ने।
– नेपालका हरेक स्थानिय तहमा जे जसरी भए पनि कम्तिमा कार्यालय प्रयोजनका लागि net जडान गरिएको छ, पहाडी क्षेत्रमा रहेका अत्याधिक बिद्यालयका शिक्षकहरू स्थानिय नभएको अबस्थामा बाहिर भएका शिक्षकहरुले विद्यार्थीहरुकालागी  दिइने  शिक्षण सिकाइ कृयाकलापको  १५ दिने प्याकेज निर्माण गरि email मार्फत स्थानिय तहको शिक्षा शाखामा पठाउने, आएका शिक्षण सिकाइका प्याकेजहरुको अभिलेखिकरण गरि  उक्त प्याकेजको soft copy निर्माण गरि सम्बन्धित बिद्यालयका प्रअहरुलाई आफ्ना बिद्यालयमा भएका बिद्यार्थिको संख्याको आधारमा file खडा गरि बितरणका लागी तयार गर्न शिक्षा शाखा प्रमुखले तयारी गर्ने ।
– बिद्यालयमा कम्तिमा पनि एक जना शिक्षक र बिद्यालय कर्मचारी स्थानिय भएकोले  उहाहरुको सहयोगमा सामाजिक दुरि कायम गर्दै पाठ्यपुस्तक बितरण गरे जस्तै गरि छापाको माध्यममा तयार गरि तयार पारिएको file बितरण गर्ने ।
-छापा माध्यमबाट तयार गरिएको शैक्षिक क्रियाकलाप घरघरमा पुगे पछि बिद्यार्थीहरुमा निस्चित समयमा गर्नु पर्ने काम भएको हुँदा उनिहरुको अध्ययनको कृयाकलापमा कक्षा ५ सम्मका बिद्यार्थिहरुलाइ अभिभावक स्वयम् ले र कक्षा ६ माथिका बिद्यार्थिहरुका लागी गर्नु पर्ने कृयाकलापमा लगनसिल भै लाग्ने छन ।
– क्रियाकलापमा असहजता आएमा अभिभावक तथा बिद्यार्थिहरु कै file मा क्रियाकलापको प्याकेज निर्माण गर्ने क्रममा  शिक्षकहरुको नाम सहितको  बिसय तथा  मोबाईल न. उल्लेख गरेमा बिद्यार्थिहरुले आफुलाइ परेको समस्याको बारेमा सम्पर्क गर्दा सहजिकरणमा सहजता आउने नै छ।
– सम्पुर्ण कुराहरुमा शिक्षकले टेलिफोन मार्फत सहजीकरण गर्नु भन्दा विद्यार्थीको अनुकुल समय र स्थानमा आएर सम्पर्क गर्दा पक्कै पनि  घर घरमा बिद्यालयको नारा जो बिश्वका ४२ रास्ट्रमा अपनाइ रहेका छन नेपालमा पनि अहिलेको महामारिमा बैकल्पिक शिक्षण सिकाइमा कोसे ढुङ्गा साबित हुने थियो।
– प्रश्न उठन सक्छ दिएको क्रियाकलाप कसरी चेक गर्ने स्थानिय शिक्षक भए file फिर्ता भएको ३ दिन पछि सुरु गर्ने जिल्ला बाहिरको भए बिद्यालय सुचारु भए पछि सुरु गर्ने ।
–  दिएको शैक्षिक क्रियाकलाप निश्चित समयमा सक्नु पर्ने र बिद्यालयमा फिर्ता गर्नु पर्ने हुँदा पहिलो प्याकेज को क्रियाकलाप सकिना साथ अभिभावकहरुले आफ्ना नानिबाबुहरुको फाइल फिर्ता गरि अर्को १५ दिनको शैक्षिक क्रियाकलापको फाइल लिनुहुने छ। छन।
– जबसम्म कोरोनाको महामारी नियन्त्रण हुदैन नियमित रुपमा यही प्रक्रिया नियमित राख्दा बिधुतिय बिधिको शिक्षण सिकाइ भन्दा छापा बिधिको सिकाइ अत्यन्त प्रभावकारी  नेपाल जस्तो भौगोलिक बिकटता र प्रबिधिको पहुँचको अभाव भएको हाम्रो जस्तो देशमा हुने नै छ।
माथिका क्रियाकलापमा स्थानिय निकाएका प्रमुख उपप्रमुख, वडाका अध्यक्ष र अन्य प्रतिनिधिहरु,बिद्यालयका प्रअहरु र बिब्यस र अभिभावक संघ र स्थानिय शिक्षकहरुको  अहिलेको कोरोना महामारीको अबस्थामा अहम् भुमिका हुन जान्छ।  कुरो उठ्न सक्छ आर्थिकको कुराको  स्थानिय तहले अन्य सुबिधा तथा कन्टेन्जेन्सी आउने क्षेत्रमा बजेट फालाफाल गर्न हुन्छ भने देशका भबिश्यका जनशक्ति निर्माणका श्रोतमा  हरतरहबाट जोहो गर्न सक्नु पर्छ, पुग्दैन भने केहि पाउन केहि गुमाउनु पर्छ भने जस्तै बिद्यार्थीहरुको अभिभावकहरुबाट सहयोग शुल्क उठाउन पनि पछि पर्नु हुदैन।
माथिका क्रियाकलाप सन्चालन गरेको खन्डमा सरकारबाट बारम्बार कार्यबिधी निर्माण गरिरहन नपर्ने, नेपालका सबै स्थानका बालबालिकाहरुमा  शैक्षिक सत्र खेर जाने डर नहुने , बिद्यार्थिहरुले गरेको शैक्षिक क्रियाकलाप जो फाइलमा अभिलेखिकरण छ त्यसैको आधारबाट कक्षोन्नती गर्न सकिने, बिद्यालय  छोड्ने दर घटाउन सकिने,  टाढाका शिक्षकहरुलाइ मानसिक तनाब नहुने, सबै भन्दा कोरोना महामारिमा हामी सबै सुरक्षित हुने।
यि याबत कुरामा ध्यान दिदै शिक्षा सङ सरोकार राख्ने सबैले हालको कोरोना महाहामारी बीच बैकल्पिक शिक्षण सिकाइको छापा बिधि प्राथमिकता दिएएको खण्डमा देशै भरका बिद्यार्थी एबम अभिभावकहरुले समानताको अनुभुती गर्ने छन।सरकारले सबैलाई समानताको व्यबहार शिक्षामा गरेको अनुभुती आम नेपाली जनताले गर्ने नै छन।
(लेखक सामुदायिक बिद्यालय शिक्षा सुधार समाज नेपाल कर्णाली प्रदेशका अध्यक्ष हुनुहुन्छ ।)