गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजित रक्तदानमा १ सय २१ पिन्ट रगत संकलन


नेपालगञ्ज (बाँके) । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.– ४ द्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले पौष १३ गते शनिवार रक्तदान गरेको छन् ।

रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा र गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाहले संयुक्त रुपमा रगत संकलन गर्ने थैली प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरिनुका साथै प्रमुख अतिथि माधवराम वर्माले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, पत्रकार मधु पौडेल, संस्थाका उपाध्यक्ष करन साह, सदस्य शिवम् शाह, नितेश बिष्ट, राजु कसगर, मोहम्मद फारुक, झपेन्द्र बहादुर शाह, बिनोद प्रजापति, साहू समाज बाँके युवा समितिका अध्यक्ष राम किसुुन साहू, जीवन यादव, बिनोद थापा, भारत लखनऊका निवासी बिकास शर्मा, अनिता जायसवाल, समिन चौधरी, शुक बहादुर थारु, दिल्लीराज पाण्डे, लक्षमण चौधरी, अरुण कठरिया, चन्द्र बहादुर परियार, सीताराम कोरी, पवन थापामगर, सन्तोष ठाकुर, आर्दश सोनी, गोबिन्द कश्यप, बरुण सिंह, राम चन्द्र कलवार(जगदीश), प्रतिक्षा शाही, सागर नाउँ, सुशान रानामगर, प्रजिन रोकाया, प्रकाश रोकाया, दिवेश हमाल, शौगात आचार्य, दिनेश शाही, तपेन्द्र बोहरा, उज्वल थापामगर, अशोक जायसवाल, इमरान सल्मानी, रबिन्द्रमान थापामगर, उमेश कोइराला, नरेन्द्र शाही, बिशाल सलामीमगर, करन शाह, राज कुमार कश्यप, हेमन्त ओली, योगेश शाही, सन्दिप पौडेल, युवराज सिंह ठकुरी, अमित कौशल, बिशेक महाजु, करन साहू, बिशालराज बराज, बिबेक कुमार थापा, अशोक सिंह ठकुरी, चिरायु गुरुङ्ग, खेम शरण खत्री, कलामुद्दीन सिद्दिकी, अनुजा भट्टराई, रञ्जित भट्टराई, मोनू सिद्दिकी, सदाब राई, आशिष कडेल, अरबिन्द कुमार पाल, शंकर मल्ल, रोहत कुमार बर्नवाल, प्रज्वल, जिनिस पौडेल, दिनेश बुढाथोकी, रामगोपाल सोनी, सुरज मल्लिक, राज क्षेत्री, राहुल सोनी, सफल थापा, सहस बडुवाल, सागर अहमद, मोहम्मद इमरान हलवाई, अभिषेक श्रेष्ठ, सुजल थापा, सुहेल दर्जी, अबरार अन्सारी, रोजी घिमिरे, सुजन सिटौला, हिमाँशु सोनी, मनोज कश्यप, प्राप्ती श्रेष्ठ, कुमार अधिकारी, बिक्की गुरुङ्ग, दिनेश प्रसाद तमोली, अशोक गुरुङ्ग, प्रशान्त चौधरी, अजय कोरी, मान्सी गोडिया, पुनम यादव, दामोदर चौधरी, रुपक श्रेष्ठ, दिपेश कडेल, मुस्कान साह, मधु साह, रोहित बनिया, तुसर बाहुन, लक्षमण वर्मा, राजेश थापा, दिब्याँशु बराल, शम्भार सिंह, प्रोमिश उप्रती, सौरभ सिंह, पसकल बिष्ट, शिवम् गुप्ता, आदित्य कुमार चौधरी, अमन खडका, अनूप खडका, बिजय महत, बिशाल धामी, कृतिज्ञा शर्मा, बिशाल मानन्धर, रोहित सिंह, नवराज हरिजन, ओसन श्रेष्ठ, सञ्जय कर्माचार्य, सुजित पाण्डे लगायत १ सय २१ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामी मगर, सञ्जय बढही, बीरेन्द्र योगी, रचना बिष्ट, आशा सुनार, पबित्रा जैसीले प्राविधिकमा सहयोग गरेका थिए अन्यमा संस्थाका उपाध्यक्ष करन साहू, निर्मला बिष्ट, पुष्पा यादव, करन कोरी, अजय कोरी, संगीता ओली, करुण चन्द , बिदिशा अग्रवाल सहयोग रेका थिए भने संस्थाका सदस्य शिवम् शाहको अथक प्रयासबाट रक्तदान कार्यक्रम सफल भएको हो ।