
२१ पौष । सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा रहेको ग्रुप ” MENS ROOM” (Reloaded) MRR ले सुर्खेतमा यही पौष २२ गते सुर्खेतका सर्वाधिक रक्तदाता निशुल्क रक्तदान तथा रक्त समूह परिक्षण कार्यक्रम गर्ने भएको छ ।
वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रनगर चौकमा विहान ८ बजे विहान देखि कार्यक्रम गर्ने ग्रुपमा आबद्ध सुर्खेतका युवा सागर लम्सालले बताए ।
कार्यक्रमको उद्देश्य भनेको रगत आभावको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्नकालागि युवाहरुमा रक्तदान गर्ने भावना जागृत गराउनकालागि कार्यक्रमको आयोजना गरेको लम्सालले बताए ।
पुनम फाउण्डेसन सुर्खेत संगको सहकार्यमा गर्न लागिएको कार्यक्रमको सह आयोजकमा सुपथ मेडिकल हल, देउती डेण्टल केयर होम, मध्यपश्चिम डेण्टल केयर होम, रोयल कलेक्शन, तथा आषिश वस्त्रालय रहेको छ ।
कार्यक्रममा सम्पर्ककालागि ९८५८०५३८९१, ९८४८१६३४४०, ९८५८०५३११५ र ९८४८२४८३८५ मा फोन गरेर सहभागित जनाउन सकिने छ ।
Prawash Kumar Shakya । २१ पुष २०७४, शुक्रबार ११:१७ बजे