
पवन जायसवाल
नेपालगन्ज (बाँके) । भेरी सहकारी बित्तिय संस्था लिमिटेड नेपालगन्ज को ३०औ स्थापना दिवसको पूर्व सन्ध्यामा लायन्स क्लब अफ ईन्नोभेटिबको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३१ जनाले रक्तदान गरेका छन् ।
भेरी सहकारी बित्तिय संस्था लिमिटेडका का.वा.अध्यक्ष भिम बहादुर मल्लको अध्यक्षतामा र संस्थाका संस्थापक कार्य समिति सदस्य मधुसुदन रिजालको प्रमुख आतिथ्य र लायन्स क्लब ईन्नोभेटिब संस्थापक अध्यक्ष मुकुट ढकालको विशिष्ट आतिथ्यमा बृहत् खुल्ला रक्तदान तथा दन्त शिविर कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका का.वा.अध्यक्ष भिम बहादुर मल्ल, प्रमुख अतिथि मधुसुदन रिजाल, नेपालगन्ज उप–महानगरपालिका निबर्तमान उप–प्रमुख उमा थापा मगर, बिशिष्ट अतिथि मुकुट ढकाल लगायतले प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल पुलामीलाई संयुक्त रुपमा रगत संकलन गर्ने थैली हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, नेपालगन्ज उप–महानगरपालिका निबर्तमान उप–प्रमुख उमा थापा मगर लगायतले आ–आफना बिचार ब्यक्त गर्दै रक्तदानको आवश्यकता, अभाव, यस्ता महानकार्यको सह्राना गर्नु भएको थियो ।

भेरी सहकारी बित्तिय संस्था लिमिटेडकी व्यवस्थापक शोभा गुरुङ्गका अनुसार “रक्तदान जीवनदान” मुख्य उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा अमित थापाक्षेत्री, बिजय सिंह थारु, गोबिन्दराज न्यौपाने, बिष्णु चौधरी, (राधिका रावत, वालेन्द्र चौधरी, सुरेश पोखरेल, सरन खनाल, मनोज चौधरी, राजकिंग पोखरेल, टर्जन ओली, उज्वल साउद, दिपु सिंह, हुमलाल चौधरी, नरेश ओली, त्रिलोचन बस्याल, सुलभ गुरुङ्ग, ज्ञानेन्द्र चौधरी, सबिन कुमार खत्री, राकेश यादव, झंकर बहादुर, हर्षित बिक्रम शाह, रत्न बहादुर जेडी मगर, सवल बराल, अंकित शाही, हिम बहादुर शाह, तेज बहादुर रानाभाट, महेश राना, प्रशान्त चौधरी, प्रशान्त चौधरी, अशोक रावल लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल रत्गैया, सुनिल पुलामी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।
सोही दिन दन्त शिशिर कार्यक्रममा “हामी स्वस्थ्य मुस्कान ल्याउछौ” भन्ने मूल नाराका साथ ३५ जना बालबालिका तथा ज्तेष्ठ नागरिकहरुले निःशुल्क सेवा लिएका थिए । कार्यक्रममा नेपाल डेन्टल क्लिनिकका डेन्टल सर्जन डा. दिल बहादुर सत्याल, भेरी सहकारी बित्तिय संस्था लिमिटेडका कार्य समितिका पदाधिकारी, कर्मचारी, शेयर सदस्य र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । ६ चैत्र २०८२, शुक्रबार १८:०० बजे