विकासका लागि युवा


दिपक जैसी

वास्तवमा भन्ने हो भने नेपाली युवा काँधमा जिम्मेवारी मस्तिष्कमा इमान्दारी, हृदयमा वफादारी, हातमा सीप विहानीको सुर्य, सिर्जनाका फुलवारी, मनमा जोश जागर, हृदयमा इमानदारी, काँधमा जिम्मेवारी, हातमा सिर्जना भएका कर्मठ योद्घा हुन् । त्यस कारण अन्तराष्ट्रिय जगतमा अति महत्वपुर्ण गरिमा बोकी समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउनेजो हरेक देशको स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्य त्यहा“का युवामा भर पर्छ ।

आज नेपालमा होश, जोस, दिमाग, नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएका युवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिक अवस्था र रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका छन् ।

नेपालको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक समस्याको समाधान त्यही युवाबाट हुन्छ भन्ने कुरा नेपाली समाज र देशले बुझनुपर्छ, युवालाई चिन्न सक्नुपर्छ अनि विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिनबाट रोक्नु पर्छ । नेपालको विधि र विधानमा युवा हुनुर्पर्छ, नेपालको राजनीतिले बुझ्पनुर्छ, युवाको क्षमता, केवल आन्दोलन र चुनावी प्रचारका साधन मात्र होइनन्।

प्रविधिका खानी, परिवर्तनका सम्वाहग, सुरक्षाका योद्धा, प्रकाशका ज्योति, यात्राका लागी सडक र कृषिको लागी युवा हुन् ।युग परिवर्तनका सम्वाहक विदेशिने भए देश कसका लागी छोड्ने बुढापाकाका लागी- बलिया, आटिला, साहसी विदेश गएका युवा उमेर ढल्केपछी मर्नका लागी नेपाल फर्किने वा मरेर लाशमात्र फर्किने हैन भने नेपाली युवालाई पहिचान गरी युवाको सक्रियतामा समृद्ध नेपाल बनाउन जरुरी छ ।

देशको प्रेम सबैसंग छ, देशमा असिमित सम्भावना छन् तर नेपालको यस राजनीतिक अवस्थाका कारण मुलुकमा समस्या ज्यु का त्यु रहेको छ । युवाको भूमिकाले आज समृद्ध देश आत्मनिर्भरताको देश, सकारात्मकको देश र रोजगारी सिर्जना गर्ने देश भनेर चिनिन्छ नेपाल । परिवर्तनको माध्यम भनेको नै युवा हुन्, जहाँ युवा सक्रिय परिवर्तन काँधमा जिम्मेवारी भई स्वरोजगारी मूखी भई देशमा नै पौरख चलाउन सके आजका युवा रोजगारीका लागी अन्तै जानु पर्ने नेपाली युवामा जोश जागर, उमङ्ग, दक्ष सीप पाएमा के गर्न सक्दैन भन्ने उमङ्ग, दक्ष सीप पाएमा के गर्न सक्दैन भन्ने उदाहरण तपाई हामो्र सामु र्छलङ्ग छन् ।

कुनै दिन नेपाली युवाले आफ्नै सीप दिमाग लगाएर हेलिकप्टर बनाए, डोजर बनाए, स्काभेटर र अटोमेटिक मेसिनको समेत आविष्कार गरेका छन् । कुनै समय वायो डिजल बनाई गाडी समेत गुडाएका छन् । यिनै युवा जुन विदेशी भूमिमा पसिना बगाई त्यो देशको विकासमा समेत टेवा दिइरहेका छन् । नेपाली राजनीतिमा युवाको अग्रपङ्तीमा हात समेत रहेको छ ।

नेपाली युवा जसले देश परिवर्तन समेत गरी देशलाई आर्थिक सम्वृदि तिर अगाडी बर्ढाई समुन्नत विकासशिल रोजगारमूलक राष्ट्र बनाउन सक्छन् युवा । त्यसकारण युवा शक्ति नै देशका मेरुदण्ड नै हुन् । फलस्वरुप जसरी शरिरका प्रत्येक अंग चलाउनका लागी मेरुदण्डको महत्वपुर्ण स्थान  रहन्छ । त्यसै गरी देश विकास गर्नका लागी युवा शक्ति नै हुनु पर्दछ ताकि राजनीति शक्ति पार्टी नारा जुलुस, हुलदंगा बन्द, हडतालमा मात्र सहभागी नभई देश विकासका लागी युवा नेतृत्वको अहम भूमिका रहन्छ ।

बाध्यता रहने छैन । आज देशको विकासका लागी बाटो बनाउँदा युवाशक्ती, विद्यालय बनाउँदा युवाशक्ती, देशमा कृषि प्रणाली लाई अग्रता दिन युवाशक्ती, कलकारखाना चलाउनका लागी युवाशक्तीका साथै अब राष्ट्र चलाउनका लागी पनि युवाशक्ती त आवश्यक पर्छ त्यसकारण युवा यस्तो शक्ती हो जून देशको भूत, वर्तमान र भविष्यको आकलन, विवरण, मूल्याङकन गर्न र हिसाबकिताब समेत गर्न सक्छ । जब हामीहरु कुनै कारखाना जान्छौ त्यहाँ युवा नै देख्छौ भने आज नेपाली समाजमा युवाको महत्वपुर्ण देन रहेको छ ।