पुरुष क्रिकेटमा मधेशसँग पुलिस पराजित



सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशसँग पराजित भएको छ ।

शुक्रबार कालुन्चोक मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा मधेश प्रदेशसँग २९ रनको हार व्यहोर्दै पुलिस पहिलो खेलमै निराश बनेको हो ।

टस जितेर पहिला फिल्डि· रोजेको पुलिसविरुद्ध मधेशले निर्धारित २० ओभरमा जम्मा ४ विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो । पुलिसका बलरमाथि हावी भएका मधेशका लागि सन्तोष कार्कीले उत्कृष्ट बलिंग गर्दै ४२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६० रन बनाउनुभयो । त्यस्तै विवेक कुमार यादवले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४ छक्का र १ चौकासहित अविजित ३७ रन जोड्नुभयो । पवन सर्राफले २१ बलमा अविजित २३ रन बनाउनुभयो भने मयन यादवले बटुलेको १९ रनको योगदानमा मधेशले १६७ को चुनौती तय गर्यो ।

नेपाल पुलिस क्लबका लागि राशिद खानले १ विकेट लिनुभयो । त्यस्तै चन्द्रकान्त पौडेल, दीपक सेरला र श्रवण यादवले पनि समान १–१ विकेट हात पार्नुभएको थियो ।

जवाफी ब्याटिगंमा उत्रिएको विभागीय टोली पुलिसका लागि तेश्रो नम्बरका ब्याट्सम्यान राशिद खानले २९ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन जोडेपनि जीतका लागि पर्याप्त भएन । ओपनरद्वय अमित श्रेष्ठ ६ र शंकर राना ९ रन बनाउँदै डगआउट फर्किएपछि दवाबमा परेको पुलिसका लागि राशिदले जोडेको रन जीतका लागि पर्याप्त भएन । उहाँपछि क्रिजमा आउनुभएका दिलिप नाथ १४, श्रवण यादव १६ र चन्द्रकान्त पौडेलले १९ र सागर ढकालले १० रन मात्र बनाउन सक्नुभयो ।

४ ओभर बलिंग गरेका पुलिसका अरनिकोप्रसाद यादवले २९ रन खर्चेर ३ विकेट लिंदा रुपेशकुमार सिंह र अभिषेक तिवारीले समान दुई दुई विकेट हातपार्नुभयो ।