राज्य जिम्मेवार भए, फेरिन्छ पश्चिम सुर्खेतकाे मुहार


कमल बहादुर कठायत
पश्चिम सुर्खेत बिकास निर्माणका काममा निकै पछाडि परेको छ ।

सडक,संचार,बिधुत,बिधालय,क्याम्पस देखि लिएर बिकासका अतिआबश्यक तत्वहरु समेत यस क्षेत्रमा प्रयाप्तमात्रामा भएको नि छैन र हुन पनि सकिरहेको छैन ।

कारण के त । भौगोलिक हिसाबले त्यति पछाडी नै त छैन तरपनि बिकास निर्माणका काममा भने कर्णाली अञ्चलभन्दा नि कम छ ।

कर्णाली र सेती नदीको दोभान स्थल ।

हुन लागेका बिकासका काममा नि राजनितिकरण हुने र मैले बनाएको हो मेरो कार्यकालमा मैले यहाँ योजना पारेको हु र म नभाको भए केहि पनि हुने थिएन जस्ता कुराहरुले गर्दा पश्चिम सुर्खेत झनै पछि धकेलिने निश्चित छ ।

नेपालकै सबैभन्दा ठुलो तर संचालन नभाको चौकुने सिमेन्ट खानि, लखरपाटा सिमेन्ट खानि, पश्चिममा ब्यापक मात्रामा पाइने जडिबुटी, पर्यटकिय रुपमा चर्चित बराह ताल, बिधापुरमा रहेको जाजुरा दह, लगाममा पर्ने सेति कर्णालीको संगम स्थल त्रिबेणि बिनिघाट,घाटगाउँमा रहेको भेरी कर्णालीको संगम स्थल, बड्डीचौर गुठु बिनिघाट दिपायल सडक, अछाम बाट गुठु हुँदै कर्णाली चिसापानि जोड्ने सडक, लगायत पश्चिमको लगामको धनरासमा रहेको पुरानो भग्नाबशेष राजाको कोटदरबार, चमेरे गुफा धनराख्ने ओडार जस्ता ठाउँ यहि क्षेत्रमा अबस्थित छन ।

िबनबफ उघतर पनि यिनको बिकास र प्रचार प्रसार गर्न सकिएको छैन । यदि यिनको बिकास र प्रचार प्रसार अनि प्रबद्धर्न गर्न सकएको खण्डमा भने पश्चिम सुर्खेतको मात्र होइन समग्र सुर्खेत जिल्लाको बिकासमा ठुलो देन ठअरीने छ र सुर्खेतको कायापलट हुने सम्भाबना छ ।

यो नहुनुमा यस क्षेत्रबाट अहिलेसम्मन प्रतिनिधित्व गर्ने सांसदहरुको नि उत्तिकै जिम्मेवारी छ त्यसैगरी जिल्लामा सक्रिय सम्पुर्ण ठुला पार्टिका बिगत देखि बर्तमान सम्मका जिल्ला तहका मुख्य पदमा बसेका हरुको नि उत्तिकै जिम्मेवारी छ ।

नेपाल सरकार लाई सम्बन्धित मन्त्रालयलाई त्यसै गरी जिल्लाका सम्बिन्धीत सरकारी कार्यालयलाई पनि यस क्षेत्रका जनताले दबाब दिन र झकझक्याउन सकेको देखिदैन ।

आज यसैको प्रतिफ सम्पूर्ण पश्चिमेलि आम जनताले भोगिरहेको कुरा सबैलाई थाहा नै छ । तर पनि हामी किन अझै झकझक्याउन सकिरहेका छैनौ त ।

जिल्लामा अहिले तीन वटा नगरपालिका बनिसकेका छन त्यहा बिकास निर्माणका काम धमाधम चलिनै राखेका छन तर पनि हाम्रो पश्चिम सुर्खेतमा अझै सम्म एउटा नगरपालिका समेत बन्न सकेको छैन ।

बेला बेलामा कुराहरु नउठाइएका होइनन, छलफल र बहस हरु पनि चलेकै छन भन्ने सुनिन्छ । बाबियाचौर सालकोट र बिधापुर गाबिस लाई गाभेर नगरपालिका बनाउने कुरा चल्न लागेको नि धेरै भैसक्यो तर पनि त्यो हुन सकिराखेको छैन ।

कारण नामाकरणको बिबाद, नगरपालिकामा रहने सरकारी कार्यालयहरु कुन ठाउँमा राख्ने भन्ने यि याबत कुराहरुले आज नगरपालिका बन्न बाट रोकिरहेको छ ।

यहाँ नगरपालिका बन्न्को लागि आबश्यक पर्ने बिकासका काम अलिअलि भएता पनी नगरपालिका घोषणा हुन सकिराको छैन । जिम्मेवार राजनितिक दलका जिम्मेवार नेताहरुले यो कुरालाई खासै महत्व नदिएको जस्तो लाग्यो । एउटा ठाउँका मानिसले अर्को ठाउँका मानिसको रीस गर्ने र सबै भनेका कार्यालयहरु जति हाम्रोमा हुनुपर्छ भन्ने कुराले पनि सायद नगरपालिका हुन सकिराको छैन ।

यसको घाटा सरासर पश्चिमका आम जनतालाई हुने छ र यस्तो तालले कहिल्यै पनि नगरघोषणा हुन नि सक्दैन त्यसकारण सबै सचेत जनताहरु र जिम्मेवार दलका जिम्मेवार नेताहरुले समयामानै सचेत बनि सहमतिका आधारहरु निर्माणगरी नगरपालिका घोषणा गर्न लाग्दा नै राम्र्रो हुने छ ।

आपसी कलह र झगडा गर्ने ओ भने बिकास होइन बिनास तिर लम्किेन छ यो कुरामा समग्र पश्चिमेलीहरु सचेत हुन जरुरी छ र सबैलाई आ–आफनो ठाउँबाट दबाब दिउ खबरदारी गरौ र सम्बिन्धित निकायहरुलाई झकझक्याउने काम गरौं, र सबै सचेत बनौ अनि पश्चिम सुर्खेतलाई समृद्धिको बाटोमा अगाडी बढाउन सकिेने छ अन्यथा पश्चिम सुर्खेत जहाँको त्यहि रहने निश्चित छ ।

९लेखक लगामका स्थानियबासी हुन् ।साभारः अनलाईन सुर्खेत ।