एमसिसिको प्रस्तावनै संसदमा निम्तिएको बिपत हो – अध्यक्ष बम


 

आज सामिजिक संजाल देखि चोक ,गल्ली ,धारा पधेरामा नेता देखि जनता सम्मले हल्लिखल्लि गरिरहेको देख्दा म अचम्मित भएक‍ो छु । के हो त एम सि सि ? संसदमा बिपत आएकै हो त ?

कि केहि कुराक‍ो प्रस्ताव हो ? नम्बर (१)धारा ३को दफा ३-२ (च) – सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पुर्ण अधिकार हुनेछ । नम्बर (२)धारा ३को दफा ३ (८ ) क – परियोजना को लेखा परिक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्नेछ । नम्बर (३) धारा ५को क र ख – अमेरिकी कम्पनी ले चाहेमा यो सम्झौता रद्ध गर्ने छ । नम्बर (४) धारा ७ को दफा ७ को (क )- प्रस्तुत सम्झौता लागु भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित नेपाली राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । नम्बर (५)अनुसुचि १ (ग) को २- यश परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकाएलाई खटाउदा एम सिसिको अनुमति लिनु पर्नेछ । नम्बर (६) अनुससचि (४) क – नेपाल सरकारले एमसिसिलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना इन्डियाले सम्रर्थन गरेको हुनुपर्नेछ । यो के हो ? सबैलाई पढ्न त आउछ होला हैन त कि कसो ? साच्चै मेरो आफ्नै मात्र बुझाईले अाक्रोस हैन दया लागेर आएको छ । मलाई त संसदमा यो चट्टिकला देख्दा र सहभागी अग्रजहरुको हारगुवार पोखिएको देख्दा बिपतनै आइरहेको छ हामी सबैले उद्धारमा जुट्न तयार हुनुपर्छ ।

जो कोहिले सहजै बुझ्न सक्छ र वाकलत गर्छ संसद भबन नेपाल र नेपालीको भबिष्य निर्माण गर्ने र निर्माता को बहस गर्ने थलो ह‍ो । किनकि हजारौं को बलिदानि लाखौको योगदानि र करोडौंको को प्ररिश्रम र मेहनेत ले सृजित एक मात्र क्षेत्र हो । यहाँ सक्षम ,सबल ,कर्मठ,परिवर्तनशिल, जुझारु ,शिर्जनसिल,दक्ष , अनुभबि ,ज्ञानी र जसि ब्याक्तित्व हरुलाई घाम पानि ,हावा हुरि, बिकिरण र सितबाट जोगाएर गरिब निमुखाले छानि छानि पठाएका हुन्छन । त्यी एक छाक टार्न ध‍ौधौ हुने गरिबको पसिना र रगतबाट जन्मिएका ब्याक्तित्व ले सडकमा आएर फेरि एक पटक मेहनत गर्न गुवार मागेका हुन या कोहि संसद भित्र सामल बोकेर आएका छन भनेर जानकारि दिएका हुन यस्मा हामी दोधारमा परेका छौ । यो प्रस्ट पार्न जरुरि छ । एम सि सि गलत छ हो ? संसदमा सहि र गलत छान्न नसक्ने पनि हुनुहन्छ त ? संसदमा आएका प्रस्ताव संसदले ल्याउछन वा कोहि पाउनाले पनि ल्याउन पाउँछन् ? संसदभित्र कोहि नारद कोहि राम अनि कोहि राबण पनि छन त ? प्रस्ताव पास गर्न बहुमत र अल्मत ले काम गर्न छोडेकै हो त ? आज जनमानसमा यी प्रश्नले खेलिरहेका छन ।

अच्चमित छन आजित छन ,यहाँ ताजुवमा डुबेका छन । के का लागि र कस्का लागि बहस हुदैछ, किन हुदैछ बहस ,संसदको जिम्मेवारी दिएर पठाएका छन जनताले संसदभित्र का कुरा सडकमा ल्याएर प‍ोखेर लोगप्रियता हासिल गर्ने सपना अधुरै रहन्छन अब एजेन्डामा रमझम हैन सकृय भएर काम देखाए आफै लोगप्रिय भईन्छ यो सत्य कुरा हो । गोहिको आँसुले अबको दुनियामा कुनै अर्थ राख्ने वाला छैन स्वाधिनताको लडाई कसरी लड्नु पर्छ भनेर आन्दोलनमा गुमेका हातका औलाले स्वस्तिक छाप लगाउने सँग अर्ति माग्न पुगेपनि कुनै फरक पर्दैन हैन छाप हान्नु अघि सबै बुझर नै आउनु भएको छ खुट्टा र हात कमाउन जरुरि छैन । ६६ अर्ब एन सेलललाई दान छोड्ने ले किन ६५अर्बमा अस्मिता लुटाउने यो पैसाले कर्णालिमा एक पुल लाग्दैन लालसो नगरे हुन्छ । बिकाश धनले मात्र हैन मन पनि चाहिन्छ ।

यहाँ संसद बचाएर सहि नियम र कानुन बनोस् ६५अर्ब के खर्ब एक घन्टामा दान गर्न तयार छन स्वाभिमानी नेपाली अहिले मिडियाको दुनियामा सबैले अबलोकन गर्न सकिन्छ बिदेशमा पसिना बगाएर स्वदेशमा हात गुमाउनेलाई करोडौं सहयो गर्छन । बारिमा पसिना बगाएर मृगौला ,मुटु र कलेजो पिडित लाई बिना सर्त बचाउन तयार छन आज नेपाली यो जाबो ६५करोडका लागि किन यत्रो मरिहत्ते यो किन हुदैछ पद कि प्रतष्ठाका लागि को हो त प्रस्ताबक जनताको मतले पावर फुलवाला वा उतैबाट सामलतुमल गरेर सिध‌ौ संसद छिर्नेवाला यहि आज जनता जान्न चाहान्छन र सडकमा यो कुरा मात्र आउनु पर्छ । यस्को उद्धारमा जनता खटिन तयार छन ।

संसद भित्रको दुई दिहाईमा पनि भुकम्प आएको हो या अनिदो ले च्यापि रहेको छ । कतै चिच्याट देखिन्छ कम्युनिष्ट सरकार अथवा अहिलेको दुईतिहाई सरकार असफल गर्न यो खेल खेलिदैछ यो स्वलोक हो या हरफ हो कुन संग्रह र ग्रन्थ बाट झिकिएको हो हैन भने किन रड्ने काम भैरहेको छ । बिधिले चल्ने संसदमा किन छैन दुई तिहाईको धम्कि दुईतिहाइले अस्इकार गरेर डस्बिनलाई काम दिन किन ढिलाई के दुई तिहाईको धम्कि भोट हाल्ने निमुखा जनता लाई दिनलाइ मात्र हो त ? के हुदैछ मेरो देशमा हिजो को एक मिडियामा गगन थापाले खुलेर बिरोध गर्नुभएको छ यो राष्ट्रघाति छ कुनै हालतमा पास गर्नु हुन्न यहाँ पनि संका छ वहाँ दुईतिहाइ सरकार सफल गर्न कि लोगप्रियता हासिल गर्ने कित स्वाधिनताको लडाइँमा तल्लिन भएर जनता जननिको रक्षामा इमान्दारी ता प्रकट गर्नु भएको हो ।

यो अस्थामा दलाल र सामल बोक्ने हरुलाई एक कुनामा राखेर स्वाधिनताको लडाइँमा पार्टी हैन सच्चा देश भक्त हरु मिलेर अघाडि बढ्नु अहिले को आबस्यकता हो । कित सबै शक्ति र सबै क्षेत्रति हारगुवार सुरु गर्ने हो अब यस्तो पनि त संका पैदा हुन्छ संकटको बेला नेपाली उखान छ छिउ आए पुर्ब हेराई लाग्छ ।तणयस‌ले आध्यात्मक बादलाई बिस्वास गर्नै पर्ने होत यदि यस्लाई बिस्वास गर्नेहो भने हाम्रो धर्म र सस्कृतिको को मुटु पसुपतिमा पुजारी बिदेशि भएर स्वाधिनता माथि न‌ै प्रस्न चिन्न खडा भएको त हैन संका पैदा भएर आउछ धार्मिक भक्त बन्ने हो भने यस्तै कुराले आज खेल्ने ठाउँ पाएको छ ।

थुप्रै मित्रहरुले सामाजिक संजालमा आफ्ना आक्रोस पोखेको देखे यति सम्म कि एम सि सि मुर्दाबाद ! संसदमा आएको प्रस्ताब खारेज गर ! एम सिसि प्रस्ताव धोका हो ! धन्यवाद छ सम्पुर्ण स्वाधिन मन हरुलाई माक्र्सवाद मान्ने हुनाले क्रान्तिकारी वा स्वाभाब देखाउनेलाई भगवान ठान्छु र पुजा गर्छु अस्तु ।