पर्यटनका लागी होटल व्यावसाय


दिपक जैसी

वास्तवमा नेपालको बिकासको लागी एउटा ;सार्थक अभियान होटल ब्यवसायको हुन्छ भन्ने कुरामा हृदयदेखी आत्मासाथ गरी पर्यटनका अर्थतन्त्र निर्माणका आधारहरु धेरै भए पनि मुलत होटल ब्यवसाय मुख्य नै हो जसमा स्वाधिन अर्थतन्त्रमा प्रत्यश्र स्थान होटल ब्याबसायको नै हुन्छ राष्ट्रको अर्थतन्त्रलाई दिगो सवल र सक्षम वनाउनका लागी पनि होटल ब्यावसायको महत्वपुर्ण भुमिका रहन्छ ।

पर्यटन नै नेपालको उन्नतिको मुख्या आधार भएकोले अथिति देव भव को भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यान दिने यातायात पनि पर्यटन क्षेत्रको बिकासको लागी पहिलो पुर्वाधार हो ।
आर्थीक उन्नतिको मुल मार्ग पर्यटन ब्यावसाय नै हो भन्नेमा दुइ मत छैन । देशको प्राकृतिक र साँस्कृतिक सम्पदाको कुशल सम्पादन एवम् ब्यावसायबाट पर्यटनले राज्यको आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याइदिन्छ पर्यटन क्षेत्रमा पर्याप्त लगानि भौतिक पुर्वाधार ब्यावस्थापन पर्यटकिय स्थल संरक्षण र बिकाशका साथ पर्यटन ब्यावसायलाई तुल्याउने माध्यम अपेक्षित शान्ति र सुरक्षा ब्यावस्था र खानपान ब्यावस्थाका साथै पर्यटन लोभ्याउने सक्ने खुबि भएमा आर्थिक अवसरका साथ आर्थिक उन्नति, राष्टि्रय आय, करको बृद्धि बिदेशी मुद्धा आर्जन देखि वेरोजगारी समस्या समधान हुनमा बिषेश भुमिका होटल ब्यावसायको नै हुन्छ ।

कुल ग्राहस्थ उत्पादन पर्यटन ब्यावसाय बाट हुन गई गरिबीको न्युनिकरण हुने कुरालाई आत्मासाथ गरी आजभोलि प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष तथा सुदूरपश्चिम पर्यटन वर्ष र आर्थिक उन्नतिको आधार पर्यटन भनेर प्रदेश सरकारले विगुल फूकि रहेका छन् ।

भन्ने गरिन्छ सन् २०११ र २०१२ कुल ग्राहयस्थ उत्पादन बृद्धिदर नकारात्मक रहेका पाराग्वेको अर्थतन्त्र अहिले पर्यटन कै कारण सकारात्मक हुदै गइरहेको छ । स्थानिय खाना मार्आफत आकर्सित गर्न आयरल्याण्ड, फिलिपिन्स, क्यानडा, जस्ता देशले अहिले विशेष महत्व दिइरहेका छन् भने हाम्रो देश नेपालमा  शुद्ध अर्गानिक गाँउले पाराका नेपाली खाना, थकालि खानालाई   व्याबस्थित गरी पर्यटनलाई लोभ्याउने आथित्य अथवा नयाँ सन्धी अनुरुप सेवा सत्कार गरेमा हामी नेपाली हाम्रो खाना कुनै पनि देशका पर्यटनलाई मन नपर्ने कुरा त हुदै हुदैन अनि हाम्रो देशको खाना र आथित्यलाइ  संसार भर फलैलाइ पर्यटन आगमनमा महत्वपपुर्ण स्थान रहन्छ सो को लागी पर्यटकिय स्थलहरुमा होटल सुरक्षा ब्याबस्था गुणस्तरिय खाना रेस्टुरेन्ट लज रिसोर्ट लगायतका पर्यटकहरुलाई चाहिने सम्पुर्ण कुराको सहजता बनाएमा नेपालमा पर्यटनहरुको घुइचो लाग्छ ।

नेपालको प्राकृतिक सौर्न्दर्यता स्वास्छ हावापानि हराभरा वनजल कलकलाउदा खोलानाला ताल तलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुराँसले मनमोहक तुल्याउने प्राकृतिक र्स्पर्सका लागी पर्यटन नेपालमा आगमन हुन्छन् प्रकृतिसँग रमाउदै गर्दा उनिहरुलाई सुरक्षित वासको र आरामदायी   होटल ब्यावसायी नै आवस्यक पर्छ।

जहाँ आँफुलाइ सुरक्षित भएको महसुस गर्दछन् पर्यटनहरुले।सो कुरालाइ ध्यानमा राखी दुर्गम स्थानमा संचालित हवाइ यातायातलाई  सर्वसूलभ तरीकाले सन्चालन गर्ने ट्रे्कका लागी आउने पर्यटकलाइ सूरक्षित र सुबिधा सम्पन्न ट्रेक रुट बनाइदिने प्याराग्ला्इ्डिङ्ग म्याराथुन स्काई डाइभिङ्ग लाई प्राथमिकतामा राख्ने नेपालको दिर्धकालिन पर्यटन बिकासमा राज्यले विशेष ध्यान दिने प्राकृतिक रुपमा नेपालका पर्यटकियस्थल लाई पहिचाहन गरी पर्वरधन गर्ने कुरामा अग्रसरता देखाउने र पर्यटकहरुलाइ आकर्शित गर्ने विभिन्न उपायहरु अपनाई पर्यटन बिकाशका लागी देशका विभिन्न भागमा आबस्यक तत्वको रुपमा रहेको होटल लज रेस्टुरेन्ट का साथै र्टार्भल एजेन्सी हवाई सडक यातायात खानेपानि बिद्युत तथा सञ्चार बिकाशलाई अलि तिब्र रुपमा अगाडी बर्ढाई पर्यटन ब्यावसायलाई पस्टाउन सकिन्छ ।

मनमोहक दृस्य, ताल तलैया झरना  खोलानाला, कोहिलीको समधुर आवाज, लाली गुराँस, नेपाली डाँफे र मयुर अनि प्राकृतिक सुन्दरता त छदैछ त्यसमा पनि होटल, रिसोट लजका साथै अथिति देव भवले गर्दा पर्यटन ब्यवसायले देशको अर्थतन्त्र मजवुद वनाइ देश बिकासमा महत्वपुर्ण टेवा पुग्दछ । साच्चै नै नेपाल एक नेपाल मात्र नभइ पर्यटनको खानि आर्थिक सम्बृदिको राष्ट्र एकाईसौ सताब्दीको सुचना र सम्वाहको राष्ट्र सस्कृति रितीरिवाज चालचलन भेषभुषा रहनसहन लगायत सम्पुर्ण कृयाकलाप लाइ समेटेर एक देश बाट अर्को देशमा पुर्राई अर्थोपार्जन गर्ने राष्ट्रका रुपमा नेपाल अग्र स्थानमा रहन्थ्यो फलस्वरुप पर्यटनका लागी पाँच ज जल, जल, जनशत्ति,जडिवुडि,जमिन लाई ब्यावस्थित वनाई शसक्त रुपमा अगाडी बढाउन राज्यले विशेष ध्यान दिएमा राष्ट्र पर्यटनमय हुन जान्छ र साच्चै मेरुदण्डका रुपमा पर्यटन ब्यावसाय फस्टाउन्छ ।

त्यसमा पनि पर्यटन पर्वरधनका लागी महत्वपुर्ण स्थान त होटल ब्यावसायीहरुको नै हुन्छ । जसरी एउटा बलियो धर निर्माणका लागी ढुङ्गा पानी र सिमेन्टको महत्वपुर्ण स्थान रहन्छ तेसै गरी पर्यटन बिकाशका लागी आवस्यक पुर्वाधार वाटो र आवास अति महत्वपुर्ण हुन्छ त्यसैले हामिले तय गरेका पर्यटकिय गन्तव्यको पहिचान पछी त्यस स्थान सम्म पुग्ने आबस्यक बाटो र यातायातको साधनको ब्यावस्था पछी आवस्यक हुन्छ पर्यटन ब्यावसायको मुटु होटल हो भने, त्यसमा जिवन दानको ब्यावस्थापन गर्ने पर्यटन व्यावसाय आवस्यक मात्रामा हुन नसकेका कारण कतिपय ठुला कार्यकम्रका लागी आयोजक बन्न नसक्ने अवस्थामा रहेको छ । यस अवस्थालाई मध्यनजर गरी योजनावद्ध रुपमा होटल ब्यावस्थापनको कार्यमा लाग्नु पर्ने कुरामा प्रदेश सरकार लाग्न जरुरी देखिन्छ ।