मिडियामैत्री भएनन् सुर्खेतका जनप्रतिनिधी


kamalकमल न्यौपाने
प्रदेश नं ६ को प्रस्तावित राजधानीका रुपमा रहेको सुर्खेतका जनप्रतिनिधीहरु मिडियामैत्री हुन नसकेको चौतर्फी गुनासो आईरहेको छ । अझै भन्नुपर्दा वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित मेयर देवकुमार सुवेदी पत्रकार नै हुन भने उपमेयर मोहनमाया ढकालपनि मिडिया बुझेकी नेतृ हुन् ।

मिडिया बुझेकै प्रतिनिधी मिडियामैत्री हुन नसक्दा ग्रामिण क्षेत्रमा पहुँचका आधारमा बनाईएको नगरपालिका र यहाँका जनप्रतिनिधीको हालत के होला ? यो सोचनीय बिषय बनेको छ । सुर्खेतकी महिला पत्रकार सविता जीसी यसै बिषयमा आफनो फेसबुकवालमा लेख्छिन दिनमा १० ठाउँमा बधाई र सम्मान थाप्न जान भ्याउने हाम्रा जनप्रतिनिधि मिडियालाई दिन १० मिनेट फुर्सद नहुनी २ कठैँ जनप्रतिनिधी । उनको यो लेखाईबाटै प्रष्ट हुन्छ कि सुर्खेतका जनप्रतिनिधीले मिडियाप्रति देखाउँदै आएको व्यवहार कस्तो छ भनेर ।

पत्रकार सविताको कुरा मात्रै नभई केही दिनअघि एक सञ्चारमाध्यमले अन्र्तवार्ताका लागि वीरेन्द्रनगरका उपमेयर मोहनमाया ढकाललाई प्रश्न समेत पठाएको थियो । तर उपमेयर ढकाल मिडियामैत्री नभएकै कारण आजसम्म उनको आफनै अन्तरवार्ता समेत प्रकाशन हुन सकेको छैन् । यो अर्को उदाहरण हो । सुर्खेतमा यस्ता थुप्रै उदाहरणहरु भेटिएका छन् । भर्खरै निर्वाचित भएका जनप्रतिनिधी नै मिडियामैत्री हुन सक्दैनन् भने यीनीहरुबाट समृद्ध सुर्खेत निर्माणको आशा कसरी गर्न सकिन्छ ।