सिफारिसले धानेको ब्यापार


 – दिपक जैसी

तपाई हामीले कसै कसैको कलेज,स्कुल, मेडिकल, ब्युटिपार्लर पसल र कुनै वडाको सिफारिस गरे वापत के कति पैसा पायौ अनि हामी कुन सुचिमा पर्‍यौ त ?

जसरी कसै कसैको सिफारिसमा आज हजारौ जनताले फेसवुक, ट्युटर, म्यासेन्जर, इमो जस्ता समाजिक सञ्जालहरुमा आइडी खोलेर रमाइलो मज्जा लिइरहेका छन । फलस्वरुप ति लाखौ सिफारिस र प्रयोग गराइबाट जुकर्रवर्ग जस्ता व्यक्ती अरवपति धनाढ्यको सुचिमा पर्न सफल भएका छन् ।

त्यस्तै यदी हाम्रो परिवारका सदस्यहरुले समाजमा भएका सबै खाले वस्तु सेवा सुविधाका वारेमा सिफारिस गरे वापत केहि मुनाफा पाउने भएको भए तपाई हाम्रो पनि केहि हदसम्म प्रगति हुने थियो की ?
तपाईहरुले कसैलाई सकारात्मक सुझाव वा के हुन्छ भन्ने कुरामा जानकारी दिनुहुन्छ, कम्पनि अथवा वैङ्क  राम्रो छ सेवा सुविधाहरु पनि राम्रा छन् भनेर भन्नुहुन्छ वा सिफारिस गर्नुहुन्छ  ।

त्यही नै हो सिफारिस पद्धति र हाम्रो समाजको विषेशता, समाजका हरेक तह र तप्का वर्गलाई समानरुपले अवसर प्रदान गर्ने वस्तु तथा सेवालाई बजारिकरण गरी सिफारिस गर्ने सहभागिता मुलक ब्यावसाय सन्चालन गरि रोजगारिको सिर्जना गर्ने ब्यापार ब्यवसायले हाम्रो जस्तो धनि देशका गरिव जन्ताहरु लाई आर्थिक, सामाजिक पछौटेपन साँस्कृतिक मुल्य र मान्यता यि बिभिन्न कारणले परिवर्तित विश्व अर्थतन्त्रलाई अबलम्वन गरी यस सिफारिस पद्धति अनुरुप ब्यापार ब्यावसाय सन्चालन ल्याएमा नेपाली युवा किसान अल्लारे कुलतमा लागेका नेपालिहरुको जिबनस्तर उस्कन सक्छ । हरेक देशको स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्य त्यहाँका युवामा भर पर्छ ।

नेपालको विधि र विधानमा युवा हुनुपर्छ, नेपालको राजनीतिले बुझनु पर्छ,

युवाको क्षमता, केवल आन्दोलन र चुनावी प्रचारका साधन मात्र होइनन् ।

प्रविधिका खानी, परिवर्तनका सम्वाहक, सुरक्षाका योद्धा, प्रकाशका ज्योति,

यात्राका लागी सडक र कृषिको लागी युवा अनि सिफारिस

पद्धतिका खम्वा युवा नै हुन ।

हाम्रो जिवनमा गरिने हरेक किसिमका सिफारिस जस्तै तपाई हामी सामु अहिले बैङ्क वित्तिय संस्थाहरु दिनानुदिन खुलिरहेका छन् आफ्नो सेवा सुविधाहरु पनि थपिरहेका छन् त्यसै विमा कम्पनिहरु पनि खुलिरहेका छन् । अब भन्नुहोस कुनै बैङ्कमा खाता खोल्नु पर्‍यो कुनै बिमाको विमित वा बिमाकर्ता बन्नुपर्‍यो भने तपाईले आफ्नो नजिकको मन मिल्ने साथी आफन्तहरुलाई सोध्नु हुन्छ कि हुदैन अथवा तपाइले खाता खोल्नु हुन्छ हुदैन अथवा कुनै जिवन बिमा कम्पनिको बिमित वा बिमाकर्ता बन्नु भयो भनेर सोध्नु भयो भने अव तपाई के भन्नुहुन्छ ?

नेपालको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक समस्याको समाधान त्यही युवाबाटहुन्छ भन्ने कुरा नेपाली समाज र देशले बुझ्नुपर्छ, युवालाई चिन्न सक्नुपर्छ अनि विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिनबाट रोक्नु पर्छ ।

नेपालको विधि र विधानमा युवा हुनुपर्छ, नेपालको राजनीतिले बुझनु पर्छ, युवाको क्षमता, केवल आन्दोलन र चुनावी प्रचारका साधन मात्र होइनन् । प्रविधिका खानी, परिवर्तनका सम्वाहक, सुरक्षाका योद्धा, प्रकाशका ज्योति, यात्राका लागी सडक र कृषिको लागी युवा अनि सिफारिस पद्धतिका खम्वा युवा नै हुन ।

मानविय आवस्यकता परिपुर्ति गर्न चाहिने गासवास कपासका लागी मानिसले परिश्रम गरेकै हुन्छ । सिफारिस पनि गरेकै हुन्छ । बस्तु प्रयोग र त्यसबाट सन्तुष्टिको सिफारिसको आधारमा मानबिय सन्जालको अथवा प्रयोगकर्ता बिकास गरी प्राप्त हुने बिभिन्न अवसर, हरेक क्षेत्रमा समान रुपले हरेक समुदाय प्रति नेपालमा होश, जोस, दिमाग, नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएका युवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिक अवस्था र रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका छन् लक्षित गरी उनिहरुको आर्थिक, भौतिक र स्वास्थ्यमा महत्वपुर्ण योगदान पनि दिने पद्धति सिफारिस पद्धति नै हो ।

सिफारिस पद्धति ले अन्तराष्ट्रिय जगतमा अति महत्वपुर्ण गरिमा बोकी समुन्नत राष्ट्र निमार्णमा योगदान पुर्‍याएको छ । सिफारिस पद्धति नै हो आज अमेरिका, वेलायत, जापान, चिन, र इन्डिया सिफारिस पद्धतिका कारण आर्थिक क्षेत्रमा छलाङ्ग मारेर कहाँ पुगे कहाँ । सिफारिसका कारण आज चिनमा बनेको सामान अमेरिका, इन्डिया का साथै जापानमा बनेको सामान नेपाल लगायत अन्य राष्ट्रमा पुगी देशको अर्थतन्त्र पलायन भएको छ ।

आज सामान्य मोवाइल कै कुरा गरौ नेपाली आम जनताका हातमा मोवाइलहरु छन्,यदि यि सबै मोवाइलहरु नेपालमा  नै वनेको भए नेपाली पैसा नेपालमै रही देशको अर्थतन्त्रमा आमुल परिवर्तन भई राष्ट्र समुन्नत, जनता सुखी र देश बिकाशमा टेवा पुग्दथ्यो ।

पद्धतिका कारण आज संसारभरमा उत्पादन भएका बस्तु हरु प्रत्येकका हातहातका साथै घरघरमा छन् भने उक्त बस्तुको पैसा कहाँ गइरहेको होला सजिलै अनुमान लगाउन सकिन्छ।