धोखेबाज



हिलाम्मे परिवेश,झमझम बर्षादको झरी, खेतालाहरु काममा व्यस्थ देखिन्थे। ब्यांडेहरु बिउ काढ्दै थिए अनि हलिहरु जोत्दै,कोहि गोरु कुदाउदै थिए भने रोपारहरु असारे भाकामा धान रोप्दै थिइन।डुमकोट डांडाको त्यो सल्लेरी पाखा बेजोडले बेला–बेलामा सुसाउथ्योगर्दथियो ।
म कहिले कोदालो चलाउथे त कहिले बिउ फाल्थे। बिउ फाल्दै गर्दा झुक्किएर जुनुको अनुहारभरी हिलो छ्यापियो अनि म भने डरले रातोपिरो भए।प्यारालाइसीस बिरामीझै थरथरी कांप्न थाले।कसैले भन्थे,बोलाउने निहुले हिलो छ्यापेको,कोहि भने खित्का छोडी –छोडी हांस्दै थिए। तर उता जुनु भने घोप्टो परेर आफ्नै तालमा रोप्दैथिइ। मैले भने, जुनु तिम्रो कसम,मैले जानी–जानी गल्ती गरेको होइन,उ असाध्यै राम्री थिइ।अनुहारभरी हिलो छ्यापिदा पनि धपकै बलेकि अनि बादलभित्र लुके जस्ती । जुनमा कतै दाग लाग्छकी भन्ने डरले,छुनै चाहिन। छुन नचाहेको पाप लाग्ला भनेर हो।पापी रहेछु क्यारे,रुनु तिमिलाइ भन्दा बढी मलाई पर्यो आज।
कुनै समय थियो,मैले उसको जिन्दगीको ग्यारेन्टी दिन सक्थे।उसले मेरो तर तर आज हामी एक अर्काबाट अलग भएका छौ। कहिले–काही उसले भनेका शब्दहरु मेरो मानसपटलमा गुन्जने गर्छन्। दिपक,बालुवामा लेखेको भेलले बगाउन सक्छ। खरीले लेखेको झरीले पखाल्न सक्छ। तर,शिलामा लेखेको मायाको निशानी जुगजुग रहिरहनेछ। कसैले चाहेर पनि मेटाउन सक्दैन।
एक विद्वानले भनेका थिए, प्रेममा अनौठो शक्ति लुकेको हुन्छ हो,साच्चिकै मलाई पनि त्यहि अनौठो अदृश्य शक्तिले नचाउन सम्म नचायो,रुवाउन सम्म रुवायो। जुनुको अन्तिम चिठी मेरो हातमा पर्यो। दिपक,मलाई नराम्रो नमान्नु ल ।बुवा–आमाले अनेतै मेरो बिहेको कुरा चलाउनु भो। म उहांहरुको कुरा काट्न सक्दिन। तिमी जिन्दगीभर खुसी रहनु,सुखी रहनु।
यो जुनिमा हजुरको हुन सकिन तर अर्को जुनिमा भने हजुरकै हुनेछु र हजुकै लागी जन्मिने छु। जुनुको चिठीमा अरु धेरै कुरा लेखिएका थिए तर मैले पढ्न भ्याएन। भुकम्पले धर्ती कांपेझै चिठी समाएका मेरा हातहरु थरथर काप्न थाले। म अर्धपागल जस्तै चिच्याउन कराउन थाले। तर,मेरो चित्कार सुन्ने मेरो छाया बाहेक अरु कोहि थिएन।
अंखोरामा पानी थियो,पानी पिए।आफुले आफैलाइ सम्हाल्ने प्रयास गर्दै थिए।बुवा–आमा,भाइबहिनी सबैलाई सम्झिए। बुवालार्इ निको छैन भन्ने खबर पाएको थिए।

बेलायती सेनामा भर्ना हुन सुर्खेतबाट गल्ला एरो सेलेक्सन हुदै पोखरा पुगेको थिए।मैले हेक्का राख्ने भएदेखि बुवालाइ अहिलेसम्म बिसन्चो भएको थाहा पाएको थिइन।बुवालार्इ एम्बुलेन्स द्वारा कोहलपुर,कौशल्या मेमोरियल हस्पिटलमा आकस्मिक कक्षमा भर्ना गराए । सबै चेक जांच भयो अनि डाक्टर सौगातले मलाई आफ्नो कार्यकक्षमा बोलाए।बुवालाइ ब्रेन ह्यामरेज भएको जानकारी बताए ।नसा फुटेको छ, अब पहिलाको जस्तो असंभब छ।संसारको कुनै पनि मेडिकल साइन्सले उहालाई बचाउन सक्दैन।

डाक्टर सौगातको कुरा नसुनदै,मेरो हंसले ठाउ छोडिसकेको थियो। आफुलाइ सम्हाल्ने प्रयास गर्दै थिए। मेडिकल साइन्सले उपचार संभब नभएका कतिपय कुराहरू भगवानप्रती बिश्वास,प्रार्थना,आस्थाले पनि निको हुन सक्छ। अलिकति भए पनि डाक्टरको कुराले थप उर्जा मिल्यो मलाई, बुबाको छेउमा आएर टुसुक्क बसे।जीवन र मृत्यु संग लडीबुडी गरेको देख्दा मुटु भक्कानीएर आउथ्यो।आमा,शोक र बुबाको रोगले चिन्तित भै सुकेको दाउरा झै देख्दा हजारबार आंशु पिएर हांसेको थिए म।बुवालाइ चांडै निको होस भनी,सेकेन्ड सेकेन्ड शब्द शब्दमा हजारबार भगवान पुकार्थे।भगवानको नाम जप्थे।आमालाई भन्थे,बुवालाइ सुनाउथे।डाक्टरले चांडै सन्चो हुनुहुन्छ भनेर भनेर भन्नु भएको छ।मेरो कुरा सुन्दा आमाको अनुहार उज्यालो भए पनि हृदयभित्र लुकेको पिडा सजिलै बुझ्न सकिन्थ्यो।
जीवन र मृत्यु संग लड्दालड्दै आखिर बुवाले हार्नु भो,मृत्युले जितेरै छोडयो।कार्तिक २३ गते बिहानीको मिर्मिरे संगै ५ बजे ६२र६३ बर्षको उमेरमा,सदाको लागी संसार छोडनु भो।अस्पताल परिसरमा आफन्तको भिडभाड,रुवाबासी चल्यो।आमा बेहोस भएर अर्धपागलझै आफै के के बोल्दै हुनुहुन्थ्यो।मैले पनि होस गुमाएछु।डाको छोडेर क्वां(क्वां गरि रुए।सायद जीवनमा यसरी रुयको पहिलोपटक थियो।पिडा के होरुदुख के होरुभोगेपछी मात्र थाहा हुदोरहेछ।देखेको पिडा र भोगेको पीडामा आंकास र धर्ती भन्दा धेरै फरक।
आमाको चोखो माया,बुबाको सत्कर्म मलाई राम्रोसँग थाहा थियो।सानो छदा बुवाले कपाल सुमसुम्याउदै म्वाइ खाइ,काखिमा च्यापेर माया गरेको,कांधमा राखेर डुलाएको।मिठो चिज आफुले खानु भन्दा पहिला मलाई खुवाइदिनु हुन्थ्यो।मैले सिंगान,र्याल छोडेको तेहि चिज बुवाले खानुहुन्थ्यो।सायद यहि होला छोराछोरी प्रती बुवा आमाको अपार माया।तेसैले मेरा लागी जन्म दिने बुवा(आमा,भगवान हुन।म सधै भगवानको रूपमा पुज्ने गर्छु।आफुले आफैलाइ सम्हाल्दै थिए मैले।डेथ बोडीको रिपोर्ट तयार भयो। मेरो घर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१०,मा नलिइ,म जन्मेको पुर्ख्यौली घर भेरीगंगा नगरपालिका वडा नं ७ मा लिए।
आफन्तजन,इस्टमित्र,गाउघर सबै जम्मा भैसकेका रहेछन् घरमा।मान्छेको भिडभाड थियो।जब एम्बुलेन्स घरको आगनमा गएर रोकियो। एकोहोरो शंख बजिरहेको आवाजले मन एकतमासको भो।भित्तामा ठोक्किएर भुइमा लड्न पुगेछु।सम्हाल्न खोज्दै थिए कोही मलाई।शुभचिन्तक,साथिभाइ,इस्टमित्र,गाउघर सबैले दुःख प्रकट गर्दैथिए।मेरो घरको आंगनमा मलामिको लर्को लाग्दा,उसको घरको आंगनमा जन्तीको तांती थियो।भन्ने गर्थे,बिहेको जन्ती,मर्दाको मलामी।उसको घरमा खुसीयाली छाएको छ।हाम्रो घरमा बुबाको शोक र दुखमा आंशु बगिरहेको छ।

भेरी नदिको पबित्र घाटमा बुवाको शबलाइ चित्तामा राखियो।बुबाको अन्तिम श्रद्धाञ्जली दिदिदैछु।दागबत्ती दिनु अगाडि मैले हजारबार सोचे।हुर्काइ,बढाइ,पढाइलेखाइ गरी अशल मान्छे बनाउनु भो।मेरो उन्नति प्रगति र सफलताको पछाडी बुबाको कुनै कसर बाकी रहेन।जसले जीवनमा सधै अनुशासन र सत्कर्मको बाटोमा हिंड्नुपर्छ भनेर पाठ सिकाउनु भयो।सुन्दर संसार देखाउनु भो।तिनै हातहरुले कपाल सुमसुम्याएको,काखी च्यापेर माया गरेको,ति सबै कुरा झलझली आंखा वरिपरि सम्झना आइरह्यो।दागबत्ती दिन खोजे हातहरु डगमगाए।थरथरी कांपे।धर्ती भासिएझै लाग्यो।मैले दागबत्ती नदिइ सुखै थिएन र दिए।एकैछिन पछि धुंवाको मुस्लो आंकासतिर मडारियो।बुवाको सग्लो शरीर क्षेणभरमै खरानीमा परिणत भयो।रफ्तारमा बगेको भेरीनदिको पानीले बिस्तारै बिस्तारै सबै चिज बगाउदै थियो।
तेह्र दिनको काजकिरिया बाट उम्किए।बुबाको नभएर जुनुको काजकिरिया बाट उम्के जस्तो लाग्दैथियो।पैतालिस दिन बारकी बार्नु पर्ने।पाउदेखी सिर सम्म सेतै बस्त्र।तैपनि पापी मनले मानेन।मनमिल्ने एउटी बहिनी थिइ मंजु,जात एकछिन जुनुलाइ भेटेत आइज भनी पठाए।दिपक राम्रो,म नराम्रो,उहा पढेको,म अनपढ गाउले केटी।यि यस्तै यस्तै भन्दै अंगालोमा बरीबेरी आंशु झारीरे।तेरो र मेरो जिन्दगी रुपले चल्ने भए किन मनमुटु साटेकितरुतेरो र मेरो जिन्दगी पढाइको खोस्टोले चल्ने भए पहिल्यै अनपढ गाउलेकेटी किन नभनेकितरुयि यस्तै भन्दै चिच्याउदै गाली गर्न मन लाग्यो।कसैले भन्थे जुनु धोकेबाज हो।कसैले मलाई नै दोष लाउथे।जे भो भैगो।पिडा मेरै मनमा छ जुनु।जिन्दगीमा सबैभन्दा बढी माया उसैको लाग्दोरहेछ।जो आफ्ना लागी बनेकै हुदैन।आखिर मेरो जीवनमा पनि यस्तै भयो।जसलाइ मैले पाउन सकिन।जुनु शिल स्वभावकि एउटी पबित्र नारी हो।मलाई धोका दिए पनि तिमिलाइ पाउने त्यो भाग्यमानीलाइ जीवनको अन्तिम घडीसम्म पनि साथ दिइरहनु। सलाम छ,त्यो भाग्यमानीलाइ,,,अलबिदा।
यो लेख कसैको जीवन संबन्धी मेल खान गएमा,मात्र संयोग हुनेछ।
लेखक
डि.बी.प्रकृति बुढा