
१६ असाेज, सुर्खेत । काेराेना भाइरस काेभिड १९ को संक्रमण आज देशभर २ हजार ७ सय २२ जनामा पुष्टी भएको छ ।
यो संख्या अहिले सम्मकै सबै भन्दा धेरै पुष्टी भएको संख्या हो । यो संगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । जसमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
Prawash Kumar Shakya । १६ आश्विन २०७७, शुक्रबार १६:४६ बजे