मानव वेचविखनको सुक्ष्म अध्ययन गर्दै किनारा लगाउनुपर्नेः उपप्रमुख ढकाल


७ बैशाख, सुर्खेत । लालिगुराँस युवा क्लब सुर्खेतको आयोजनामा मानव बेचबिखन विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले मानव बेचबिखन, लैंगिक हिंसाका बारेमा विभिन्न समस्याहरु बढ्दै गएको र मानव बेचबिखन धेरै प्रकारको हुने भएकाले यसलाई सुक्ष्म अध्ययन गर्दै समस्याको किनारा लगाउनुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले जटिल खालका मानव बेचबिखन जस्तो समस्या पनि गाउँ शहरमा विभिन्न प्रलोभनमा बढ्दै गहिरहेको र यसलाई न्यूनीकरण गर्न विभिन्न युवा क्लब मानवअधिकार संघसंस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो।

अन्तरक्रिया कार्यक्रममा मोटिभेस्नल स्पिकर शक्ति समुह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारको जीवन भोगाईका साथ सुर्खेतमै पहिलोपटक silent Drama अन्तर Stop Human trafficking सम्बन्धि नाटक प्रस्तुत भएको थियो ।

जनचेतनामूलक नाटकको लेखन घनश्याम रानाको गर्नुभएको थियो । क्लबका अध्यक्ष पार्बती थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन क्लबका सदस्य रक्षा खडकाले गर्नुभएको थियो ।