सरकारलाई झक्झक्याउँदै यूवा समूह (फोटोफिचर)


१० भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अहिले विभिन्न यूवाहरुको समूहले सरकारलाई विभिन्न कामहरु गरेर झक्झक्याएको छ ।

कैंची ग्याङ्ग नेपालले केही दिन अगाडी सुर्खेत दैलेख सडक खण्डको कपासे देखि सिद्धपाइला सम्म सवारी तथा यात्रुहरुकालागि जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा ट्राफिक संकेतका बोर्डहरु राखेको थियो । यही समूहले फेरी २ दिन लगाएर कपासे देखि कट्कुवा सम्म ट्राफिक संकेत बोर्ड र दुरी संकेत गर्ने सिमेण्ट पिलरहरुको रंगरोगन गरि लेख्ने र बोर्डहरु मर्मत गरेको छ ।

समूहले बोर्डहरुको स्ट्ण्ड मात्र रहेको ठाँउमा नयाँ संकेत बोर्ड र दुरी संकेत पिलरलाई रंगरोगन गरि लेखेर नयाँ रुप दिएको समूहका एडमिन नितेश विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस कार्यमा हामीलाई सहकार्य गरेर साथ दिने जिल्ला ट्राफिक कार्यालयलाई धन्यवाद ।”

स्मरण रहोस केहीदिन अगाडी यूवाहरुको अर्को समूह 993 Racing Team ले वीरेन्द्रनगरको धुलियाविट देखि बाङ्गेसिमल र वीरेन्द्र चोकमा पनि ट्राफिक संकेतका बोर्डहरु राखेको थियो । नागरिक अगुवाहरु भन्नुहुन्छ “यूवाहरुको यो कामले सरकारले गर्नुपर्ने काम सरकारले नै वेला मै गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।”