क्रम भङ्ग भएको भन्दै प्रध्यापकहरुद्वारा कक्षा बहिस्कार


फोटोः गुगलबाट
अशोककुमार सिंह
१२ भाद्र,सुर्खेत

प्राय जसो पढ्न पाइएन, शैक्षिक सामग्रीको अभाव भयो, बिद्यार्थीको सेवा सुबिधा भएन, भनेर क्याम्पस प्रशासन, विश्व विद्यालय तलाबन्दी अादी देख्न पाइन्थ्यो तर स्वयं प्राध्यापक हरु नै अान्दोलीत भएपछि के हुन्छ देशको हालत त्यो पनी देशको एकमात्र पुरानो विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयमा ।

उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा. डा. तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।बरिष्ठ प्राध्यापकहरु प्रा.डा. सूर्यरत्न गुभाजु,प्रा. डा.रञ्जना गुप्ता,प्रा. डा.रमेश कुमार श्रेष्ठ,प्रा. डा.कुमार सापकोटा तथा प्रा. डा. नन्द बहादुर सिंह हुदाहुदै कनिषठलाइ प्रमुख बनाइकोभनी प्राध्यापकहरु अान्दोलित भइ  यही भदौ ८गतेदेखि वरिष्ठ प्राध्यापकहरुले कक्षा बहिस्कार गरेका हुन ।

जस्ले देशमा भएका अन्य कनिष्ठ विश्व विद्यालयलाइ अनुशासन र सिस्टम सिकाउनु पर्ने विश्व विद्यालयले आफै अनियमितता र शंकाको घेरामा बाधिनु कदापी राम्रो हैन । कुनैपनी पद र हैशियतका कुरा गर्दा त्यहाँ को लगानी र शैक्षिक योज्ञताको पक्कै पनी मुल्याङ्कन हुने सबै देशको अनुभव छ ।

यसै त्रिभुवन विश्व विद्यालयमा पनि बिगत ५३ बर्य यताकै नयाँ नियम लागु गरियो जुन जो कोहीलाइ पाच्य हुदैन भने त्यहाँ मेहेनत गरेर पसिना बगाइरहेका प्राध्यापकहरुलाई कसरी पच्थ्योर त्यो कुरा  । एउटा सानो तिन पाङ्ग्रे सवारी साधनमा त जेष्ठताको कदर गरी जेष्ठ नागरीक सिट छुट्याइएको हुन्छ भने देशकै ठुलो शैक्षिक संस्था बिद्वानहरु उत्पादन गर्ने जिम्मा लिएको त्रिभुवन विश्व विद्यालयमा लाइ नेपालको कानुनले छुन सकेन छ सायद त्यहा कानुन बिषयको पढाइ नभइ प्राणी शास्त्र मात्र पढाइहुने भएकाले होला ।

देशमा सबैभन्दा बढी नैतिकताको पाठ पढाउने दक्ष जनशक्ती उत्पादन गर्ने थलो अनैतिक व्यवहार गर्ने ,सुरक्षाको जिम्मा लिएका ठेकेदारहरु ले नै वालीकालाई  बलातकार गरी हत्याको आरोपमा आरोपित हुनु । देश बनाउन हिडेका राजनेताहरु बिवादमा मुछिनु ।देशको स्वार्थ भन्दा ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्नुले पनी यो देशमा बिधिको शासनको खाँचो छ,यो खाँचोलाइ टार्नका लागी सिधा साधा नेपाली जनताहरुले बेलैमा सचेत हुनु जरुरी देखिन्छ हामी सँग भएको स्वाभिमान बेच्नु हुदैन र बेच्न दिनु पनी हुदैन यीनलाइ सचेत गराइराख्नु पर्नेबेला आएको छ । नत्र भने देश डुवाउछन यिन्ले ।