आहुतीले एकपटक भनेका थिए,‘आमाहरू उत्पीडित हुँदैन थिए भने उनीहरू महान हुँदैन थिए । एउटा उदाहरण छ, बच्चाको निम्ति आमा सबभन्दा प्यारो किन हुन्छ भने ऊ बिरामी हुँदा बाबु सुतिरहन्छ र आमा रातभरि उठिरहेकी हुन्छिन् । त्यो बच्चाले आफ्नी आमाले आफूप्रति गरेको व्यवहार देख्छ,त्यसकारण उसलाई आफ्नो आमा आदर्श र महान लाग्छ । तर त्यो आमा रातभरि उठ्नुको कारण श्रीमानले नसघाएर हो । यसलाई आमामाथि उत्पीडन भएको भन्दा हुन्छ । त्यसकारण परम्परागत महान आमाहरूको अन्त्य हुनुपर्छ । महिलाहरू स्वतन्त्र भए उनीहरू महान नभएर सामान्य हुन्छन् । मान्छे त सामान्य हुनुपर्यो नि ।’
वास्तवमा महिला मुक्ति चाहने हो भने आज्ञाकारी रूपमा अत्याचार सहन बन्द गर्नैपर्छ । महिलामाथि भएका एस्ता ऐतिहासिक गल्तीहरूको सही विश्लेषण गरेर मात्र शिक्षा प्रवाह गरिनुपर्छ । नत्र गलत आदर्शको पछि लागेर मानिसले तराईका भौजीहरूले जस्तो गलत शिक्षा लिन्छन् र आफ्ना सन्ततिलाई पनि त्यही सिकाउँछन् । कान्तिपुरबाट
Milan Shrestha । ३ माघ २०७५, बिहीबार १०:२६ बजे