स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार वारे


जनप्रतिनिधि त्यस्तो व्यक्तिलाई भनिन्छ जसलाई अाफ्नो कार्य क्षेत्रभित्र रहेका प्रत्यक घरधुरीका जनताको स्थितिबारे जानकारी हुन्छ।जानकारी मात्रै नभएर ती जनताका अावश्यकता परिपुर्ति गर्न सक्ने क्षमता समेत जनप्रतिनिधि सँग हुने गर्दछ।निर्वाचन भन्दा पहिले र निर्वाचन अवधिमा गरेर धेरै पटक अाफ्नो अाँगनमा पुगेको ब्यक्ति त्यसमापनि उसको सम्पूर्ण चालचलन बुझेर नै जनताले उसलाई विजय गराएका हुन्छन।यसरी निर्वाचन प्रक्रियामा निर्वाचित हुने जनप्रतिनिधि मध्यपनि कतिपय गलत व्यक्ति समेत चुनिएको र निर्वाचन पश्चात् जनतासँगको सम्बन्ध नङ मासुको झैं कायम राख्न नसकेको पनि देख्न पाइन्छ।चुनावी समयमा विभिन्न प्रलोभनमा परेर गलत व्यक्ति रोज्न पुग्ने जनता र राजनीतिक दलको कमजोरीका कारण समाज र नागरिक प्रति जवाफदेही नहुने व्यक्तिले निर्वाचन परिणाम अाफ्नो हातमा पारेको स्थिति पनि यदाकदा उदाहरणका रुपमा अाएका छन।समाजमा रहेका गलत व्यक्तिको साथ समर्थन पाएर त्यस्ता गलत नियतवाला जनप्रतिनिधि ले गलत दिशामा हिड्न सक्ने प्रसय पाइरहेका हुन्छन।कतिपय अाफुमा न्यून क्षमता भएका जनप्रतिनिधिको कारण पनि पर्दा पछाडीबाट गलत व्यक्तिहरुले स्थानीय लिएका छन।यसरी अाम रुपमा              चित्रसिंह गाँउले        लोकतन्त्र र जनप्रतिनिधिका साथै दलीय व्यवस्था को नै बदनाम हुनेगरी कमजोरी हुन दिने विषयलाई निमिट्यान्न पार्न अब ढिलाइ हुनु हुँदैन।
    जनप्रतिनिधि सही ढंगले सञ्चालन भैदिने हो भने मुलुकको शाषण व्यवस्थामा एकाएक परिवर्तन र सुधार अाउने छ।यसका लागि सर्वप्रथम जनप्रतिनिधिले अाफु कुन अोहदामा छु र अाफ्ना कर्तव्य तथा जिम्मेवारी के हुन भन्ने स्पष्ट बुझ्न जरुरी छ।अधिकार र कर्तव्यवारे अाफुलाइ बोध भएपश्चात अाफु अाफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्नपनि उत्तिकै खाँचो छ।कतिपयले सबै अधिकार हामीसितै छ भन्ने बुझेर अाफ्नो कार्यकाल जस्तो मन लाग्छ त्यस्तै तरिकाले जथाभावी पनि सञ्चालन गर्न खोजेको देखिन्छ।कतिपय नियम कानुनको विषयमा जानकार नै नभएको पनि हामीले देखेका छौ।खासगरी हालका जनप्रतिनिधिले अाफ्नो जिम्मेवारी भनेको राज्यकोषबाट अाउने अनुदान रकमलाई बाँडफाँड गर्ने र सक्ने काम नै अाफ्नो मुख्य जिम्मेवारी हो भन्ने बुझेका छन।कतिपय रातो कलम भिरेर हिड्न पाउनु,महत्त्वपूर्ण सिफारिसमा हस्ताक्षर ठोक्नु र राज्य सुविधाका गाडीमोटर मा डुल्न पाउनु नै अाफ्नो कार्यकालभरीको जिम्मेवारी र कर्तव्य हो भन्ने बुझेका छन।
   समग्रमा सबै जनप्रतिनिधि एउटै ढंगका अवश्यपनि छैनन।कतिपयलाई जनप्रतिनिधिको रुपमा पाएको महत्त्वपूर्ण जिम्मेवारी लाई व्यवास्ता गरेर अँझैपनि पार्टी र पार्टीका जनसंगठप्रतिको चासो बढी पाइन्छ।यसैगरी स्थानीय सत्ता र संघ संस्था वा अन्य निकायका भ्रमण र गोष्ठीमा समय व्यतित गर्दै अाफ्नो जिम्मेवारीप्रति उदासिन भएका जनप्रतिनिधिपनि छन।केही विरलै जनप्रतिनिधिले भने अाफ्नो कार्यकाल जनप्रतिनिधिले निर्वाह गर्नपर्ने भूमिकामा केन्द्रीकृत गरेका छन।देशव्यापी रुपमा हेर्दा यस्ता जनप्रतिनिधिको संख्या एकदमै कम छ।अाफुले बिनियोजन गरेको वजेटमाथिको पूर्ण निगरानी गर्ने,स्थानीय तहका अावश्यकता र क्षमताको अाधारमा नीति नियम बनाउने र स्थानीय तहका व्यापक क्षेत्रमा सकरात्मक परिवर्तनको प्रत्याभूति दिलाएर अघि बढ्ने जनप्रतिनिधिले छोटै अवधिमा पनि जनता र समाजमा राम्रो छाप छोड्न पुगेका छन।उनीहरुमा निर्वाचन समयमा भएको राजनीतिक पुर्वाग्रह पनि हटेर गएको छ।निर्वाचनका समयमा जुन दल र जुन चिन्ह भएतापनि विजयपश्चात अाफु अाफ्नो कार्य क्षेत्रमा रहेका अाम जनताको साझा व्यक्ति भएको केही मात्रै जनप्रतिनिधिले बुझेका छन।उनीहरुबाट जनताले सिंहदरबार साँच्चै अाफ्नै घरमा अाएको महसुस गरेका छन।सिंहदरबार वरु बदनामित भएको थियो तर कतिपय जनप्रतिनिधिले गाउँका सिंहदरबार बद्नामित हुन दिएका छैनन।
   चुनाव जितिसके पश्चात् पनि उपभोक्ता समिति र कर्मचारीबाट हप्ता उठाउने,योजनाको बजेटमा गिद्धे नजर लगाउने, फोन गर्दा रिसिफ नगर्ने,बाटोमा भेटिदा नमस्ते समेत नफर्काइ टाउको बटारेर हिड्ने प्रबृत्तिनै जनप्रतिनिधिमा हुने सबै भन्दा गलत र हुनै नमिल्ने विषय हुन।भारतीय एकजना पूर्व प्रधानमन्त्री लाई जनताहरु अाफ्नो समस्या लिएर भेट्न जादा उहाँ एउटा दियो बालेर लेखिरहनु भएको हुँदो रहेछ।त्यसपछि जनतासित फर्केर कुरा गर्दा उहाँ अर्को दियो बाल्नु हुँदो रहेछ।हामीशीत कुरा गर्दा तपाईंले एउटा दियो निभाएर अर्को किन बाल्नु भयो भनी सोध्दा उहाँले सरकारी काममा लागेर योजनाको पुस्तक लेखिरहदा सरकारी तेल प्रयोग भएको बत्ती बालेको र तपाईंहरुसँग व्यक्तिगत कुरामा लाग्दा घरको नीजि तेलको बत्ती बालेको भन्नू भएछ।राज्यको सेवा र सुविधाको प्रयोगमा जनप्रतिनिधि यसरी नै जवाफदेही हुन अावश्यक छ। अाफ्नो कार्यक्षेत्रमा रहेका समस्याहरु के हुन भन्ने विषय जानकारी नै नराख्ने, बजेट बिनियोजन गर्दा अावश्यकताको अाधारमा नभइ पँहुचको अाधारमा मनपरि रुपमा वितरण गर्ने र प्रभावकारी कार्यान्वयन नगर्ने जनप्रतिनिधिका कमजोरी हुन।यस्ता प्रकारका हरेक कमजोरीबाट टाढा रहदै अघि बढ्न कठिन छ।मौका भनेको यही हो फेरि नअाउन सक्छ भनेर जे गर्ने हो यतिखेरै गर्दा हुन्छ भन्ने सोचको अन्त्य गरिन अावश्यक छ।जनप्रतिनिधि हुनु भन्दा अघिको र पछिको अार्थिक तथा शारीरिक स्थितिमा एकाएक उथलपुथलका रुपमा परिवर्तन पनि सबैभन्दा ठुलो अर्को कमजोरी हो।यसैले जनप्रतिनिधिले बहन गर्न पर्ने जिम्मेवारी र कर्तव्यसँग केन्दृत हुँदै संक्षेपमा यो लेख तयार गरिएको हो।जनप्रतिनिधिले केहीपनि बुझेकै छैनन र बुझाउन निकै अावश्यक छ भन्ने ठानेरपनि यो लेख लेखिएको अवश्य हैन।अध्यक्ष,उपाध्यक्ष,प्रमुख,उप प्रमुख र कार्यकारीका सन्दर्भमा थुप्रै तालिम तथा गोष्ठी भएका छन।यधपी वडाध्यक्ष,सदस्य समेतलाई स्थानीय तह वा अन्य निकाय कसैलेपनि क्षमता विकासमा जोड दिएको खासै देखिदैन।स्थानीय तहको कार्यबोझ र जिम्मेवारीको तुलनामा निर्वाचित भएका जनप्रतिनिधिको क्षमता नाजुक छ।त्यसमाथि पनि दलित, महिला र अल्पसंख्यक समावेशीताको प्रारम्भिक अभ्यासको कारण झन कमजोर क्षमताका व्यक्ति जनप्रतिनिधि भएका छन।यश अवस्थामा जनप्रतिनिधिहरुमा अाफ्नो पदीय जिम्मेवारी अनुसार निम्न अधिकारहरु रहेको र त्यसै अनुसार जिम्मेवारी बहन गर्दा उपयुक्त हुने मैले देखेको छु।
         गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुखका  काम, कर्तव्य र अधिकार
सभा र कार्यपालिकाको वैठक बोलाउने र अध्यक्षता गर्ने।
सभा र कार्यपालिकाको वैठकको कार्यसूची पेस गर्ने गराउने।
गाउँपालिका वा नगरपालिकाको अावधिक वा वार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेस गर्ने।
कार्यपालिकाको निर्णयबाट सभाको अधिवेशन अाह्वान तथा समापनको घोषणा गर्ने।
उपाध्यक्ष-उपप्रमुख वा सदस्यहरुलाई गाउँपालिका र नगरपालिकाको कार्यविभाजन नियमावली अनुरुपको विषयगत कार्यजिम्मेवारी बाँडफाँड गर्ने।
सभा तथा कार्यपालिकाको निर्णयहरु कार्यान्वयन गराउने तथा अनुगमन मूल्यांकन र समीक्षा गर्ने।
कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने।
उपाध्यक्ष,उपप्रमुख वा सदस्यहरुलाइ विज्ञता र क्षमताको अाधारमा कामकाजमा परिचालन गर्ने।
गाउँपालिका वा नगरपालिकाको चल-अचल सम्पत्तिको हेरचाह गर्ने।
कार्यपालिका भित्रको विकास कार्यको अनुगमन गर्ने र प्रभावकारी बनाउने।
गाउँपालिका तथा नगरपालिकाको भूउपयोग नीति गुरुयोजना वा कानुनले तोकेबमोजिम पूर्व स्वीकृति नलिई कुनै व्यक्ति, संघ संस्था, कम्पनीले जग्गा प्लटिङ वा प्लानिङ गरेको पाइएमा नियन्त्रण गर्ने।
प्रचलित कानुन बमोजिमका प्रमाणित वा सिफारिस गर्ने।
गाउँपालिका वा नगरपालिकामा विषयगत विभाग, महाशाखा र शाखाको रेखदेख र नियन्त्रण गर्ने।
गाउँपालिका वा नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमको गुणस्तरीयता कायम गर्ने।
अन्य स्थानीय तह, प्रदेश एवं संघीय तह सँग समन्वय गर्ने।
गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र अापूर्ति हुने वस्तु वा सेवाको सहज अापूर्ति भए नभएको  यकिन गरि अापूर्ति व्यवस्था मिलाउने र नियमित बजार अनुगमन गराउने।
गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने कार्यको स्थान विशेषका अाधारमा लागत कायम हुनेगरी निर्माण सामाग्री तथा ज्यालाको दररेट निर्धारण गर्ने।
गाउँपालिका वा नगरपालिका क्षेत्रभित्रको अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने।
सरकारी वा सार्वजनिक ऐलानी जमिनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने।
राजनीतिक दल, नागरिक समाज, पेसागत संघ-संस्था र निजी क्षेत्र विच अापसी समन्वय, सद्भाव र सामनजस्यता कायम गर्ने।
स्थानीय तहको सभा र कार्यपालिकाबाट भएका निर्णयहरु सार्वजनिक गर्ने गराउने।
स्थानीय तहमा देखिने साँस्कृतिक तथा अार्थिक, सामाजिक कुरीति जस्ता कार्य नियन्त्रण गर्ने।
गाउँपालिका तथा नगरपालिकाको अाफ्नो अान्तरिक अायस्रोत बढाउने कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने।
गाउँपालिका तथा नगरपालिका तहमा सुशासन कायम गर्न सदाचार सम्बन्धि नीति तर्जुमा गरि कार्यान्वयन गर्ने।
गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतसाधनको दीगो संरक्षण र उपयोग गर्ने।
मासिक तथा चौमासिक प्रगति सार्वजनिक गर्ने तथा वर्षभरिमा सम्पादन गरिएका काम कारवाही वारे वार्षिक प्रतिवेदन प्रकाशन गरि सार्वजनिक गर्ने।
अध्यक्ष-प्रमुखले तीनदिन भन्दा बढी समयका लागि अाफ्नो गाउँपालिका वा नगरपालिका क्षेत्र छाडी बाहिर जानू पर्दा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यभार सुम्पी जानू पर्ने।
सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने।
     उपाध्यक्ष र उपप्रमुखका काम, कर्तव्य र अधिकार
सभा तथा कार्यपालिका वैठक सञ्चालनका लागि कार्यसूची तथा बजेट तयार गर्न अध्यक्ष-प्रमुखलाई विशेष सहयोग गर्ने।
न्यायिक समितिको संयोजकका रुपमा स्थानीय तहमा शान्ति सुरक्षा तथा सामाजिक न्याको पक्षमा नीति नियम बनाइ कार्यान्वयन गर्ने।
अध्यक्ष-प्रमुखको अनुपस्थितमा अध्यक्ष र प्रमुखबाट गरिने जिम्मेवारी बहन गर्ने।
गाउँ तथा नगर पालिकाको अान्तरिक राजस्व सङ्कलनको नेतृत्व गरि अान्तरिक स्रोत बढाउने।
अध्यक्ष र प्रमुखसँगको परामर्शमा विकास योजनाको साथसाथै नीतिगत निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा सक्रिय रहने।
सभा र कार्यपालिका तथा अध्यक्ष-प्रमुखले तोकेका अन्य कार्य गर्ने।
    वडा अध्यक्ष को काम, कर्तव्य र अधिकार 
वडा सभा तथा वडा कार्यपालिका वैठकको अध्यक्षता गर्ने।
वडा को विकासका लागि बजेट तयार गरि वडा कार्यपालिका र वडासभाबाट पारित गरि गाउँ तथा नगरसभामा पेस गर्ने।
प्रचलित कानुन बमोजिमका सिफारिस तथा प्रमाणित गर्ने।
वडापालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी विकास योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने।
वडापालिकाले गरेका कार्यको मासिक, चौमासिक र वार्षिक प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने।
वडापालिका भित्रको प्राकृतिक स्रोत साधनको संरक्षण तथा सदुपयोग गर्ने।
वडा सदस्यहरु लाई क्षमता हेरेर जिम्मेवारी बाँडफाँड गर्ने।
गाउँ तथा नगरसभामा अाफ्नो नियमित उपस्थिति मार्फत सशक्त भूमिका निर्वाह गरि अाफ्नो वडा र गाउँ तथा नगरपालिकाको विकास र समृद्धिमा विशेष दायित्व पूरा गर्ने।
वडा स्तरमा भएका विभिन्न खाले बिवाद तथा झैझगडा को न्यायोचित समाधान गर्ने।
वडा स्तरका राजनीतिक दल, नागरिक समाज, संघ संस्था, निजी क्षेत्रको विचमा समन्वय बढाउने।
अन्य वडा, गाउँ तथा नगरपालिका र प्रदेश एवं संघीय तह सम्मको समन्वय र सिफारिस मार्फत वडामा बृहत्तर योजना सञ्चालनमा जोड दिने।
गाउँ तथा नगरपालिकाले सञ्चालन गरेका विकास योजना एवं नीतिगत कार्यक्रम सम्बन्धमा गाउँ तथा नगरसभामा अाफ्नो स्पष्ट दृष्टिकोण पेस गर्ने।
              कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार 
अाफु निर्वाचित भएको वडापालिका तथा वडा सभा वैठकमा नियमित उपस्थिति जनाउने।
गाउँ तथा नगरपालिकाको विकास र समृद्धिका लागि अाफुलाइ लागेको दृष्टिकोण कार्यपालिकामा पेस गर्ने।
सभा तथा कार्यपालिका को निर्णय कार्यान्वयन भए नभएको हेक्का राख्ने।
वडाध्यक्ष,उपाध्यक्ष-उपप्रमुख तथा अध्यक्ष-प्रमुख सँग समन्वय र सहकार्यमा काम गर्ने।
सभा तथा कार्यपालिकाले तोकेका अन्य कार्यहरु गर्ने।
गाउँ नगरपालिका तथा वडापालिकाको दैनिक प्रशासनिक तथा अन्य कामकारबाही वारे चासो राख्ने र अाफुलाई लागेको राय वैठकमा पेस गर्ने।
गाउँ तथा नगरसभाको प्रचलित नीति नियम को परिधिभित्र रहने।
            वडा सदस्यको काम, कर्तव्य र अधिकार 
अाफु निर्वाचित वडाको वडा सभा र वडापालिकाको वैठकमा नियमित उपस्थित हुने र सही निर्णय गराउन अग्रसर रहने।
वडा अध्यक्ष सँगको परामर्शमा वडाको विकास निर्माणका योजनाको  साथै नीतिगत निर्णय कार्यान्वयनमा तत्परता देखाउने।
गाउँ तथा नगरसभा मार्फत अाफ्नो सम्बन्धित वडाको हितमा अावाज उठाउने।
वडासभा तथा गाउँ-नगरसभाका निर्णय जनस्तरमा जानकारी गराउने।
वडापालिका वा वडासभाले तोके सुम्पेका अन्य कार्य गर्ने।