चेसः बुरूक बुरूक उफ्रिंदैछन् घाेडाहरू छिटाेछिटाे ठेलिंदैछन् प्यादाहरू


-भरत दाहाल
माधव नेपाल र झलनाथकाे ग्याङले केपी अाेली ग्याङकाे कार्यशैलिका विरूद्धमा देशव्यापि रूपमा बहस छेड्ने रे। कारण दिर्इएकाे छ – पार्टी र सरकार एकलाैटी चलाउँदा अाफ्ना ३ सय जतिलार्इ बेराेजगार बनार्इदिएकाे। याे देशव्यापी ‘बहस’ केपीले हेरिरहने कुराकाे अनुमान त झनै संभानाभन्दा धेरै बाहिर छ।
पुष्पकमलका हातमा राष्ट्रिय सरकारकाे देशव्यापि बहस छेड्ने जिम्मा छ। उनी रञ्जीत रे ले अाफूलार्इ सरकारकाे नेतृत्व लिन ३ महिना अगाडि दिएकाे सुभाषिष फलिफाप बनाउन ब्यग्र छन्। अतः उनका अाँखाहरूले पनि केपीकाे कार्यशैलिमा निकै ठूलाे खराबि रहेकाे देख्दै संयन्त्र बाेलाउने गरेका छन्।
हिन्दूवादकाे थाेक बिक्रेता व्यापारी विजेपीकाे सत्ताका विरूद्धमा पश्चिमी वायूका रूपमा साेलाेडाेलाे रूपमा चिनिनेहरू एक भएका मात्र हुन्, त्यहाँभित्र वासिङ्गटन, अाेश्लाे र साेनियाँ रानीकाे फरक फरक गुँड छ। अाफ्नाे गुँडलार्इ व्यवस्थित गर्न सबैलार्इ एक अर्का विरूद्ध बहसकाे श्रृष्टि नगरि नहुने भएकाे छ।
नाकाबन्दीका विरूद्धमा बहस किन गर्नु, याे त नेपालका विरूद्धमा हाे। तेल, ग्याँस तस्करी र कालाे बजारका बिरूद्धमा बहस किन गर्नु, याे त नेपालीहरूका विरूद्धमा हाे। रञ्जीत रे काे नेतागिरीका विरूद्धमा बहस किन गर्नु, याे त नेपालकाे राष्ट्रिय स्वाभिमानका विरूद्धमा हाे। देशव्यापी बहस गर्नु पर्छ- खानका लागि।
केपीजीकाे हनिमुन मस्ती सकियाे, अब अरूले मजा लिन पाउनु पर्छ। अाफूले खान पाए देशै काया पलट गर्ने दाबि गर्ने भ्याट मुक्तिदाता रामेश्वरकाे नयाँ शक्ति र अाफूले खान पाए मधेश शान्त गरेर हिन्दू राज्य बनार्इ दिने दाबि गर्ने देउवा पनि भाेकै छन्। उनीहरूकाे पनि पालाे अाउनु पर्छ।
संविधान जारी गरेपछिकाे एक अवधिकाे माैसम सकियाे। नयाँ माैसम सुरू भएपछि भेषभुषा, हाउभाउ, खानपान सबै बदलिन्छ। अर्काे माैसम सुरू भएकाे छ। यस उपलक्षमा बुरूक बुरूक उफारिंदैछन् चेसका घाेडाहरू र छिटाेछिटाे ठेलिंदैछन् प्यादाहरू। एक ठाउँमा पुगेर एउटाले अर्कालार्इ मार्छ।