नेविसंघ भ्रष्टाचारको मतियार हुनेकी स्ववियु मा जाने-भिम आचार्य


विद्यार्थी आन्दोलनको मेरुदण्ड र उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो ।

स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा विचार ओकल्ने योद्धाहरू जन्माउने उधोग हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो ।

तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दै गएको छ । स्ववियु कमजोर हुंँदा विद्यार्थी आन्दोलन नै कमजोर भइरहेको छ । यसै सन्दर्भमा आगामी फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसहरूलाई पत्राचार गरिसकेको छ ।साथै हाम्रा सबै विश्वविद्यालयहरुले पनि स्ववियु निर्वाचनको कार्यतालिका सहित स्ववियु निर्वाचन को तयारी अगाडि वडाउनु पर्छ ,हामी विधार्थी संगठन हरुले विश्वविद्यालयहरुलाई बाध्य बनाएर सबै विद्यार्थी संगठनहरू यसमा होमिनुको विकल्प छैन ।

हरहालतमा स्ववियुको अस्तित्व, गरिमा र औचित्य बचाउनुपर्छ ।भन्ने हेतुले देशैभरिका क्याम्पसहरुमा हाम्रो संगठन अनेरास्ववियूले आफ्नो कलम तार अंकित लालझन्डा फराईरहेको छ ।देशैभरीका ९०%क्याम्पस जित्ने हाम्रो संगठनको घोषणा हो एसलाई हामी थप्ने नैछौ। नेविसंघको हालत भने स्ववियु निर्वाचन को तयारी छोडेर भ्रष्टाचारी ,देश लुटुवा ,देशका ठुला दलालहरुलाई बचाउन माईतिघर मण्डलामा स्याल हुटहुटी गरि रहेको छ दुख लाग्छ विचारा अंकल हरुले नेविसंघको नेतृत्व गरेका छन हुनत अंकल हरुलाई विधार्थी आन्दोलनको चिन्ता कहाँ होर ,प्रेफेसर र प्रध्यपक बाट रिटार हुने उमेर समुहका लाई विधार्थी आन्दोलनको जिम्मेवारी दिनुभनेकै स्ववियु निर्वाचनवाट नेविसंघ पछिहर्टने संकेत त भएकैहो तर जिम्मेवारी लिएपछि केहित हुन्छ भन्ने आस थियो त्यो आस गछेदार जस्ता देशलुटुवाको पक्षपाती हुदैछ ।

खबदार नेविसंघका अंकलहरु आज देशमा स्ववियु नहुदा शैक्षिक दलालहरुको हालिमुहाली ् छ, हामीले भोगिरहेको मेडिकल माफियाको अत्यचार ,ले गर्दा विधार्थी साथीहरुमा निराशेता पैदा भएको छ ।मेडिकल माफियाको पन्जावाट गरिव जनताका छोराछोरी बचाउन स्ववियु निर्वाचनको आवश्यकता अनिवार्य छ र विधार्थी आन्दोलनको गरिमा बचाउन र हाम्रो इतिहासलाई कम्जोर नबनाउन हामी सबैले नेविसंघको असोबनिय आन्दोलनको भन्डाफोर गरेर अघि वड्नुपर्छ र नेविसंघलाई स्ववियु मा घिसार्नु पर्छ नत्र भने साथीहरू स्ववियु निर्वाचनमा भागलिने देखिदैन ,भ्रष्टाचारको पछेपोष्ण ,दलालहरुको संरक्षण ,लगाएका काममा अगिसरेको नेविसंघ आमुल परिवर्तन पक्षमा हैन आमूल भ्रष्टाचारी ,दलाली, देशद्रोही पक्षमा देखिन्छ , यसबाट पछिहटेर नेविसंघ स्ववियु निर्वाचनमा भागलिनु को बिक्पछैन ,यदि स्ववियु निर्वाचन गछेदार वाहानामा भड्छभने नेविसंघ भ्रष्टाचार,दलाल को मतियार भएको सावित हुनेछ।

त्यसैले हाम्रो संगठन कुनैपनी हालतमा स्ववियु निर्वाचन गराउन लागि पर्नेछ , विधार्थी आन्दोलनको इतिहासलाई कमजोर हुन दिनेछैन ,हाम्रो आन्दोलन राष्ट्र ,राष्ट्रियता ,र स्वभिमानको पक्षमा हुनेछ , यस्तै राष्ट्र घाति mcc अमेरिकी साम्राज्यवादी एजेन्डालाई खारेजीको लागि जुनसुकै मूल्य चुकाउन तयार हुनेछ , र यहीँ फागुनमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियू ९०% क्याम्पसहरुमा कलम तारा अंकित झन्डा फराउने छ , राष्ट्र ,राष्ट्रियता ,स्वाभिमान को पक्षमा एक कदम अघिवड्ने छ , विधार्थी आन्दोलनको गरिमा आन्दोलनको एजेन्डा एक कदम अघिल्लो हुनेछ ।

  लेखक अनेरास्ववियू का केन्द्रीय सदस्य तथा तिला कर्णाली बहुमुखी क्याम्पस का स्ववियु अध्यक्ष हुनुहुन्छ ।