माननीया मुख्य मुन्त्री ज्यु झद्देउ ।
तुमी त ऽऽसन्चै होउला धेउ । तुमिकन गोडा ठेस मुड झिड्को नलागौ भनिकन ऽऽसप्पै गाउल्या दाजु भाइ इष्ट मित्त हाम्मा मान्या गुन्न्या जगन्नाथ महाबै,नउदुर्गा भुवानी,बार भाइ मष्टो,धलपुरो,पाद्म्या भामासैनी कुना पित्त, डाडा मुइया सम्झिकन भाकल अर्या का अरेइ छौ तुमीकन केही नभया भइगो ।
मकन त रायाकै होउला नरायाका भया पनि म माथी कर्नालीका जन्ता गाउल्या दाजु भाइ हरुको रैवार्या एका को रैवार अक्का ठौर पुर्याउन्या का क्या भयाको छ ऽऽसबैकन थाहा दिने मेरो आश ऽऽसबैले मान्ने तर म कसैको आश नमान्ने मान्छे रैबार्या भन्यापनी भयो डुलुवा भन्या पनी भयो ।अस्ती डुल्ल गाअम्मो गया र तो त मुख्या मन्त्री ऽऽसात्त हड्डो छइ अरे मन्त्री कन राइदो छै अरे हाम्मो रैवार पुर्याइदिन ऽऽसकलैकी भाउज ल रैवार ल्हैजात भनिकन भन्याका छिया । तिनुको रैवार जस्ताको त्यस्तै लेखिकन पठायाको छउ ।
बेली तुमी जइबेला जनयुद्ध भनिकन गाउल्याका घर लुक्नया बेला हाम्मा ठुलै नेता हुन यिनुकन बचाउनु पड्डो छ । मिठो मिठो खान देउ बरु आपु एक छाक नखाया पनी केही हुदैन भोकै मद्दैनउ ती नेता बाँच्या भन्या भोली हाम्मा दिन आउन्याहुन ,हाम्मा छोरा छोरी सप्पा स्कुल पढन पावन्ना, हाम्मो गाउको बिकास होला भनीकन सिकाउन्या पल्ला घरका बाज्या महाकाली पारी देशीले खेदिकना धपायाको छ अरे तुम्मा सेना प्रररी आडा आउन दिदैनन अरे,तुमी जङ्गल हुनेबेला तेताका हडउदाका टला चिरियाहुन्ना भनिकन आपुले पैठती लायउला भनिकन लेयाका टाला दिदाछिया त हो त्यस्तै अरीकन अहिले घरझानको हड ढाक्न्या टाला ल्याउन देश गयाका बाज्या देशै छन दे ति बाँचीकन घर आउन्या हुनकी होइनन केही था नाइ ।
तुमिकन दिउसो गाउ आया पछी कोइ धेकिअलनन् भनीकन दाउरा स्याउला ल्याउन जान्या निउ अरीकन राग्या डोकाका ठेकउदो भातका ताउला र रोटाका कुम्ला हालीकन जङ्गल पुर्याउन जाने पल्ला घरकी ऽऽसान्ज्या ले रैवार पठायाकी छिन । खेत गउपाकीकन झड्न लागी गया भाउव खेतउदाको बाली खेतउदै रयो बाहिर निस्कन दिदैनन् भन्नी छिन । जस्तो अरी ति नेता मुखपुडो टालो बानीकन आउदा छिया त्यस्तै अरीकन मुखपुडो टालो बानीकन मात्तै बाहीर जानु पड्डो छ अरे ह्याँ हामी हड तोडन्या चिर्को पाउनु त मुस्किल भइगो क्याअरी दिनदिनै फेरी फेरीकन मुखपुडो टालो बान्या, गलो रुझाउन्या पानी पाइदैन बेला बेला क्याअरी हात धुन्या,गोल्खाका जडाले कपाल मिच्चा छियम काँबाट ऽऽसापन पाउन्या, छकाल खाया भाहा क्या खाउ भन्नेबेला २०/२० मिनेट पछि तातो तातो खाना क्या अरी खान्या नआउदो कोरोना भयो भन्ना छन, हामीले धेकेका पनि नाइ धइ कस्तरो छ ति नेताले रायाका छनकी भनिकन ऽऽसोदिदियइत भाउअ भन्नि छन । काँ पोरी प्रदेश सरकारले दियाको राहत बाड्डा छन भन्ना छिया हामीलेत थाहइ पायानाउ अदस्या र सदस्यामा आम्ना मान्छ्याकनामात्तै दिया अरे जैका घर खानु लाइनु पुग्दो छ उइखनै मात्तै दिया अरे हाम्मा घर तिर त हेद्दै हेद्दैनन अरे । अचाल्की भयाको छ अरे बिकास पनि त्यस्तै अरीकन अर्याका छन अरे । तुमी त अव ति ऽऽसान्ज्याले हाल्याका गउका रोटा खान का जान्या छउ ति ऽऽसान्ज्याकन बिर्सी पनि अल्याहोउला धेउ मन्त्री ज्यु , तुमी जस्तै अरु पनी को आयाका छन भन्ना छन तिनु कन नदिया ति पनि ऽऽसन्चो अन्नया नाइ क्या अरी कन दिन्या हुन धेउ बिचारी ऽऽसान्ज्या ।
अनि अस्ती एक जना घाइत्या अपाङ्ग ऽऽसात्या ऽऽसात्त कुडा भयाका छिया मैले भन्या अहिले देशमा कोरोना आयाको छ ।बाहिर नजानु,नगइ नहुन्या काम पड्यो भन्या मात्तै जाया कइखन नछुइया रोग सल्कदो रोग सल्का पछि क्वारेन्टाइनमा बस्नु पड्डो छ भन्या , मेरा कुडा सुनिकन आँखा भर्री आँसु अनि छिर्याको डाको लाइकन भन्यो कठैबरा हामीकन त कोरोना उहिबेलै आइगइछियो जइबेला शान्ती सम्झउता भइछियो ।शान्ती सम्झउता भयाका बेला हामीकन क्वारेन्टाइनमा राखिअलीछिया अहिले क्या छ । त्याबाट घरा आइसक्यापछी हाम्मा गोली लाग्याका घाउ बिसाइकन गन्न आउन्या भयाका बेला ऽऽसबैले छुन भन्ना त हेन्नै छोडअलीछिया अहले का जान्या छउ र कैखन छुन्या छउ । अपाङ्ग खुट्टाले घरको आटालो छुन ऽऽसक्तैन भाइर डुल्ल काँ जान्या छउ । हाम्मा पिप गन्न आइकन नजिकै त कोहि आउन मान्नैनन् कैऽऽसात्त हात मिलाउन्या छँउ।कठैबरा देशमा त अहिले कोरोना आयो हामीकन उहिल्यै आइगइछियो कोरोना होम क्वारेन्टाइनमा बस्याको १५/२० वर्ष भयो ।बरु ऽऽसक्तो छै भन्या कोइऽऽसात्त हात नमिउदा ,कोही ऽऽसात्त भेट नहुदा कस्तो मानिदो रह्यो छ । बेलिपुडा बिचार अर्याका होउला यतिका वर्ष ऽऽसम्म कस्तो भयोहोला हामीकन भनिदिएइप भन्नो छियो ।
ज्या भया पनि जनले तुमीकन जनयुद्धका बेला ज्यान जोगाइकन भोट हालीकन ठुला मान्छे बनाउन्या गाउल्या दाजु भाइका हालत खराव भयाका छन । बिकाश निर्माणका काम रोकियाका छन,एक गाउ बाट अक्का गाउ जान पायाका नाइ निको नौली खान पायाका नाइ आकाल भयाको छ । केही तलम्मो निको नौली पठाउदा छनकी भनिकन आश मान्याका छन । दे केही दिन ऽऽसक्नया भया ऽऽसबैको चित्त बुझ्नया आरीकन दियार भैगो जवतर ऽऽसबैको चित्त बुझाउन ऽऽसकिदैन भन्या अद्दकन दिन्या अद्दकन नदिन्या अरीकन राहत नाउको नासो नपठाया हैके । दिन ऽऽसकिन्या भया ऽऽसबै ठाउका जन्ताकना पुग्नया अरीकन ओक्तोमुलो दियल्या नतर नाटक अरी कन आपु हेलिकप्टरबनी गइकन खच्चरमनी ओक्तो नपाठाया ,खच्चर मनी हालिकन पठायाको ओक्तो त्या पुग्ने बेलाऽऽसम्म त अद्द घामले बिग्डीजाला, अद्दको दिन बाइजान्याछन ,अद्दै फुटजाला ,अद्दै ना तुम्मा अगाडी पछाडी लाग्नया घरै राकिअलनन अव कति रउन्या छ र जनता पाउन्याछन।
यहीबेलैहो सरकार चाहिन्या यहिबेलै हो आम्नया मान्छे चाहिन्या बेली जनताले तेति दुःख अरीकन बचायाका गुन तिन्नया यहिबेलै हो दे अव देश र जनताको माया लाग्दो छ र फिरीपनि यिअइ जनता चाहिन्या हुन फिरीपनि चुनाव आवला फिरीपनि हामी गाउँ गाउँ भोट माग्न जाउला भन्ने मुनम्मो छ भन्या जनताकन हेरिअल्या जवतर यतिअइ हो भन्या छौ भन्या आरामले बस्याका छौ भोक खाया निद सिया बाँचिरह्या हामी बेली राणा शासन दै बाचेम र पन्चायत धेकेम , पन्चायत दै बचेम र प्रजातन्त्र धेकेम ,दश वर्षे जनयुद्ध उन्नाइस दिने जन आन्दोलन दै बचिकन गउ तन्त्र ऽऽसम्म आउने ऽऽसम्म सबै धेक्न पायौं तुमी मुख्य मन्त्री भयाको हेर्न पायौ । अनि बिमला दिदी पनि मन्त्री भयाकी छन भन्ना छन, माथिका नरेश भन्डारी पनि मन्त्री भयाका छन भन्नाछन तिनुकन पनि ना निको नौलि दियल्या म त्याँ आउ भन्य आउन पाउन्या नाइ दिन्याको आसलाग्दो भन्नाजन बेली हामीले दिकन ति पनी यस्तै भयाका हुन बिचारा आस मान्न हुनन ना तुमी जेठा बाठा भया हुनाले ति दुइको पनि हेरचाह अन्नु हैके अव यही कोरोना भाइरसदै बाचिगयउ भन्या मत्या केही नासो ल्याइकन आउनेइ छउ होइन यही भाइरसदै बाच्न सकियोन भन्या छोरा नातीकन अत्थो लाइजाउला आउनु र मनम्मो लाग्याको अन्नु दे अव मस्तै लेखिकन क्या अन्नु छ जान्या सुन्या आपै छदै छो ऽऽसम्झाउनु बुझाउनु केही नाइ अव यत्तीअइ भयो ।



Milan Shrestha । ७ बैशाख २०७७, आईतवार १२:५७ बजे