सडक दुर्घटना, दोषी को ?


हाम्रो देशमा नियमित जसो सडक दुर्घटना भैरहन्छन् । यि सबै दुर्घटनाको दोष सडकको अवस्थालाई मात्र दिने गरिएको छ । के साँच्चै दोष सडकको अवस्था नै हो त ? गम्भीर प्रश्न यहाँ खडा हुन्छ ।

विषेश गरेर सडकको अवस्था कर्णालीमा भने गम्भीर नै छ । तर के सडक कै कारणले दुर्घटना भएको हो त ? दशैं कै माहोलमा मुगु जिल्ला ३४ जनाको ज्यान जाने गरि बस दुर्घटना भयो यस्को कारण पनि शुरुमा सडकलाई नै मानियो तर केही दिनपछि बसको अगाडीको टायर पञ्चर भएर हो भनियो । त्यस्तै वीरेन्द्रनगरको लादेमा मिनि बस दुर्घटना भएर २ जनाको ज्यान गयो । आखिर खासमा कारणले दुर्घटना भएको हो ?

हो हाम्रो देशको पहाडी इलाकाका सडकहरुको अवस्था खराब छ अनी त्यसमाथि पनि पहाडी क्षेत्रमा चल्ने सवारीको अवस्थापनि एउटा कारण हो भने यात्रुपनि अर्को बस पाउँदै कि भनेर एउटै बसमा कोचाकोच गरेर सवारी गर्नुपनि अर्को गल्ती हो । यो पनि एउटा कारण हो कि भन्ने छ ।

जब सवारीको जाँचपास गर्न सवारीधनी सवारी नलगेर यातायात व्यवस्था कार्यालयबाट जाँचपास गरेर ल्याउनुपनि एउटा गल्ती होकी । यातायात कार्यालयमा सवारी जाँचपास गर्न अनिवार्य सवारी लग्नुपर्ने हुन्छ । तर प्राविधीकलाई भनसुन र मिलोमत्तोमा सवारी जाँचपास हुन्छ । के यो दुर्घटनाको अर्को कारण होइन ?

यातायात कार्यालयले सवारीको अवस्था कस्तो भनेर अनिवार्य हेर्नुपर्ने होइन र ? त्यस्तै सवारीले क्षमता भन्दा धेरै यात्रु सवार गराएपछि चेकजाँचमा ट्राफिक प्रहरीले जरिवानाको मात्रै चिट काटने ? त्यसै माथि यात्रु आफै पनि अटेर भएर कोचाकोच गरेर सवार गर्नुपर्ने ? अनी सडक दुर्घटनाको दोषी को ?

सडक ? सवारीसाधन ? ट्राफिक प्रहरी ? यातायात व्यवस्था कार्यालय ?