कर्णालीमा अस्तव्यस्त क्यारेन्टीन:अध्यक्ष चक्र केसि


दैलेख – राज्यले वढी संक्रमण देखिएको दैलेखलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण को दायरा वढाउनु पर्ने देखिएको छ । कोभिड १९ लाई नियन्त्रण गर्ने तिर भन्दा सस्तो लोकप्रियता का लागी राजनीतिकरण नगर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले आग्रह गर्नुभएको छ ।

स्थानीय सरकारले कोरोना परीक्षणका लागी आवश्यक स्वास्थ्य सामग्री खरीद प्रक्रियामा जानु पर्ने उहाँको भनाई छ । सम्पुर्ण रेडियो कर्मी पत्रकारहरूलाई स्वास्थ्य सुरक्षालाई ध्यान मा राखी सजगता अपनाई काम गर्न उहाँले अपिल गर्नुभएको छ ।

परीक्षण लाई जेठ भित्र व्यापक नवनाई बर्षाद मा झनै जोखीम परीक्षण मा असहज हुने र माहामारीले मुख्य रूप लिन सक्छ समयमै तिनै तहका सरकारले त्यस तर्फ ध्यान दिन केसिले अपिल गर्नुभयो ।

दैलेखबाट जीतेका प्रदेश तथा संघीय सरकारका माननीय ज्यूहरूले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई जिम्मेवारी वहन गर्न अनुरोध समेत गर्नुभएको छ । कोभिड १९ नियन्त्रणमा सरकार कहाँ चुक्यो र प्रयोगशाला व्यवस्थापन परिक्षण सामाग्री तथा स्वास्थ्य सामाग्री माक्स, स्यानिटाईजर ,PRC सेट लगाएत सामाग्री समयमै खरीद गर्न सक्नु पर्थो त्यो वर्तमान सरकारले गर्न नसकेको उहाँको भनाई छ ।

एएच् परिक्षणको दायरा वढाउन नसक्नु ठुला क्षमताको एएच् मेसिन PPR मेसिन VTM, PRC र दक्ष जनशक्तिको व्यवस्था हरेक जिल्ला स्तरमा व्यवस्थापन गर्न सक्नु कोभिड १९ माहामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरीम निर्देशिकामा नै अन्योल भयो । जस्तै अस्पतालको वर्गीकरणमा प्रदेशमा एक दुई वटा कोभिड हस्पीटल बनाएर कोरोनाका बिरामीको उपचार सम्भव नै थिएन् ।

स्थानिए तह, प्रदेश र दुई संघिय सरकार बिच कुनै समन्वय हुन अझै नसकेको अध्यक्ष केसिले बताउनुभयो । आफ्नो प्रदेशको, जिल्लाको पालिका तथा वडाको जनसंख्या कति भारतमा छ ,भन्रे सम्म तथ्यांक निकाल्न नसक्नु बिना योजना अनावश्यक खर्च भएको देखिन्छ । जसमा स्थानिए सरकारको चरम लापरबाही देखिएको उहाँले बताउनुभयो ।

स्थानिय तह , प्रदेश र संघिय सरकार बिच राम्रो सम्बन्ध हुन नसकेको भेटियो, उद्धार गर्न र करमा ध्यान नदिएको देखियो, देशको अधिकांस जनसंख्या बिदेशमा छन् र खुल्ला सिमा छ । लकडाउन नै सम्पुर्ण उपाय हो भन्ने त गलत भयो स्थानिय तहलाई राम्रो सँग निर्देशन गरेको भए रोजगारीका लागि तेस्रो मुलुकमा मात्र हैन भारतमा गएकाहरुको पनि विवरण संकलन गर्न सकिने उहाँको भनाई छ ।

अध्यक्ष केसिले भन्नुभयो – हरेक बस्तिमा महिला स्वास्थ्य स्वंयमसेवक छन् । तिम्रो टोलको कति जना कुन देशमा छन् भनेर एकिन गरी थोरै सुविधा दिएर परिचालन गरेको भय एक हप्तामा अन्यत्रको त कुरा छोडौँ भारत बाट भित्रिन सकेको मानिसको समेत तथ्यांक निकाल्न सकिनथ्यो र सो अनुसारले तीनै तहका सरकार र तिनका संयन्त्रको प्रयोशाला सामाग्री र अन्य मेडिकल सामाग्री म्यानपावरको व्यवस्थापन गर्न सकिन्थो जसमा तिनै तहका सरकार असफल भएको पाइएको छ ।

कर्णालीको अवस्था हेर्दा उद्धार भन्दै गाडिका गाडि मानिस ओसारर्ने तर परिक्षणको बारेमा बर्तमान सरकारले वास्तै नगरेको र यतिकै अर्काको भर नपर्न सम्पुर्ण नागरीकमा उहाँले आग्रह गर्नुभएको छ । एम्बुलेन्सको व्यवस्थापन गर्ने नसकेको कोभिड १९ माहामारीको सन्द्रर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरीम निर्देशिका २०७६ मा नै थुप्रै त्रुटि देखिएको छ ।

प्रदेश सरकार ले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पनि महामारि नियत्रणमा ठूलो सहयोग गरिरहेका सामुदायिक रेडियो हरुका लागी कुनै कुरा समावेश नगरीनु दुखद कुरा छ । कर्णाली प्रदेशमा सूचनाको मुख्य माध्यम भए पनि त्यसलाई प्रदेश सरकारले वेवास्था गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले गुनासो गर्नुभयो । प्रदेश सरकारले प्रस्तुत गर्ने वजेट भाषणमा पत्रकार र सामुदायिक रेडियो को लागी उचित राहात व्याकेज ल्याउन पनि प्रदेश सरकारलाई अनरोध उहाँले गर्नु भयो ।