
९ माघ सुर्खेत, जिल्ला ट्राफिक कार्यालय सुर्खेतको सहयोग तथा नेपाल इग्लिस ल्याग्वेज टिर्चस एशोशियशन शाखा सुर्खेतको आयोजनामा शनिवार वीरेन्द्रनगरमा एक दिने जेब्रा क्रसिङ्ग पेन्टिग कार्य सम्पन्न गरेको छ । नेल्टामा अध्ययनरत चालिस जना छात्रा–छात्राले शनिवार वीरेन्द्रनगर बजारको नेताचोकमा पेन्टिग कार्य गरेका हुन । नेल्टा सुर्खेतका टिचर नवराज पौडेलका अनुसार उक्त संस्थामा अध्ययनरत बिस छात्रा र बिस जना छात्रले प्रत्येक महिना गरिने सामाजिक कार्य अनुशार उक्त कार्य गरेको बताउनुभयो । बिद्यालयमा अध्ययनरत छात्रा-छात्राले पनि समाजका केहि कार्य गर्ने सक्दछन् र समाज प्रति युवा छात्रा-छात्रहरुको पनि जिम्मेवारी रहेको साथै समाज संग सहकार्य गरि कुनै पनि कार्य गर्न सक्दछन् भन्ने उद्देश्ययका साथ यस्ता खाले गतिविधिहरु गर्दे आएको पौडेलले बताउनुभयो ।



Milan Shrestha । ९ माघ २०७२, शनिबार ११:४५ बजे