गङ्गामालाद्वारा राहत वितरण


१८ पौष, सुर्खेत । गङ्गामाला स्वावलम्बन बचत तथा ऋृण सहकारी छिन्चु सुर्खेतले मृत्यु स्वरुप आज राहत रकम हस्तान्तरण गरेको छ । शेयर सदस्यहरुको मृत्यु भएमा सहकारीले राहत स्वरुप आज भेरीगङ्गा नगरपालिका स्थित राजीगाँउका पबित्रा राजीलाइ राहत स्वरुप रु ५ हजार रकम हस्तान्तरण गरेको हो ।

स‌ंस्थाका अध्यक्ष यज्ञप्रसाद ढकालले यहि पुस १० गते भेरिगङ्गा १२ स्थित राजीगाँउ निबासी ७५ बर्षिय रत्नादेबी राजीको निधन भएको भन्दै उहाँका बुहारी पबित्रा राजीलाइ राहत प्रदान गर्नुभएको हो ।

राहत प्रदान गर्दै सस्थाका अध्यक्ष ढकालले मृतक प्रती श्रद्धाञ्जली र मृतकका परिवार प्रती समबेदना प्रकट गर्नुभएको छ । साथै अध्यक्ष ढकालले संस्थाले शेयर सद्स्यको मृत्यु भयमा २० हजार, शेयर सदस्यका श्रीमान अथवा श्रीमतिको मृत्यु भयमा १० हजार र शेयर सदस्यहरुको परिवारका सदस्यको ज्यान गएमा ५ हजार स्वरुप राहत प्रदान गर्दै आएको बताउनुभयो ।

राहत बितरण कार्यक्रममा संस्थाका प्रवन्धक हिरालाल घर्ती, राजी साल्म समाजका महासचिव अशोक राजी, लगाएत संस्थाका शेयर सदस्यहरु मानबहादुर राजी, तथा मृतकका आफन्तहरु लगायतको सहभागीता रहेको थियो ।