
अविरल ढकाल,
जुम्ला, वैशाख ४
कर्णालीको बास्तविक जिवनशैली वास्तवमा आफ्नै मौलिकपन झल्किने प्रकारको छ । यसको विशेषता पनि बग्लै छ । कर्णालीका स्थानियहरुले लगाएको पोसाक देख्दा वा हेर्दा कर्णाली भन्दाका बाहिरका मान्छेहरुलाई लाग्न सक्छ, यी मान्छेहरु कुन युगमा छन् र के लगाईरहेका छन् । कुनै उद्योग बाट नभई आफ्नै हातले बुनेका र बनाएका पहिरनले आफ्नो जिउ छोप्ने गर्थ्थे ।
पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका पहिरन लगाउने गर्थ्ये भने महिलाहरुले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुरछाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो लगाउने चलन थियो ।
कर्णाली बासी सबैले यही पहिरनलाई आफु र आफ्नो प्रणा भन्दा पनि बढी माया गर्थ्थे । मौलिक स्थानिय पहिरनमा खस नेपाली भाषामा मौलिक पन झल्काउने देउडा गाउँदै र खेल्दै मेला पात उकाली ओराली झञ्याङ्ग गर्थ्थे । आफ्नो भावि संन्ततीलाई पनि यहि पहिरन लगाउने अर्ति दिने गर्थ्ये । परापर्ूव काल देखि लगाउदै आएको आफ्नो मौलिक पहिरनलाई कर्णाली बासीले २१ औँ शताव्दीमा आएर आफ्नो मौलिक पनलाई हराएर पश्चिमेली संस्कृतिलाई अंगाल्दै आफ्नो संस्कृतिलाई विर्सिए ।
विज्ञान र प्रविधि युग सम्म आई पुग्दा कर्णालीबासीले म को हुँ भन्ने परिचय नै गुमाई सकेका छन् । आज भोली कर्णालीवासीको आफ्नै पहिरन पहिलेका बाजे बराजुले मात्र लागाएको पाईन्छ । यसले गर्दा कर्णालीवासीको आफ्नै मौलिक पहिरन लोप भईसकेको छ ।
अव कर्णालीका नयाँ पुस्ताले आफ्नो मौलिक पहिरनलाई जोगाउनको संरक्षणमा लाग्नु पर्ने वेला आएको छ । नेपालीपन झल्काउने पहिरनको सवैले आफ्नौ स्थान बाट संरक्षण गर्नु पर्ने वेला आएको छ । कुनै उत्सव र चाडपर्व समय मात्र नभएर सधैको लागि लगाउनु पर्छ ।
पुरुषको पहिरनमा दोचा, दोफर, (जुक्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका सामाग्री अहिले गाँउ घरका बुढा पाका मान्छे बाहेक अरु कसै संग पनि छैनन् । त्यस्तै महिलाको पहिरनमा, ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुरछाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो आदी परम्परागत लोप भैसकेका भई सकेका छन् ।
कर्णालीको रहनसहन, खानपिन, चालचलन लगायत बोलिचाली सवै पर्व उत्सवको आफ्नो मौलिकपन हराएको छ । यसलाई अवको नयाँ पुस्ता युवाहरुले कर्णालीबासीको मौलिकपनलाई बचाउन, संरक्षण गर्न र प्रर्वद्धन गर्नु पर्ने आजको चुनौती देखिएको छ ।
भुपाल दामुपालको दुल्लु शिलालेखलाई नेपाली भाषाको सवै भन्दा पुरानो प्रमाण मानिन्छ । उक्त शिलालेख वि.सं. १०३८ तिर लेखिएको अनुमान छ । दुल्लु शिलालेख पछि फेलापरेका अन्य शिलालेख, ताम्रापत्र, कागजात प्रमाणले नेपाली भाषाको इतिहासको प्रामाणिक विकास क्रम अघि बढेको मानिन्छ ।
सिंजा राज्यका खसहरुको मातृभाषा ‘खस कुरा’ अर्थात ‘सिंजाली बोली’ हो । सिंजाली बोलीलाई कतै जुम्ली भाषाको भनेको पाईन्छ । खस राज्यले राजकाजको भाषा अपनाएकोले त्यसको विकास भएको मानिन्छ । त्यस पछि बाईसे, चौबिसे राज्यमा समेत विस्तर हुदै गयो । नेपालको एकिकरणपछि राष्ट्रभाषाका रुपमा स्थापित भएको हो । खस कुरा क्रमश ‘पवृते बोली, गोरखा भाषा’ हुदै नेपाली भाषामा नामकरण हुनपुगेको हो ।
कर्णाली कला, भाषा, साहित्य, संस्कृति, पर्यटन, भूगोल र पुराचात्विक क्षेत्रको समग्र विकास गर्न व्यवस्थापिका संसदले सिंजा सभ्यता विकास ऐन, २०७३’को मास्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि गत वैशाखमा जुम्लामै छलफल भए पनि विधेयक पारित हुन सकेको छैन ।
सिंजा सभ्यतालाई सामान्य ढंगले चित्रण गर्न सम्भव छैन । यस बारे स्थानिय सरकार प्रदेश सरकारको पहल महत्वपूर्ण हुने जुम्लाका प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महत बताए । संसद महतले भने यसवारे विविध पक्षका विज्ञहरुसंग परार्मश लिएर संसदमा आवाज उठाएर सिंजा सभ्यताको पुनरुत्थानको पहल गर्ने छु । उक्त मस्यौदामा सिंजा सभ्यता विकास अर्न्तगत हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, बर्दिया, अछाम, डोटी बाजुरा र बझाङ जिल्लाको भूभागलाई समेटेको छ ।
खस सिजा सभ्यताको संरक्षण अभियान भइरहँदा त्यसमा पलाएका ऐजेरुलाई मठारेर फाल्नु पनि उत्तिकै जरुरी छ । ती हुन छाउपडी उन्मुलन, जातिय छुवाछुत जस्ता कुरीतिहरु उहिल्येदेखि अशिक्षा, वेरोजगारी, खाद्यान्न समस्या, कुपोषण, महामारी जस्ता समस्याहरु छदैछन् ।
प्रदेश सरकार र स्थानिय सरकारले कसैको आडमा भन्दा पनि कर्णाली प्रदेशका नागरिकहरुलाई सक्षम तुल्याउन सक्नु आजको आवश्यकता हो । जनता जागे प्राकृतिक स्रोतहरुको उपयोगबाट भौगोलिक विकटपन हट्नेछ । सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धि क्रमश विकास हुने निश्चित छ ।
Milan Shrestha । ४ बैशाख २०७५, मंगलवार १५:०६ बजे