सुर्खेतको कांक्रेबिहार


-जीवनकुमार शाक्य
सुर्खेतको कांक्रेबिहार भग्नावशेष
       मध्यपश्चिमान्चल क्षेत्रको भेरी अंचल सुर्खेत जिल्ला लाटीकोईली गा.बि.स. भित्र पर्ने जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक महत्वको बिषय हो। यस्को बारेमा व्यापक प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेकोछ ।
       सुर्खेत उपत्यका वीरेन्द्रनगर नगरपालिकाको  सबै भन्दा उचाईमा अवस्थित कांक्रेबिहार जङ्गल भित्र सबै भन्दा उंचाई अवस्थामा रहेको बौद्ध भग्नावशेष बिहार उत्खनन्को समयमा लगभग ४०० फिटको परिधिमा फैलिएको २० फिट जति अग्लो थियो । यस कांक्रेबिहार परिसरमा एउटा नलंकर नामको  बिहार थियो भनिन्छ । त्यसैको नामबाट यो कांक्रेबिहार भएका भनाई रहेकोछ । २०६० सालमा पुरातत्व बिभाग व्दारा उत्खनन् गरिएको थियो । यो उत्खनन् बेलामा स्थानीय व्यक्तिको रोहवरमा गर्नु पर्ने थियो तर त्यसो भएन । खास गरि २०२९ सालमा स्व.राजा वीरेन्द्रको सवारी भए पछि यस्को महत्व बढेको हो । त्यस पछि मात्रै यस्को संरक्षण तर्फध्यान गएको हो । यस भग्नावशेष बिहारमा शिखरयुक्त उतुङ्ग बौद्ध मन्दिर निर्मित भएको महसुस हुन्छ । त्यहां आमलकयुक्त ससाना शिखर आकृतिका पाईएकाछन् ।
 
भग्नावशेषमा रहेका विभिन्न बुट्टाले कुँदिएका ठूला ढुंगाहरु हेर्दा जोसुकै नव आगन्तुकहरुको लागि यो एउटा आर्श्चर्य लाग्ने सुन्दर कलात्मक मुर्तिहरुको दर्शन गर्न पाईन्छ । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव-धरहरा भन्दा अग्लो हुंदो हो । टुटे फुटेका लुप्तशेषर् इनै ढुङ्गा जोरे पनि आज शय हात अग्लो हुने । सयकडौं गजमा जग छ वरिपरि मन्दिरोपकरण विशाल शिलाराशि थुप्रिएकोछ ” भनि २०१२/१३ सालतिर टिप्पणी गरेका थिए । जहांसम्म मन्दिर -बिहारको अनुमानित उंचाईको कुरा छ त्यो धरहरा जत्रो वा शयहात अग्लो नभएर जगको परिधि अलि बढी भएर पांच शिखरमध्य मुख्य शिखरको उंचाई लगभग ६५ फिटको हुन सक्ने देखिन्छ । त्य भग्नावशेष उत्खनन् गर्दा केहि नभेटिनु अचम्म लाग्दो कुरा हो । यहां कुनै अभिलेख पाइएन भनिएको छ धेरै ठाउंमा अभिलेख चोरी भए झै यहांको पनि चोरी नभएको होला भन्न सकिन्न ।
खस राज्यमा बौद्ध धर्म चरम उत्कर्ष थियो राजा क्रचल्ल वि.सं.१२६४(८०) र अशोकचल्ल-वि.सं.१३१२(३५)ले बौद्ध धर्म सम्बन्धि धेरै कार्यहरु गरेका थिए ।
बोद्ध धर्मलाई बदनाम गर्ने मटियामेट गर्ने कार्य बुद्धको शासन कालमा पनि बैदिकहरुले गरेका थिए प्रशस्त सताउने काम गरेका थिए । भनिन्छ अभिसमयालङ्का नामको बौद्ध ग्रन्थ सुर्खेत बाटै प्रतिलिपि गरिएको थियो भनिन्छ तर्सथ कांक्रेबिहार तेह्रौ शताव्दीमा संभवतः अशोकचल्लको राज्यकालमा वि.स.१३१२(३५)का गौरवपूर्ण दिनहरुमा निर्माण गरिएको थियो ।”-प्रा.डा.सूर्यमणी अधिकारी (खस साम्राज्यको इतिहांस) एउटा मनन योग्य कुरा के भने माथि जुन बौद्धग्रन्थको कुरा उल्लेख गरिएको छ त्यो त्रिपिटक वा अन्य कुनै ग्रन्थमा यस्को उल्लेख भएको पाईंदैन तर लङ्कावतारसुत्र छ ।
कांक्रेबिहारका बौद्ध मुर्तिहरुः
       यस कांक्रेबिहार बौद्ध भग्नावशेष बिहारका प्रस्तरखण्डमा अनगिन्ती बुद्धमुर्तिहरु कलाकृतिहरु उल्लेखनीय छन् लोकेश्वरहरुबौद्ध चिन्हअष्टमङ्गल, बुद्ध मुर्ति निकट हात्ती र बाघ समेत दर्शाईएको र ठूलो मुर्ति मायांदेवी र सानो मुर्ति नवजात शिशिु शिर्द्धार्थको मानिएमा लुम्बिनी बनमा बुद्ध जन्मेको घटनासंग यसले तादम्य राख्ने देखिन्छ । अर्को एउटा प्रस्तरखण्डमा अंकित मुर्तिहरु बुद्धको “मारविजय”घटनासंग सम्बन्ध राख्दछन् अर्को शिलाखण्डमा सरस्वतीका पांच प्रतिमा अंकित गरिएकाछन् सरस्वतीलाई बुद्ध धर्ममा प्रज्ञापारमिता मानिन्छ । -प्रज्ञापारमिता नभएर मन्जुश्री बोधिसत्व हुनु पर्नेहो किनकि प्रज्ञापारमिता भनेको एउटा ग्रन्थहो एउटा बोधिसत्वहरुको अभ्यास स्तर हो ।
 
       शाक्यमुनी बुद्धले १० पारमिता पार गर्नुभएपछि बुद्धको स्थितिमा पुगेकाहुन् । यस स्थानबाट सुर्खेत उपत्यकाको मनोरम दृष्यावलोकन राम्रो सित हेर्नसकिन्छ यो कून समयमा निर्माण भएको हो भन्ने अनुमान गर्दा लगभग ७०० बर्षअघिको भन्ने अनुमान गरिएकोछ ।
       यस क्षेत्रमा क्रकुछन्द बुद्धले पदार्पण गरेको हुंदा क्रकुछन्द बिहार भएको हुनपर्छ भन्ने बौद्ध मत मान्नेहरुको भनाई रहेको छ । यस लेखकले समय समयमा स्थानीय पत्रिका तथा राजधानीबाट प्रकाशित हुने कान्तिपुर दैनिकबाट समेत विचारहरु प्रस्तुत भई सकेकोछ ।
बौद्ध भग्नावशेष कांक्रेबिहारको जङ्गलको सुर्खेत जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक सम्पत्ती हो । जो सरकारले यस्को संरक्षण र सम्बर्द्धनको लागि बिशेष पहल गर्नु पर्ने नित्तान्त आवश्यक छ । यसको संरक्षण र पुनर्निर्माण हुन सके पर्यटन क्षेत्रको रुपमा विकास हुन सक्ने बलियो सम्भावना रहेकोछ । यस जङ्गलको वरिपरि बस्ति भएकोले जंङ्गलको विनास भएकोछ । जङ्गलको संरक्षण हुन नसकेकोले यस्को सुन्दरतामा पनि ह्रास आएकोछ । यद्यपि दाउरा घांस पात यसका वरिपरिका बासिन्दाहरुलाई सरल भएकोछ । अबिलम्ब चारैतिर कांढे तारबार गरेर चौकिदारको व्यवस्था गर्नुपर्छ । भग्नावशेष सम्म पुग्न मोटर बाटो बनाउनु नित्तान्त आवश्यक छ । तर यस्को पबित्रताको लागि पीच मोटरबाटो नभई पैदल हिंडने बाटो उपयुक्त्त हुन्छ भन्ने मेरो धारणाहो ।
यहां भएको बौद्ध बिहारलाई शिखर शैलीको हिन्दु मन्दिर हो भनेर हिन्दु मानसिकता भएका पुरातत्वविदहरु आफ्ना तर्कहरु प्रस्तुत गर्दै आएकाछन् यद्यपि केहि पुरातत्वविदहरु तथा विश्व विद्यालयका इतिहांसकार प्रा.डा.सूर्यमणीले बुद्ध बिहार भनेर आफ्नो पुस्तकमा उल्लेख गरि सकिएकोछ । यो कांक्रेबिहारको परिस्थितिलाई हेर्दा बौद्धहरुको अष्टमङ्गलको आकारमा देखिन्छ ।
ऐतिहांसिक परिस्थितिलाई अध्ययन गर्ने हो भने गुरु पद्मसम्भव सुर्खेतको बाटो भएर कालिकोट, जुम्ला, हुम्ला हुंदै मानसरोवर हुंदै तिब्बत तर्फ लागेका हुन् भन्ने भनाई छ । साथमा कलाकारहरु पनि साथमा भएकोले बाटोभरी आफ्नो कलाहरु प्रस्तुत गर्दै बिभिन्न ठाउंमा आफ्नो पहिचान राख्दै गएका हुन भन्ने बौद्ध मत मान्नेहरुको भनाई  पाईन्छ ।
केहि भनाईमा कुनै बौद्ध राजा वा धार्मिक सहिष्णुता भएको राजाले यो विशाल बिहार निर्माण गर्न लगाएका हुनु पर्छ ।
५) यस कांक्रेबिहारको अन्तिम पूर्व दक्षिण तर्फ पातालगङ्गा छ जहां एउटा बिशाल पिपलको रुख छ सम्भवतः यस क्षेत्रको सबैभन्दा पूरानो रुखहो । यहां एउटा स्यानो पोखरी थियो अविरल पानी बगि रहन्थ्यो । हाल ट्यांकीको रुपमा प्रयोग भएकोछ स्थानीय वासिन्दालाई पिउने पानी र नुहाउनको लागि सुबिधा भएकोछ । यस पोखरीमा एउटा अचम्मको दृष्य के देख्न पाईन्थ्यो भने दैलेखको श्रीस्थानमा चर्ढाईएको अबिर फूल अक्षेता नैवैद्य यस पोखरीमा बगेर आई पुग्थ्यो भनेर देख्ने बुढापाकाहरु भन्ने गर्दछन् । पातालबाट बग्दै यहां आई पुग्ने भएको हुंदा  पनि यो पोखरीलाई पातालगङ्गा भनिएको भनिन्छ । आजभोली देखिंदैन कारण सोध्दा पहिला पो सत् थियो अहिले सत हराएकोछ भन्दछन् ।
यदि गुरु पद्म सम्भवले निर्माण गरेको भए ओं मणी पद्मे हुं   अक्षरांकन अवश्य गर्नेथिए । त्यस्तो यस बिहारमा छैन । यो कुनै बौद्ध राजाले आफु सुरक्षित हुन बिहार बनाएर बसेको हुनु पर्छ ।
 
अर्को एक थरीको भनाई अनुसार कुनै एक जोडी लाटा लाटी साली भेनाले कखुरा नबास्दै बौद्ध बिहार निर्माण गरेर सिध्याउनु पर्ने तर निर्माण गर्दा गर्दै  बिहान भएकोले भताभुङ्ग अधुरो अवस्थामा छोडेको भनिन्छ । बिशाल ढुङ्गाहरुलाई हेर्दा विश्वास गर्न सकिने अवस्था देखिंदैन । यस भग्नावशेषमा ठूलठूला ढुङ्गाका प्रस्तर मुर्तिहरु कलात्मक बुट्टाहरु छन् यि यहां पाईने ढुङ्गा सित मेल खांदैन नत त्यस्तो ठूलो कुनै ढुङ्गा खानी नै छ भए पनि च्यारकुलेमा भएको ढुङ्गाखानीको ढुङ्गा सित मेल खांदैन। पुनरनिर्माणका क्रममा यहांको ढुङ्गालाई प्रयोजन गरिएकोछ । ४।५ जना मान्छेले उठाउन नसकिने यि ढुङ्गाहरु निश्चित रुपमा बाहिरबाट ल्याएको अनुमान गर्न सकिन्छ बाहिरबाट कसरी ल्याएको होला भनेर अनुमान गर्दा हात्तीबाट बोकाएर ल्याएको हुन भग्नावशेष हुनुको मुख्य कारणहरुःलेखकको अनुमान कलात्मक ढुङ्गे मुर्तीहरु हात्तीबाट बोकाएर ल्याएको हुनसक्छ सक्छ भन्ने लेखकको अनुमानलाई पातालगङ्गाका बयोबृद्ध थारुहरुले कांक्रेबिहार जङ्गल भित्र हात्तीकिला थियो हामीले देखेका हुम् भन्छन् । पहिला मान्छे बस्ने घरको नमुना पनि थियो भन्दछन् अहिले पनि इंटाका टुक्राहरु भेटिएको अवस्था छ ।किन बाहिरबाट ल्याईयो भन्ने अनुमानका सदर्भमा कलात्मक ढुङ्गाहरुलाई जोडेर बिशाल बनाउन ढुङ्गामा प्वाल पारेर फलामको छड हालेर जोडीएको अवस्था रहेकोछ ।
कांक्रेबिहारमा बुद्धका थुप्रै आसनका कलात्मक प्रश्तर मुर्तिहरु रहेकाछन जो जानाजान मतिभ्रष्ट भएकाहरुले नष्ट गर्ने कार्य भएकोछ । सुरक्षाको लागि सरकारका तर्फबाटखासै चासो लिएको देखिंदैन