डा. केसीलाई खुला पत्र


विष्णु रोकाय
डा. गोबिन्द केसि ज्यु तपाइ न्याय र समानताको यो लडाइँमा नथाक्नु होला । नेपालमा निक्कै चर्चा र बहस हुदै आयको जनताको स्वास्थे सङ्ग प्रत्यक्ष सरोकार राख्ने बिसयले फेरि एक चोटि सामाजिक सन्जाल देखी मिडिया तत्तायको छ । कुनैपनी ब्याक्तिको लागि सबैभन्दा महत्वपूर्ण बिसय भनेको स्वास्थेनै हो ।
स्वास्थे लाई स्वस्थ राख्न सकियन र रोगलाग्दा होस वा चोटपटक लाग्दा होस समयमै उपचार गर्न सकियन भने अकालमै ज्यान जाने पक्का हुन्छ । तेसैले स्वास्थे सेवा सुलभ र गुणस्तरिय पाउनु हरेक नागरिकको अधिकार हो । देशको जुनसुकै ठाउमा बस्ने नागरिक भयपनी राज्यले समान र गुणस्तरिय स्वास्थे सेवा पुगाउनु राज्यको कर्तव्य र गुणस्तरिय सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो । राज्यले जस्तोसुकै अबस्थामा पनि आफ्ना नागरिकलाई स्वास्थेसेवा उपलब्ध गराउनु पर्छ । तर दुर्भाग्य भनौ या नेताको अदुर्दसिता भनौ वा राज्यको जिम्मेवार निकायमा बसेका जिम्मेवार ब्याक्तिको बेवास्ताले गर्दा हो जनताको स्वास्थे जस्तो संबेदनसिल र महत्वपूर्ण बिसयसङ्ग राज्य पुरै उदासीन भयको छ ।
नेपालको सन्दर्भमा हेर्नेहो भने स्वास्थे सेवामा सबै भन्दा ठुलो मनपरी र लापरबाही भयको देखिन्छ । जनताले सामान्य सिटामोल जस्ता औसधि पाउनकै लागि पनि राज्यसँग आन्दोलनमा उत्रनु पर्ने । आन्दोलन गर्दापनी राज्यले तेसको बेवास्ता गने यो निक्कै दुखदाइ बिसय हो । देशमा धेरै परिबर्तन र रुपान्तरण भैसकेका छन । देशले बहुमतको बलियो सरकार पायको छ । देश समृद्धि र समुन्नतिको यात्रामा लम्केको अबस्थामा एक जना ब्याक्तिले देशको स्वास्थे सेवाकै लागि आफ्नो ज्यानको बाजि थापेर देशका कुनाकन्दरामा गुणस्तरिय स्वास्थे सेवाको माग गर्दै अनसन बस्नु पर्ने अनि राज्यले तेसलाइ दबाउन र आवाजलाई बन्द गर्न खोज्नु हाम्रो लागि यो भन्दा लज्जा र दुखको बिसय के हुन सक्छ ।
सायद जरो आउदा र रुघाखोकी लाग्दा राज्यको ढुकुटी बाट करोडौं पैसा तानेर सिङ्गापुर र बिस्वका महङ्गगा हस्पिटल पुग्नेलाइ के थाहा कर्णाली जस्ता दुर्गम र विकट छेत्रमा जनता सामान्य भन्दा सामान्य औसधि नपायर ज्यान गुमाउँदै छन भनेर । कर्णालीमा अहिलेपनी स्वास्थे चौकीमा न राम्रो भौतिक पुर्बाधार छ न त औजार र उपकरण नै छ । अझ!स्वास्थे चौकिको र डाक्टरको त कुरै नगरौ । सामान्य चोट पटक लाग्दा र बिरमी हुदा घरखेत बेचेर उपचार गर्न राजधानी धाउनै पर्छ ।
उपचार गराउन सक्नेले त राजधानी पुग्लान तर साधारण ब्याक्तिको लागि मृत्यु कुर्नुको बिकल्प हुदैन । राज्यलाई एक्काइसौं सताब्दिमा आयर स्वास्थे सेवा उपलब्ध सबै ठाउमा समान रुपमा उपलब्ध गराउ भनेर आन्दोलन गर्नु यो राज्यको लागि र तेसमा आसिन ब्याक्तिको लागि कत्तिको लज्जको बिसय हो त्यो तिनिहरुलाइ नै थाहा होला । डा. गोबिन्द्द केसिले पटक पटक काठमाडौंमा नभै अब देसका विभिन्न ठाउमा स्वास्थे सेवाको पठनपाठन र भौतिक पुर्बाधारको बिकासगरी सहज र गुणस्तरिय सेवाबाट बन्चित जनतालाई स्वास्थेको सहज पहुँचमा ल्यौनुपर्ने मागराख्दै अनशन बस्दै आउनु भयको छ । साथै स्वास्थे छेत्रका माफिया र दलालहरुको अन्त्यको लागि राम्रा ब्याक्तिलाइ जिम्मेवार र कार्यन्वयन निकायमा नियुक्ति दिनुपर्ने माग गर्दै आउनुभयको छ । राज्यले पटक पटक विभिन्न सम्झौता गर्ने अनसन तोडाउने अनि ती सम्झौता मन्त्रालयका कुनामा थन्काउने बाहेक केही उपल्ब्धी भयको छैन ।
यहाँ स्वास्थे छेत्र पुरै पैसामा किनबेच हुन्छ । स्वास्थे सेवालाइ सेवाहोइन पैसाकमाउने ब्यबसायको रुपमा बजारिकरण गरिदैछ । यहाँ आफ्ना नागरिकको स्वास्थे भन्दापनी कमिसन प्यारो छ । राम्रो सेवा भन्दापनी राम्रो पैसाचाहियको छ । नेताकोलागि पनी यो छेत्र राम्रो कमिसन आउने ब्यबसायको रुपमा परिणत हुदैछ । नेतुत्वलाइ देशका कुना र कन्दरामा के हुदैछ मतलब छैन । कसले कति पैसा दिन्छ कता बाट बढी कमिसन आउँछ तेतै मात्र राज्यको ध्यान छ । काठमाडौंमा आवस्यक भन्दा बढी मेडिकल कलेज छ्न । तर पैसा र शक्तिको भरमा नेपाल भनेको यहि काठमाडौं मात्र हो जस्तो गरि राज्यले हचुवाका भरमा काठमाडौमात्र अनुमती दिने तर दुर्गम र देशको अन्यछेत्रमा यसको सेवा बिस्ता्गर्न कन्जुस्याइँ गर्ने यो राज्यसँग भीषण आन्दोलन गर्नै पर्छ ।
एक जना गोबिन्द्द केसिको आवाज नसुनिय यहाँ लाखौ गोबिन्द्द केसि जन्मिने छ्न । अब यो लडाइँ तेत्तिकै रोकिनु हुन्न । सबै सचेत र बिबेकसिल नेपालिले यो आन्दोलनलाई सफल बनाउन र निष्कसमा पुगाउन साथ दिनै पर्छ । आज गोबिन्द्द के सि अनसन बस्न जुम्ला पुगेका छ्न । राज्यले आवाज दबाउने काम गर्दैछ । तेसैले यो आन्दोलनमा सिङ्गो देस अझ बिसेस गरेर कर्णालीले जुरुक्क उठ्न आवस्यक छ । कर्णालीको लागि यो सुनौलो अबसर हो । कर्णाली जस्तो स्वास्थे छेत्रमा पछि परेको र राज्यबाट उपेक्षा गरियको छेत्रको लागि यो सुनौलो अबसर हो । हामी सबैले यो आन्दोलनलाई साथ दिनै पर्छ । अन्यथा यहाँ तपाइहाम्रो स्वास्थ पैसा कमाउने पुजिपतिको ब्यबसाय हुने छ । हाम्रो स्वास्थे माथी कमिसनको खेल हुने छ । हामी खेतबारी बेचेर उपचार गर्न तेहि काठमाडौका पुजिपतिको हस्पिटल पुग्नै पर्छ । हामिले अकालमा ज्यान गुमाइ रहनु पर्छ । हाम्रा दिदिबहिनी हरु र आमाहरुले बच्चाजन्माउदा समस्या आयोभने खुसिको लागि प्रखेका परिवारमा पिडाले सताइ रहने छ । डा. गोबिन्द केसि ज्यु तपाइको न्याय र समानताको यो लडाइँमा नथाक्नु होला । यो कर्णाली जस्ता दुर्गम र विकट छेत्रका लाखौं जनताको हक र अधिकारको लडाइँको रुपमा हामिले बुझेका छौ । सबैले स्वास्थे छेत्रमा पहुच पाउनुपर्छ,सबैले चिकित्सा शिक्षा पढ् पाउनु पर्छ । राजधानीमा मात्र होइन देशका सबै छेत्रमा स्वास्थेको पहुच र सहज उपचार पाउनुपर्छ भनेर सुरु गर्नु भयको यो लडाइँ अब निष्कमा पुग्नै पर्छ । अन्यथा यहाँ राज्यले जनताको स्वास्थे माथी ब्यबसाय गरिरहने छ । पुजिपतिले राज्य आफ्नो हातमा लगि पैसा र शक्तिको भरमा आफ्नो दुनो भर्ने र जनता मार्ने काम चलिरहने छ । तेसैले तपाइको यो लडाइँमा सम्पुर्ण नेपाली जनताले एकचोटी आफ्नै स्वास्थेको लागि अनि ती स्वास्थे छेत्रका माफिया

सायद जरो आउदा र रुघाखोकी लाग्दा राज्यको ढुकुटी बाट करोडौं पैसा तानेर सिङ्गापुर र बिस्वका महङ्गगा हस्पिटल पुग्नेलाइ के थाहा कर्णाली जस्ता दुर्गम र विकट छेत्रमा जनता सामान्य भन्दा सामान्य औसधि नपायर ज्यान गुमाउँदै छन भनेर ।