नेपाललार्इ पतन गराउने योजनामा तिब्रता ……..


– भरत दाहाल

भारतीय नाकाबन्दी भारतको मात्र होर्इन, नेपालको भू राजनीतिलार्इ दूरुपयोग गरेर नेपाललार्इ पतन गराउन चाहने अमेरीकी र यूरोपीयन शत्तmिहरु समेतको सहमतिमा भएको षडयन्त्रमूलक हमला हो भन्ने तथ्यहरु विस्तारै उद्घाटन हुन थालेका छन्। भारतीय नाकाबन्दीको दीर्घकालिन समाधानका रुपमा चीनसंग व्यापारीक सम्झौताहरु गर्न सरकारी दलहरुलार्इ रोकेपछि पश्चिमी शक्तिहरुले आफूबाट परिचालित दलालहरुलार्इ सत्ता परिवर्तनको चत्रmमा धकेल्न थालेका छन्
भारतीय नाकाबन्दीबारे पश्चिमी शक्तिहरुले खेलेको रकमी गुण्डाको भूमिका, नाकाबन्दीबारे अमेरीका नियन्त्रित संयुक्त राष्ट्रसंघले देखाएको सुनियोजित उदासिनता, नेपालमा जारी भएको संविधानका विरोधमा नरेन्द्र मोदीसंग मिलेर दिएको संयुत्तm वत्तmव्यमा बेलायति प्रधानमन्त्रिले ओकलेको जहर, चीनसंग सन्धि सम्झौताहरु हुन नदिन एमाले, एमाओवादी र राप्रपा नेपालका नेताहरुलार्इ शिखण्डिका रुपमा गरेको उपयोग  आदि आम रुपमा सतहमा उजागर भैसकेका घटनाहरु हुन्
भारतीय नाकाबन्दीको बढ्दो असरलार्इ विषयान्तर गरेर अरु गहिरो बनाउने र साम्राज्यवादी रणनीतिका अघि नेपाललार्इ घुँडा टेक्न बाध्य बनाउने उद्देश्यले अब सरकार परिवर्तनको योजना अघि बढ्दैछ । बिहारी गुटहरु र कांग्रेसलार्इ सरकारमा सामेल गर्नुपर्ने नाममा पुष्पकमल दाहालले नियमित रुपमा उठाउन थालेको कथित राष्ट्रिय सरकार, राप्रपा नेपालले सरकारको आयूबारे दिर्इरहेको धम्कि तथा एमालेभित्र केपी विरुद्धको देशव्यापी बहसको संदर्भ यस्ता केहि उदाहरण हुन्। देशमाथि विदेशीहरुले थोपरेको समस्याका बारेमा जनताका बीचमा बहस चलाउनु पर्ने आवश्यकता यिनीहरुले देखेनन्। नाकाबन्दी विरुद्धमा अन्तर्राष्टि्रय कानून अनुसार कदम चाल्नु पर्ने खाँचो यिनीहरुका लागि आवश्यक देखिएन ।
भूकम्प पिडीत नागरीकहरु चिसोले कठाङ्ग्रीएर मर्दा यिनीहरुका मनमा संवेदनाको भाव जागेन । जनताले लामो समयसम्म अभाव, कालोबजारी र मूल्यब बृद्धीको मार बेहोर्नु पर्दा त्यसबारेमा यिनीहरुले कुनै कदम चाल्न चिन्ता जाहेर गरेको पनि देखिएन । माधव नेपाल र झलनाथ खनाललार्इ आफ्ना ३ सय झोलेहरुले सरकारी जागिर नपाएको र केपीले एकलौटी रुपमा पार्टी चलाएको बारे सबै शक्ति लगाएर देशव्यापी रुपमा बहस चलाउनु परेको छ । दाहाललार्इ कांग्रेस र बिहारी गुटहरुसितको सरकार बनाएर समस्या समाधानको नाटक रच्नु परेको छ ।
कमल थापालार्इ राष्ट्रवादको पगरी बाँधेर सरकारको आलोचना गर्नु परेको छ । कांग्रेसी शेरे र भ्याट मुक्तिदाता नयाँ शक्ति रामेश्वर खनाललार्इ पनि तुरुन्तै सरकार चाहिएको छ । देशद्रोहि दलालहरुले जे जस्ता कारण देखाएर बकबास गरिरहेका छन्‍, यो सबै चटक हो । चटकेहरुलार्इ तमासा देखाएर नेपालीहरुको ध्यान अन्य मोड्न अह्रार्इएको छ । नेपाललार्इ सम्हालिनै नसक्ने गरी अस्तव्यस्त बनाएर असफल राज्य घोषणा गर्ने र त्यसको आडमा नेपाललार्इ सिधा रुपमा सैन्य बलबाट नियन्त्रण गर्ने बाटो बनाउने साम्राज्यवादी खेलका दृष्य हुन्यी । तेल, ग्याँसको तस्करी गरेर दलालहरुले सडकमा आफ्ना झोलेहरु उफार्न खर्चको जोरजाम गरिसकेका छन्।नेपाल र नेपाली जनतालार्इ आजको भन्दा कठिन संकटमा फसार्इने उपक्रमम सुरु भैसकेको छ भन्ने कुरा बुझ्न दुर्इवटा दृष्यहरुमा ध्यान दिए मात्र पनि पुग्दछ । एउटा दृष्य हो, तराइमा वितण्डा मचाउँदै आएका बिहारीहरुको लालु यादवको ओतमा शरण ।
यो दृष्यले के स्पष्ट पार्दछ भने तराइमा वितण्डा मचाउनका लागि भारतले राज्यस्तरबाटै तयारी गर्दैछ । अर्को दृष्य हो, नेपालको सत्तामा बसेका विदेशी तलुवाहरुको  नाकाबन्दीका बारेमा कायम रहेको घृणित स्तरको उदासिनता । राष्टि्रय सरकार वा देशव्यापी बहस वा अन्य नौटंकि देखाएर जनतालार्इ बेबकुफ बनाउने तयारीमा लागेका सबैको देखिने व्यानर भारतीय भए पनि खासमा यिनीहरु हुन्पश्चिमका हण्डीमाराहरु । यिनीहरुको कृयाकलापबाट स्पष्टत: के देखिंदैछ भने बिहार राज्यलार्इ प्रयोग गरेर नेपालमाथि आक्रमण गर्ने दिल्लीको योजना र आन्तरीक विवादका नाममा नेपालीहरुलार्इ निरन्तर आफ्ना दलालहरुका बीचकै माथापच्चिमा रुमल्याउने पश्चिमी योजनाका बीचमा घनिष्ट संबन्ध रहेको छ ।
दलभित्रका ग्याङहरुको वा दल नामका अपराध सञ्जालहरुका बीचको वा सडकमा रहेर भुँडी डाम्रीएकाहरुका बीचको टोकाटोकमा न कतै राष्ट्र छ, न त जनता नै । विकासको कुरा पनि छैन, सुशासनको सपना पनि छैन । देश जतिजति दुर्दशामा भासिंदैछ, त्यहि अनुपातमा दलालहरुका बीचको खिचातानि चर्कंदै गएको छ । यो खिचातानि यिनीहरुका बीचको होर्इन, आआफ्ना दाताहरुको योजनाको आधार तयार पारिदिने चटकको हिस्सा हो । नेपालीहरु समयमैं सचेत होउ: