अमिलो दहीको पुन: प्रयोग


गर्मी महिनामा दहीको प्रयोग बढी गरिन्छ । यसले हाम्रो शरीरको कोलस्ट्रोल कम गर्छ । यसले हृदय रोगबाट पनि जोगाउँछ । गर्मी महिनामा चाँडै दही अमिलो हुने हुँदा गृहिणीहरू चिन्तित हुन्छन् तर अमिलो दहीलाई पुन: प्रयोग गर्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।

17082016030143dahi-600x0

  • अमिलो दहीमा पीठो, जिरा, मेथी र नुन हालेर स्वादिष्ट परौंठा बनाउन सकिन्छ ।
  • अमिलो दहीमा अलिकति बेसन हालेर लेदो बनाउने, आलु उसिनेर आलु दम बनाउने, उक्त आलुदममा बेसनसहितको दही हालेर उमाल्ने । त्यसपछि  लसुन, अदुवा, धनियाँ र ज्वानोले झान्ने । मीठो कडी बन्छ ।
  • अमिलो दहीमा बेसन र बेसार हालेर राम्रोसँग मोलेपछि त्यसलाई नुहाउने साबुनका रूपमा प्रयोग गर्न सकिन्छ । यसले शरीरमा गर्मी रोक्ने क्षमताको विकास गर्छ र छालामा पनि निखार आउँछ ।
  • अमिलो दहीले पित्तल, काँच र चाँदीका भाँडाकुँडा माझ्दा भाँडाकुँडा चम्किला हुन्छन् । यस्तो दहीमा अलिकति भाँडा मोल्ने साबुन वा माटो मिसाउँदा अझ राम्रो हुन्छ ।
  • केशमा मेहन्दी लगाउँदा अलिकति अमिलो दही मिसाएर लगाउने । यसले मेहन्दी गाढा बस्छ ।
  • दहीमा तोरीको तेल मिसाएर टाउकोमा लगाई बीस मिनेटपछि सुकाउने । त्यसपछि राम्रोसँग पखाल्ने ।

साभारः नारी अनलाइन