खरालको सार्वजनिक भयो तीज गीत ‘माइतीको दैलो बरिलै’


सुर्खेत । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजार तीजका नयाँ-नयाँ भाकाहरूले तताउन थालेको छ । तर, पछिल्ला वर्षहरूमा तीजका गीतमा बढ्दो विकृति, आधुनिकताका नाममा थपिएको भड्किलोपन र मौलिकता हराउँदै गएकोमा व्यापक चिन्ता र बहस भइरहेका बेला बजारमा एउटा फरक धारको सिर्जना आएको छ ‘माइतीको दैलो बरिलै’

निर्माता भुवन खरालका अनुसार आधुतिकताको पछि नलागी नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्नु यस गीतको मुख्य ध्येय हो । सांस्कृतिक मर्म नमरोस् भन्नका लागि गीतको शब्द-चयन, भाव-अभिव्यक्ति, मौलिक गायन शैली र विशेष गरी परम्परागत वाद्यवादनको संयोजनमा विशेष ध्यान दिइएको छ ।

त्यस्तै, गीतकार भानुभक्त रिजालका अनुसार “गीतको श्रव्य (Audio) र दृश्य (Video) दुवैमा नेपालीपनको आत्मा जोगाउने कोसिस गरेका छौँ । ग्रामीण परिवेश, परम्परागत नेपाली पहिरन र तीजको साँचो जीवनशैलीलाई पर्दामा देख्न सक्नुहुनेछ ।”

निर्मल प्याकुरलेको निर्देशन, छायाँङ्कन र सम्पादन तथा चन्द्र मन्दीरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वर दिपिका बयम्बु मगर, कम्पोज कवीराज गिरी र खेमराज गौतमले एरेन्ज गर्नुभएको छ । त्यस्तै गीतको भिडियोमा निता थापा मगरले मोडलिङ्ग रहेको छ भने यामनारायण आचार्य तुलसी शाही र जनक तारामीको अभिनय रहेको छ ।

श्रीनाथ फिल्मस् एण्ड प्रोडक्सन हाउसमा पोष्ट प्रोडक्सन गरिएको गीतलाई भुवन खराल युट्युव च्यानलबाट हेर्न सकिनेछ ।