
न्यातापोल कर्नर टिमले आफ्नो ४३औं स्थापना दिवसको अवसरमा भक्तपूरमा रक्तदान कार्यक्रम गरेको छ । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एव नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्षमा प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमका सभापति राेशन धाैभडेलले मानवीय जीवनको सर्वोत्तम कार्य रक्तदान गरेर स्थापना दिवस मनाउन पाउँदा गर्वको महशुस भएको बताउनुभयो । रामसुन्दर जधारीले संयोजन गर्नु भएको कार्यक्रममा भपुनपा वडा नं ५ अध्यक्ष याेगेन्द्रमान बिजुक्छेको समेत उपस्थिति रहेको थियो । 
त्यस्तै लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष जुजुराज तुलाधरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. राम श्रेष्ठ (अध्यक्ष डेल्टा अस्पताल) र केन्द्रीय कार्यसमितिका सदस्य प्रेम लामाको सहभागिता रहेको थियो ।
यस्तै नेपाल ईलेक्ट्रिसिएन संघले पनि काठमाण्डौंको बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष दामोदर प्याकुरेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्युतिय व्यवसायी संघ काठमाडौं जिल्ला संघका उपाध्यक्ष श्रीलाल श्रेष्ठ, नेपालगञ्ज बिद्युतिय व्यवसायी संघका अध्यक्ष दिपेन्द्र खनालको सहभागिता रहेको थियो । 
कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई खादा तथा दाेसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष भिमलाल श्रेष्ठले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २३ श्रावण २०८३, शनिबार १८:२१ बजे