प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न


नेपालगन्ज (बाँके) । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेको आयोजनामा श्रावण २५ गते सोमवार २ महिला सहित पुरुष २२ जनाले रक्तदान गरेका छन् ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१ सुर्खेतरोड नेपालगन्जमा रहेको नेपाल प्रहरी बिशेष सुरक्षा गणले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सुरक्षाकर्मी सहित २२ जना सुरक्षार्मीहरुले उत्साहपूर्वक रक्तदान गर्नुभएको हो ।

प्रहरी नायब निरीक्षक सुनिल थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँरले रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुृभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर, प्रहरी निरीक्षक सीताराम बिष्ट, वरिष्ठ प्रहरी नायब निरीक्षक कपिलराज शर्मा, अमर सिंह, सुनिल श्रेष्ठ, शेर बहादुर बिश्वकर्मा, चन्द्र बहादुर राना, सालिकराम गुरुङ्ग, गिर बहादुर घर्तीमगर, अमर बहादुर सुनार, गणेश सुनार, पिताम्बर पौडेल, बिष्णु नायक क्षेत्री, ओम प्रकाश राना, सुदन खडका, चन्द्र डाँगी, सुजन चलाउने, टोप बहादुर बिक, भावना योगी, सुशीला सार्की, बिराज चौधरी र दुर्गा भुषाल लगायत २२ जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, सुनिल रत्गैया, सुनिल पुलामी थापा, बैकुण्ठ रेग्मी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीले रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।