गजल


यस्तो लाग्छ कि बेखुस छ यो दोबाटो पनि
जब बिर्सिदै गो मान्छेले जन्मेको माटो पनि

मलाई यता बास्मती चामल पनि बिझाउँछ
आमा खिर जस्तै मान्छिन् गाउँको आटो पनि

अब म एक्लो फकिर कहाँ कहाँ भ्याउन सकुला र
छोराका मलामी बन्दीनु महाशय मेरा साटो पनि

अब त यो गाउँले मलाई गाउँले सम्झदैन होला
किनकी मैले सके पढाइसँगै मेरो गाउँका पाटो पनि

जब छोराले बर्षौ बर्ष पनि घरमा बा देख्दैन                                     केशब खड्का
बा कै दर्जामा परीणत हुन थाल्छ नाठो पनि

यि मुना र मदनका मायाका विलाप धेरै सुनेको छु
अचम्म लाग्छ कतिविधि आउँछ यो प्रेममा फाटो पनि
                                                  रुकुम
                                                हालः हेटौडा