बाँकेमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न


नेपालगन्ज (बाँके) । नेपालगन्ज उप–महानगरपालिका अन्तरगत रहेका विभिन्न १२ वटा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरू बीच जेष्ठ १६ गते शनिवार कविता प्रतियोगिता सम्पन्न भएको छ । १९औं गणतन्त्र दिवसको उपलक्ष्यमा भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१ वडा कार्यालयको सहयोग÷सहकार्यमा उपमहानगरस्तरीय (९–१२ सम्मका) विद्यार्थीहरू बीच कविता प्रतियोगिता आयोजना गरेको हो ।

भेरी साहित्य समाज केन्द्रीय समितिका महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित समाजका केन्द्रिय अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा, सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेले १९ वटा स्युच अनगरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष डा. राजकुमार थारुले स्वागत मन्तब्य ब्यक्त र समाजका महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गले सरस्वती गीत प्रस्तुत गर्नुभएको थियो ।

कविता प्रतियोगिता लेखन स्थलमै दिइएको विषय वस्तुको आधारमा सहभागी भएका बिद्यार्थी प्रतिस्पर्धीहरू बीच छात्रा तर्फ शान्ति विद्या निकेतनकी विद्यार्थी दर्शना चन्दले ५६.६६ अंक ल्याएर प्रथम हुनुभयो भने मंगल प्रसाद माध्यमिक बिद्यालयकीे रेश्मा बुढाले ५४.३३ अंक ल्याएर द्वितीय हुनुभयो साथै र महेन्द्र माध्यमिक बिद्यालयकी कल्पना कुमारी विकले ५२ अंक ल्याएर तृतीय हुनुभएको छ ।
यसरी छात्र तर्फ वेष्टजोन माध्यमिक विद्यालयका क्षितिज खड्का ५७.३३ अंक ल्याएर प्रथम हुनुभयो भने धम्बोझी माध्यमिक विद्यालयका उपेन्द्र शाहीले ५४.६६ ल्याएर द्वितीय र नेपालगन्ज मोडेल एकेडेमीका आयुष ढकाल ५२. अंक ल्याएर तृतीय हुनुभयो ।

बातावरण सम्बन्धी शिर्षकमा कवित प्रतियोगिता प्रतिस्पर्धीमा छात्रा र छात्र तर्फका प्रथम भएकालाई ५ हजार, द्वितीय भएकालाई ३ हजार र तृतीय भएकालाई २ हजार रुपैया र प्रमाण–पत्र प्रदान गरिएको थियो । भने सहभागी भएका अन्य बिद्यार्थीहरुलाई सहभागिता प्रमाण–पत्र प्रदान गरिएको थियो । नेपालगन्ज उप–महागनरपालिका वडा नं. १ को आर्थिक साझेदारीमा आयोजना नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

यसरी सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.कृष्ण प्रसाद घिमिरे, बिशिष्ट अतिथिहरु नेपालगन्ज उप–महानगरपालिका वार्ड नंं.–१ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता प्रमोद रिजाल, पूर्व प्राज्ञ सदस्य सचिव सनत कुमार रेग्मी, वरिष्ठ साहित्यकार नरेन्द्र जंग पिटर, प्राडा. जर्नादन आचार्य, साहित्यकार तथा शिक्षा विद् किरण आचार्य, डा. हरि प्रसाद तिमिलिसना लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि बिशिष्ट अतिथि गणहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने गम्छा लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रतियोगिता निर्णयक मण्डलमा समाजका वरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद रिजालको संयोजकत्वमा समिक्षकद्वय लेक प्रसाद प्याकुरेल र मीना बराल रहनुभएको थियो । नेपालगन्ज उप–महानगरपालिका अन्तरगत रहेका युनाइटेट एजुकेसशन एकेडेमी, महेन्द्र माध्यमिक बिद्यालय, चन्द्रमेवालाल माध्यमिक बिद्यालय, मंगल प्रसाद माध्यमिक बिद्यालय, शान्ति बिद्या निकेतन, धम्बोझी माध्यमिक बिद्यालय, बेष्टजोन माध्यमिक बिद्यालय, आर्दश माध्यमिक बिद्यालय राँझा, नेपालगन्ज मोडेल स्कूल, मनकामना माध्यमिक बिद्यालय, होली ल्याण्ड माध्यमिक बिद्यालय, सिटी पब्लिक स्कूल गरी १२ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । विभिन्न बिद्यालयका छात्रा १० जना र छात्र ८ जनाले कविता प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा चन्द्रवती अधिकारी, मीना बराल र गायक तथा साहित्यकार प्रभात सुवेदीले गीत र कविता वाचन गरेका थिए । यसैगरी कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका भरतबहादुर रानाभाट, इन्द्रिरा गौतम, कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, उपाध्यक्ष ऋषिराम सापकोटा, करिश्मा योगी, इन्दिरा गौतम, स्पर्श अधिकारी, चन्द्रवती अधिकारी, हिरालाल चिन्तक, राम प्रसाद लामिछाने, बालकृष्ण शर्मा, गीता कुमारी सेवेदी लगायत बाँके र बर्दियाका साहित्यकारहरुको सहभागिता रहेको थियो ।