
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । कर्णाली प्रदेश सरकार सामाजक विकास मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६ पिन्ट रगत संकलन गरिएको थियो ।
त्यस्तै सुर्खेत महिला जेसीजले आफ्नो सप्ताह व्यापी कार्यक्रममा आयोजना गरेको कार्यक्रममा १७ पिन्ट र मानव अधिकार तथा शान्ति समाजले आफ्नो ३० बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको थियो ।

सुर्खेत महिला जेसीजले हरेक बर्ष गर्ने आफ्नो सप्ताहव्यापी कार्यक्रममा गर्दै आएको रक्तदान कार्यक्रममा यसबर्ष पनि रक्तदान कार्यक्रम गरिएको सुर्खेत महिला जेसीजका अध्यक्ष मनु सुनारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले मानवीय सेवाको महत्वपूर्ण कार्य रक्तदानलाई नियमित बर्ष गर्दै आएका छौं यो बर्षपनि कार्यक्रम आयोजना गरेको हौं हामीलाई कार्यक्रम सफल बनाउन समन्वय गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखालाई धन्यवाद ।”
यस्तै मानव अधिकार तथा शान्ति समाजले आफ्नो ३० औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखा द्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम गरेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले बताउनुभयो ।




Prawash Kumar Shakya । १६ जेष्ठ २०८३, शनिबार १४:३० बजे