
रिलायन्स फाइनान्स लिमिटेडको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको समन्वयमा पोखरामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गर्नुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
रिलायन्स फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर रक्तदान कार्यक्रमको आयोजना गरेको फाइनान्सका शाखा प्रवन्धक सन्तोष खनियाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले रक्तदान गर्दै रगतको विकल्प रगत नै भएकोले मानव जीवन बचाउनकालागि रक्तदान गर्नेुपर्ने बताउनुभयो ।
कार्यक्रममा कास्कीमा ९२ पटक रक्तदान गर्नुभएका जितेन्द्रमान शाक्य, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, गुहेश्वरी फाइनान्सका प्रदेश प्रमुख विज्ञान गौतम लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले सम्पूर्ण यूवाहरुलाई आफ्नो १८औं जन्मोत्सव संगै रक्तदान गर्न अभिप्रेरित गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने सरकार सँग माग गर्नुभयो ।




Prawash Kumar Shakya । १० जेष्ठ २०८३, आईतवार २०:०९ बजे