गजल


                     पुष्प अधिकारी “अञ्जलि”

बा ले बन्धकीमा भएजति जमीन राखेर
अग्लो घर बनाउँदैछन् दुबैपट्टी दलिन राखेर

भाग्य हत्केलामा अनि निधारमा भएपछि
केही हुँदैन शत्रुले छातीमा संगीन राखेर

आमा पनि सुगर र दमको रोगी हुनुहुन्छ
कसरी सकिन्छ अस्पतालमा हरदिन राखेर

बाँच्न सक्नुपर्छ बदलिएको विश्व हेर्नलाई
देख्न पाइन्छ संसार आँखामा दुर्बिन राखेर

बनाउनेले दिल अचानो बनाएका छन् मेरो
थाहै नदिई मुटुभित्र मायाको मेशिन राखेर
 भरतपुर चितवन