आलु चिल्ली


08062016021801IMG_0752-600x0

फ्राई आलु, प्याज, भेंडे खुर्सानी, टमाटर, लसुन आवश्यक मात्रामा, अदुवा चाहिने मात्रामा, मसला स्वादअनुरूप, टमाटर सस, नुन स्वाद अनुरूप, हटसस आवश्यक मात्रामा ।
बनाउने तरिका
आलु तथा टमाटरलाई डाइस आकारमा काट्ने । डाइस आलुलाई डिप फ्राई गर्ने । त्यसपछि अर्को भाडामा तेल बसालेर प्याज, टमाटर तथा लसुनलाई राम्रोसँग भुट्ने । त्यसमा फ्राई गरिएको डाइस आलु राखेर चाहिने सामग्री सबै मिसाएर एकछिन पकाउने । आलु चिल्लीलाई सलादसँग गार्निस गरेर पस्कन सकिन्छ ।

साभारः नारी पत्रिका