नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा १ सय १२ जनाले गरे रक्तदान



नेपालगन्ज  (बाँके) । नेपालगन्ज उद्योग बाणिज्य संघ बाँकेको आयोजनामा असोज १० गते शनिवार सम्पन्न भएको छ । “स्वैच्छिक रक्तदान जीवनदान” तपाईंको एक थोपा रगतले कसैको जीवनमा आश जगाउन सक्छ । भन्ने नाराका आयोजित बृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय १२ जनाले रक्तदान गर्नुभएको हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघ बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा संघका अध्यक्ष चिरञ्जीवी ओली र प्रथम उपाध्यक्ष कमल कुमार कार्की लगायतले प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तराण गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अनिश थापा, दिनेश डिसी, बीरेन्द्र चौधरी, सौगात सुनार, दामोदर केसी, बिकास चौधरी, बिनय ठाकुर, चन्द्रेशवर थारु, बिकास चन्द, अमृतलाल हरिजन, सुमन बिक, सन्तराम, अमित शर्मा, अर्जुन डाँगी, अप्सरा खरेल, सन्तोष कुमार पौडेल, जमुना बिश्वकर्मा, उर्मिला मगर, तिलक बाठामगर, गंगासागर, शशी रोजन, नमु कुमार पाण्डे, मोहन खनाल, सुरेशजंग बजगाई, झपेन्द्र बहादुर शाह, बिदूर कार्की, दिलिपराज गौगम, बिष्णु श्रेष्ठ, सुमन खरेल, गोबिन्द अधिकारी, सोनम एम.सी.,नीतू गुप्ता, समीम खान, बिष्णु थापा, बिजय बस्नेत, फनेन्द्र भण्डारी, मेघराज सुनार, गंगादीस कठायत, जहागीर मुस्लमान, सीता उपाध्याय, सरिता क्षेत्री, लक्ष्मीनारायण जायसवाल, बिबेक नेपाली, सन्देश भुषाल, सुदन थारु, शिवा थारु, हिमाल पुनमगर, मधुसुदन सुवेदी, गंगाराज पाण्डे, रिसब सिंह बाडिया, राजिब पाण्डे, डिएस थापा, बिष्णु श्रेष्ठ, प्रदीप आचार्य, रमेश कुमार गुप्ता, दिलिप अधिकारी, बिष्णु राना, राजिब कुमार गुप्ता, ओम प्रकाश गुप्ता, अर्जुन ठाकुर, मुनाल रसाइली, उत्सव खडका, शिवम् बैश्य, तपेन्द्र रावत, रिदम रिजाल, अशोक भट्टराई, बिनित खडका, प्रज्वल थापा, दिनेश कुमार थारु, निखिल बिक, सन्तोष कुमार, सुष्मा परियार, अशोक ठाडामगर, हेमन्त सुनार, हिमाँन्सु गुप्ता, रोहित खडका, शिवराज खडका, किरन एमसी, अरुण कुमार श्रेष्ठ, सन्तोष कुमार बजगाई, मोहम्मद आदिल सल्सानी, कुसु बैश्य, रोहन थापा, सुजन मनान्धर, नगेन्द्र शाही, कुलदीप भण्डारी, पुरन भण्डारी, श्रीचन्द्र पटहर, जनक बिएम, अभिशेष गुप्ता, अदनान ताहिर, बिबेक रानाभाट, दुर्गा पुन, दिनेश सुनार, दर्शन बुढा, बर्षा चौधरी, लाल बहादुर ओली, प्रदिप न्यौपाने, निराजन सहकारी, शंकरनाथ सन्जेल, मनिषा रावल, सुलभ गुरुङ्ग, ज्ञानेन्द्र पोखरेल लगायत १ सय १२ जनाले रक्तदान गर्नुभएको नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यालय प्रमुख तथा उप निर्देशक काशी प्रसाद अधिकारी (भास्कर)ले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, खजुरा रक्त सञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरी, सुनिता कुमाई, बीरेन्द्र योगी, सञ्जय बढही, लोकेश थारु, रुपेश थारु, इन्दू थारुले प्राविधिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल पार्नका लागी नेपाल उद्योग बाणिज्य संघका कार्यालय प्रमुख उप निर्देशक काशी प्रसाद अधिकारी (भास्कर), एसोशिएट कार्य समिति सदस्य राजिव तलंगा, कार्य समिति सदस्य आदित्य गुप्ता, सूचना अधिकारी आशा ढकाल, ओमप्रकाश बिश्वकर्मा, रबि पटहर दुर्गा पुन शतक रक्तदाता पवन जायसवाल लगायतले सक्रिय सहयोग गर्नु भएको थियो । कार्यक्रममा कार्य समिति पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।