
पवन जायसवाल
नेपालगंज ( बाँके) । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा अत्यधिक गर्मी तथा पूर्वानुमानमा आधारित पूर्वकार्यहरु सम्बन्धी सरोकारवाला बीच कार्यशाला नेपालगंजमा संचालन भई असोज १४ गते बुधवार सम्पन्न भएको छ ।
असोज १२ गते सोमवार देखि अत्यधिक गर्मी तथा पूर्वानुमानमा आधारित पूर्वकार्यहरु सम्बन्धी सरोकारवाला बीच कार्यशाला सञ्चालन भएको थियो । नेपाल रेडक्रस सोसाइटी र अमेरिकन रेडक्रसको साझेदारीमा संचालित उक्त कार्यक्रममा नेपालगंज उप–महानगरपालिका, वडा कार्यालय, रेडक्रस पालिका शाखा, रेडक्रस उपशाखा, जिल्ला प्रशासन कार्यालय, विद्युत प्राविधिकरण लगायत शिक्षक, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यशालामा अत्यधिक गर्मीका प्रमुख कारण, न्यूनीकरणका उपायहरु, सामुदायिक सचेतना, मानव जीवनमा पर्ने असर, हिटस्ट्रोक लगायत विषयमा छलफल हुनुका साथै कार्ययोजना निर्माण भएको छ ।
अत्यधिक गर्मी मानव स्वास्थ्य, पूर्वाधार तथा आर्थिक गतिविधिका लागि बढ्दो गम्भीर चुनौती देखिएको छ । अत्यधिक गर्मीले मृत्युको जोखिम, निद्रामा कमी तथा मानसिक तनाव लगायत गम्भीर शरिरीक र मानसिक स्वास्थ्य जोखिमहरु निम्त्याउँछ । सबै भन्दा बढी न्यून आय भएका समुदाय, बालबालिका जेष्ठ नागरिक, आपङ्गता भएका व्यक्ति, गम्भीर प्रकृति विरामी तथा समान्तकृत समुदायहरु यसबाट बढी प्रभावित हुने समुह पर्दछन् ।
पहिलो चरणको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाँके बाँकेका सभापति गोवर्धन सिंह सम्झनाकोे अध्यक्षता र दोस्रो चरण विपद् व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत सरकारी तथा गैरसरकारी निकाय प्रतिनिधि र शिक्षकहरुको सहभागिता रहेको थियो । भने कार्यशालाको सहजकर्ताहरुमा अमेरिकन रेडक्रसकी कार्यक्रम संयोेजक उपमा ओझा, आई एफ आर सी समृद्धि श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक वीरेन्द्र शाही रहनु भएको थियो भने कार्यक्रम संचालन फोकल पर्सन झवीलाल शर्माले गर्नु भएको कार्यक्रम अधिकृत प्रहलाद बिश्वकर्माले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । १४ आश्विन २०८३, बुधबार १८:२० बजे