कलाकार भरत शाहीको झ्याउरे गित “निरमाया रेशम” सार्वजनिक (भिडियोसहित)


नेपाली मौलिक गीत–संगीतको क्षेत्रमा नयाँ प्रस्तुति ‘निरमाया रेशम’ सार्वजनिक भएको छ । सुर्खेतका कलाकार गायक भरत शाही र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको उक्त गीत भरत शाहीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

धर्मराज गिरीको शब्द रचना रहेको गीतमा भरत शाही र धर्मराज गिरीले संयुक्त रूपमा संगीत दिनुभएको छ । नेपाली मौलिकपन झल्काउने उद्देश्यसहित तयार गरिएको गीतले नेपाली गीत–संगीतप्रेमी दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

गीतको भिडियोमा उत्तम शर्मा, सञ्जना गुरुङ, दिलु सुनार र पूजा बुढाको अभिनय रहेको छ । कलाकारहरूको अभिनय तथा गीतको सांगीतिक प्रस्तुतिले भिडियोमा थप आकर्षण थप्ने विश्वास गरिएको छ ।

गीतलाई भरत शाहीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ ।