पोर्कको अचार बनाउँने विधि


pork-acharआवश्यक सामाग्री

पोर्क (बंगुरको मासु) : आधा केजी
कागती : एउटा
धनियाँ : एक मुठा
नुन : स्वादअनुसार
लसुन : आधा पाउ
खुर्सानी : ४–५ वटा
टमाटर : ३ वटा

विधि

पोर्कलाई कम पानीमा नुन हालेर उसिन्ने । आफ्नो साइजअनुसार तावामा रातो हुने गरी फ्राई गर्ने । त्यसपछि पेस्टका लागि तेलमा लसुन फुराउने, टमाटर–खुर्सानी हालेर पकाउने । पानी सुकेपछि निकाल्ने र सेलाएपछि पेस्ट बनाउने । फ्राई गरिएको पोर्कलाई पेस्टमा हाल्ने र मिक्स गर्ने । त्यसपछि कागती निचोरी धनियाँ हालेर सर्भ गर्ने ।