दशै‌ंमा मासुका परिकार


बफ छ्वेला

 

सामग्री : आगोमा पोलेको बफ ५ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ टेबुल चम्चा, सुकेको खुर्सानी पोलेर तयार पारिएको पेस्ट २ चम्चा वा आवश्यकताअनुसार, पोलेको गोलभेंडा १ सय ग्राम, नुन स्वादअनुसार, टिम्मुर १ चम्चा, हरियो लसुन १ मुठा तथा तोरीको तेल २ चम्चा ।

विधि : आगोमा पोलेको मासुलाई एउटै साइजमा काट्ने । एउटा भाँडामा मासु, अदुवा, लसुनको पेस्ट, तोरीको तेल, गोलभेंडाको पेस्ट, सुर्खानीको पेस्ट, नुन, मरिच, टिम्मुर तथा हरियो लसुन हालेर मोल्ने । यो छ्वेला स्न्याक्स वा खाजाका रूपमा खान सकिन्छ ।

चिकेन मिट बल

सामग्री : चिकेन किमा १ सय ५० ग्राम, ब्रेड १ पिस, दूध १० मिलिलिटर, प्याज चप १५ ग्राम, नुन स्वादअनुसार, बटर आधा चम्चा, मैदा १ चम्चा, तेल डिप फ्राईका लागि ।

 विधि : चिकेन किमालाई एउटा भाँडामा राखेर सबै सामग्री हाली मोल्ने र एउटै साइजको गोलो बनाउने । यसलाई ब्रेड कम र मैदामा दलेर फ्राई प्यानमा डिप फ्राई गर्ने । यसलाई टोमाटो सससँग खान सकिन्छ ।

 

ग्रिल मसरुम

सामग्री : मसरुम ६ पिस, लसुन १ पिस, नुन स्वादअनुसार, धनियाँको पात ३–४ पिस, ओरिगानो ३–४ ग्राम ।

विधि : मसरुमलाई तावामा सेक्ने । धनियाँ, ओरिगानो तथा नुनको पेस्ट मसरुमको चारैतिर लगाइदिने । मसरुम नपाकुन्जेल दुवैतिर पल्टाउँदै पकाउने । यसरी पकाइएको ग्रिल मसरुममा च्याउको स्वाद यथावत् रहन्छ ।

तोरतिज्या दे पाताता

 

सामग्री : अण्डा ६ वटा, पातलो गोलो आकारमा काटेर फ्राई गरिएको आलु १ सय ४० ग्राम, जुलियन्ट आकारमा काटेर फ्राई गरिएको प्याज ५० ग्राम, नुन स्वादअनुसार ।

विधि : अण्डामा फ्राई गरिएको आलु तथा प्याज मिक्स गर्ने । विस्तारै चलाउँदै–छाड्दै जाने । पाक्न थालेपछि छोपेर पल्टाउँदै पकाउने ।

नारी.कान्तिपूरअनलाइनबाट