
१४ फागुन, सुर्खेत । पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ काे उद्घाटन कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले मंगलबार (आज)उद्घघाटन गर्नुभएको छ ।
पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय, सामाजिक, सांस्कृतिक, भेषभुषा संरक्षण र आर्थिक विकासमा महाेत्सवकाे महत्त्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मेला महाेत्सव रमाइलाेका लागि मात्र नभइ पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रहरुकाे संरक्षण, सम्बर्द्धन तथा प्रचारप्रसार हुने बताउनुभयो ।
महाेत्सव यहि फागुन १४ गते बाट २१ गते सम्म हुने भएको छ । रेडियो डाँडादरा एफ एमको आयोजना र वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह-आयोजनामा महाेत्सव सञ्चालन गरिएकाे हाे । महाेत्सव मुल आयाेजक समितिका संयाेजक बिन्द्रप्रसाद जैशी (विशाल)ले पश्चिम सुर्खेतको सान पर्यटन प्रवर्द्धनमा हाम्रो अभियान भन्ने मुल नारा सहित निकै पछाडि परेको पश्चिम सुर्खेतको प्रवर्द्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हुंदा स्थानीय राजनीतिक दल,जनप्रतिनिधि र आम नागरिक लाई सयाेग गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति सुर्खेतका संयाेजक छविलाल सिग्देलले कर्णाली प्रदेशको राजधानी संगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भैरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार संभावनाहरुलाई उजागर गर्न सहयाेग पुग्ने बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सचिव टाेप बहादुर रावतले पश्चिम क्षेत्रका उत्पादित वस्तुहरु , स्थानिय कला ,संस्कृति , खेलकुद लगाएत पर्यटनस्थलहरुलाई विशेष जोड दिएकाे हुंदा महाेत्सव सफलताको शुभकामना दिनुभयो ।
करिव ५० लाखको लागतमा सञ्चालन गरिएको महोत्सवमा १ लाख दर्शकको सहभागिता रहने आयोजकको दावी रहेको छ ।



Prawash Kumar Shakya । १४ फाल्गुन २०७५, मंगलवार २१:०९ बजे